काठमाडौँ । आगामी पुस १ गतेदेखि स्वास्थ्य बिमा गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छ ।
Advertisement
२०८३ कात्तिक १६ गते भूमिव्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पूर्ण स्थानीय तहलाई परिपत्र पठाएको हो ।
बिमा बोर्डले कात्तिक १२ गते पठाएको पत्रलाई अनुमोदन गर्दै मन्त्रालयले १६ वर्ष उमेर पुगेको जोकसैले स्वास्थ्य बिमा गर्न तथा पुरानो बिमा नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न भनेको छ ।
बोर्डले कात्तिक १२ गते मन्त्रालयमा पठाएको पत्रमा स्वास्थ्य बिमा गर्दा कसैसँग राष्ट्रिय परिचयपत्रको कार्ड नभए क्रमाङ्क वा नम्बर मात्रै पुग्ने जानकारी दिएको छ ।
त्यस्तै ९० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र अतिअशक्त अपाङ्गता भएकालाई भने राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको छैन ।






