खिमराज चालिसे, चन्डिगढ ।
भारतको चन्डिगढमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आयोजनामा प्रगतिशील देउसीभैलोको तयारी भेला सम्पन्न भएको छ ।
केन्द्रीय सचिवालय सदस्य दिनेश खड्काको प्रमुख आतिथ्यमा नोभेम्बर १, २०२६ का दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
भेलामा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै सचिवालय सदस्य खडकाले भारतमा रहेका नेपालीका बिचमा आफ्नो देशको मौलिक संस्कृति र संस्कारलाई झल्काउँदै प्रगतिशील रूपमा देउसीभैलो खेल्दै आइरहेको स्पष्ट पार्नुभयो ।
उहाँले प्रगतिशील देउसीभैलोमार्फत नेपाली समुदायमाझको एकता, सदभाव र सङ्गठनको प्रचारप्रसारमा लाग्नुपर्ने आवश्यकतामा समेत जोड दिनुभयो ।
फरक प्रसङ्गमा खड्काले देश साम्राज्यवादीको चङ्गुलमा फसिसकेको बताउँदै साम्राज्यवाद विरुद्ध भण्डाफोर गर्नुपर्ने जिकिरसमेत गर्नुभयो ।
भेलामा केन्द्रीय सदस्य एवम् नेपाली एकताका संयोजक खिमराज चालिसे, केन्द्रीय परिषद सदस्य थमन थापा, सुदूर पश्चिमोत्तर क्षेत्रीय समितिका सदस्य एवम् सांस्कृतिक विभागकी संयोजक जुना भण्डारी चालिसे, क्षेत्रीय सहसचिव तेजबहादुर रोका, अखिल भारत नेपाली विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष माधव पोख्रेल, क्षेत्रीय सदस्य एवम् सांस्कृतिक विभागका केन्द्रीय सदस्य बिनु नेपालीलगाएतले सम्बोधन गर्नुभएको थियो ।
भेलाले मानबहादुर केसीको संयोजकत्वमा २५ सदस्यीय देउसीभैलो टिम ए र तेजबहादुर रोकाको संयोजकत्वमा २५ सदस्यीय देउसीभैलो टिम बी बनाउने निर्णय गरेको छ ।
केन्द्रीय पार्षद थम्मन थापाले टिमको रूपरेखासम्बन्धी विवरण प्रस्तुत गर्नुभएपछि हाउसबाट आवश्यक सुझाव समेट्ने गरी सो प्रस्ताव पारित भएको थियो ।
नगर अध्यक्ष मानबहादुर केसीको अध्यक्षता तथा नगर सचिव थानेश्वर पाण्डेको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा उपस्थित सहभागीलाई स्वागत कोषाध्यक्ष विष्ण्ॉ बेल्बासे र सांस्कृतिक कलाकारहरूले गर्नुभएको थियो ।






