• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, कार्तिक १६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

किन्नौर महोत्सवमा मूल प्रवाहले गायो– ‘यो नेपाली शिर उचाली’

रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त

पुसदेखि स्वास्थ्य बिमा गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी

सडक दुर्घटनामा एकको मृत्य, दुई जना गम्भीर घाइते

फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

इरानसँगको सङ्कटमा सैन्य समाधान पर्याप्त नहुने युएईको भनाइ

वन पैदावार बिक्री विरणमा लगाइएको रोक खुलाउन व्यवसायीको माग

‘राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नभए पनि सेवा प्रवाह हुन्छ’

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ३. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ४. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ५. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ६. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ७. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ८. वेदकालीन समाज

  • ९. लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

  • १०. भारतमा चक्रवात अर्नबका कारण ३ जनाको मृत्यु, ७१४ गाउँ प्रभावित

अमेरिकाले नेपालको लोकतन्त्र खत्तम पारेर अधिनायकवाद स्थापना गर्न चाहन्छ : पौडेल


  •   मङ्गलबार, जेठ ०९, २०८० मा प्रकाशित
  • दाङ । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले अमेरिकी साम्राज्यवादबाट नेपालको लोकतन्त्रसँगै सार्वभौमिकतामाथि खतरा रहेको बताउनुभएको छ ।

    Advertisement

    प्रगतिशील पत्रकार संघ नेपाल, दाङले मंगलबार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पौडेलले सो कुरा बताउनुभएको हो ।

    राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको ‘अमेरिकी साम्राज्यवादविरुद्ध मेची महाकाली अभियान’ को पश्चिमी टोली मंगलबार घोराही पुगेको हो ।

    पत्रकार सम्मेलनमा सञ्चारकर्मीका जिज्ञासाको जवाफ दिँदै राजमो प्रवक्ता एवम् पूर्वसांसद पौडेलले विश्वका विभिन्न देशहरूको राष्ट्रियता र सार्वभौमिकतामाथि अमेरिकाले हमला गर्ने गरेको स्मरण गर्नुभयो ।

    नेपालमा पनि लोकतन्त्रलाई समाप्त गरेर फासिष्ट शासन कायम गर्ने अमेरिकी प्रयास भइरहेको उहाँले बताउनुभयो । पौडेलले अमेरिकी साम्राज्यवाद सम्पूर्ण विश्वको लागि नै गम्भीर खतरा बनेको स्पष्ट पार्नुभयो ।

    ‘अहिले नेपालको राष्ट्रियता, सार्वभौमिकता, लोकतन्त्र समेतका लागि गम्भीर खतरा पैदा भएको छ । त्यसका विरूद्ध उच्च सतर्कता अपनाउन राष्ट्रिय जनमोर्चाले सम्पूर्ण नेपाली जनतासित अपील गर्दै देशव्यापी अभियानमा हिँडेको छ’ उहाँले भन्नुभयो, ‘नेपाललाई इण्डोप्यासिफिक रणनीतिअन्तर्गत चीनलाई घेराबन्दी गर्नु र चीनका विरूद्धको युद्धमा नेपाललाई आफ्नो युद्धको अखडा बनाउनु हो ।’

    उहाँले अमेरिकी साम्राज्यवादबाट संसारभरि नै युद्धको खतरा रहेको र नेपालमा पनि अमेरिकी साम्राज्यवादको हस्तक्षेप बढेर गएको उल्लेख गर्नुभयो ।

    नेपालमा अमेरिकी साम्राज्यवादको प्रत्यक्ष निर्देशनमा चल्ने पार्टी बनाएर संसद र सरकारमा समेत आफ्नो प्रभुत्व कायम गर्न प्रयत्न गर्न थालेको देखिएको उल्लेख गर्दै एमसीसी परियोजना त्यसैको पछिल्लो उपज भएको जिकिर गर्नुभयो ।

    राष्ट्रिय जनमोर्चाले अमेरिकी साम्राज्यवादको गम्भीर खतरामाथि ध्यान दिएर मेची–महाकाली अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।

    फरक प्रशंगमा उहाँले देशमा प्रतिगामी शक्तिहरूले गणतन्त्र र धर्मनिरपेक्षतामाथि लगातार आक्रमण गरिराखेको बताउँदै भारतीय साम्राज्यवादबाट पनि नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामाथि खतरा रहेको बताउनुभयो ।

    लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै महंगो संघीयता खारेजी आफूहरुको विगतदेखिकै मुद्दा संस्थागत गर्न नेपाली जनताको साथ चाहिएको बताउनुभयो । उहाँले संघ र स्थानीय सरकार चुस्त बनाउन, अधिकार सम्पन्न मितव्ययी संरचनामा ध्यान दिन सचेत गराउने काम गर्दै आएको बताउनुभयो । उहाँले प्रदेश संरचना खारेजीको माग गर्नुभयो ।

    प्रगतिशील पत्रकार संघ जिल्ला सल्लाहकार कृष्णप्रसाद आचार्यको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा नेकपा मसालका प्रदेश प्रवक्ता तिलक जिसी, राजमो जिल्ला अध्यक्ष गणेश आचार्य, केन्द्रीय सदस्य सरिता जिसी, अखिल (छैठौं)का अध्यक्ष देवेन्द्र कुवँरलगायतको उपस्थित रहेको थियो । पत्रकार सम्मेलनको सहजीकरण जिल्ला अध्यक्ष महेश रिजालले गर्नुभएको थियो ।

    राजमोले जेठ १ गते कञ्चनपुरको महेन्द्रनगर र बाग्लुङको बाग्लुङ बजारबाट एकैसाथ मेची महाकाली अभियान सुरु गरेको हो । यो अभियान जेठ १५ गते काठमाडौं र बुटवलमा समापन गरिने छ ।

    मेची-महाकाली अभियानप्रति पत्रकारको जिज्ञासा : जनमोर्चाले अमेरिकाको किन विरोध गरिरहेको छ ?

    अमेरिकी साम्राज्यवादले आफूअनुकूल सरकार बनाउन रास्वपालाई अगाडि बढायो : पुरी

    • प्रतिद्वन्द्वी चीन विरुद्ध अमेरिका नेपालमा आयो : पौडेल
    • मेची-महाकाली अभियानप्रति मधेशी जनताको आकर्षण, भन्छन् : संघीयता लुट्न ल्याएको रैछ
    • मेची-महाकाली अभियान : वीरेन्द्रनगरमा पत्रकार सम्मेलन र र्‍याली, छिन्चुमा कोणसभा
    • मेची-महाकाली अभियान : पूर्वी टोलीको हरिवन, पश्चिमको कोहलपुरमा विरोध सभा
    • राजमो नेतालाई पत्रकारको प्रश्न : भारतीय हस्तक्षेप छोडेर अमेरिकाको विरोध किन गर्नुभएको ?
    • ‘नेपाललाई हिन्दुराष्ट्र बनाउन भाजपाले लगानी गरेको कुरा विदेशीले समेत भन्न थाले’
    • अमेरिकी साम्राज्यवाद नेपालमा आफ्नै पार्टी बनाएर हस्तक्षेपमा उत्रियो : पुरी
    • साम्राज्यवादविरुद्ध ‘मेची-महाकाली अभियान’को टोली बारा र बर्दियामा
    • जब देशलाई अप्ठेरो पर्छ, राजमो जनताको बीचमा आउँछ : मनोज भट्ट
    • अमेरिकी साम्राज्यवाद आतङ्कवादको मसिहा : अधिकारी
    • राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट गाडी दुर्घटनामा घाइते
    • चीनलाई घेर्न अमेरिकाले नेपालमा घुसपैठ बढायो : महासचिव भट्ट
    • गणतन्त्रको विकल्प प्रतिगमन होइन : अधिकारी
    • साम्राज्यवादविरुद्ध राजमोको मेची महाकाली अभियानका दुई टोली धनगढी र पोखरामा
    • मेची–महाकाली अभियानको बागलुङ बजारमा उद्घाटन
    • अमेरिकी साम्राज्यवादविरुद्ध राजमोको मेची-महाकाली अभियान महेन्द्रनगरबाट सुरु

    मङ्गलबार, जेठ ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    किन्नौर महोत्सवमा मूल प्रवाहले गायो– ‘यो नेपाली शिर उचाली’
    रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त
    पुसदेखि स्वास्थ्य बिमा गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य
    भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी
    सडक दुर्घटनामा एकको मृत्य, दुई जना गम्भीर घाइते
    फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ४.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ५.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    • ६.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    भर्खरै

    • १.
      किन्नौर महोत्सवमा मूल प्रवाहले गायो– ‘यो नेपाली शिर उचाली’

    • २.
      रुस–युक्रेन चेतावनी प्रणालीमा साइबर आक्रमण, युद्धविराम समाप्त

    • ३.
      पुसदेखि स्वास्थ्य बिमा गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य

    • ४.
      भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी

    • ५.
      सडक दुर्घटनामा एकको मृत्य, दुई जना गम्भीर घाइते

    • ६.
      फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

    • ७.
      इरानसँगको सङ्कटमा सैन्य समाधान पर्याप्त नहुने युएईको भनाइ

    • ८.
      वन पैदावार बिक्री विरणमा लगाइएको रोक खुलाउन व्यवसायीको माग

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.