• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, कार्तिक ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

मधेसमा विकृति बन्दै मृत्युभोज

बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

नाइजेरियामा बन्दुकधारीको आक्रमणमा ५८ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ६. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’


  •   सोमबार, कार्तिक ०९, २०८३ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा विदेशी चलखेलको गम्भीर अवस्थाबारे कटाक्ष गर्दै भन्नुभएको छ– ‘रस खाने को छ, को छ, खर्चराउने गाइने !’

    Advertisement

    राजमो अर्घाखाँचीले २०८३ कात्तिक ९ गते सोमबार अर्घा रानीगैरामा आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले सो अभिव्यक्ति दिनुभएको हो ।

    कार्यक्रममा प्रमुख अतिथि रहनुभएका केसीले देशलाई शासकहरूले खोक्रो बनाएको, फलस्वरूप शिक्षा, स्वास्थ्य, रोजगारीका लागि विदेशतिर लाग्नुपर्ने अवस्था आइपरेको बताउनभुयो ।

    ‘उच्च शिक्षाका लागि विदेश जानुपर्ने, रोजगारीका लागि विदेश जानुपर्ने, उपचारका लागि विदेश जानुपर्ने अनि हामी सबै कर्मको फल हो भन्दै बस्नुपर्ने’ उहाँले भन्नुभयो– ‘होइन, वास्तविकता त्यस्तो होइन । यहाँ त रस खाने को छ को छ, लर्खराउने गाइने भनेझैँ भएको छ । चलाउने अरू नै छन् ।’

    शासक वर्गको परनिर्भर वा विदेशीको मुख ताक्ने प्रवृत्ति बहुदल आएपछि मात्रै सुरु नभएको उहाँले स्पष्ट पार्नुभयो । उहाँले रुस र चीनले बनाइदिएका उद्योग बेच्ने काम मात्रै बहुदलमा भएको बताउनुभयो ।

    ‘पञ्चायतकालमा पनि बजेट बनाउँदा विदेशीकहाँ भिक माग्न जाने गरिन्थ्यो’ उहाँले भन्नुभयो– ‘अनि उनीहरूले एउटा सर्तमा आर्थिक सहयोग दिन्थे, शिक्षा र स्वास्थ्य राज्यले चलाउन नपाउने, त्यो व्यापारीलाई दिनुपर्ने । अहिले पनि अवस्था त्यही छ ।’

    त्यतिखेरका कम्युनिस्ट मुलुक चीन र रुसले बनाइदिएका उद्योग साम्राज्यवादीलाई घाँडो भएकाले नै बहुदलीय व्यवस्था आएपछि कङ्ग्रेस र कम्युनिस्ट भनाउँदाले त्यसलाई विक्री गरेको उहाँको भनाइ थियो ।

    जेनजीको नाममा साम्राज्यवादको चलखेल

    अध्यक्ष केसीले जेनजीको नाममा नेपालमा अमेरिकी साम्राज्यवादको चलखेल अत्यन्तै बढेर गएको र अहिले अमेरिकाले तयार गरेका शक्तिहरू नै सत्ता र सरकारमा पुगेको ठोकुवा गर्नुभयो ।

    एमसिसी पास गराउन त्यतिखेरका सत्तारूढ कङ्ग्रेस, एमाले, माओवादीलाई अमेरिकाले सहमत गराएको बताउँदै उहाँले त्यति बेला राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी मात्रै त्यसको विपक्षमा रहेको स्मरण गर्नुभयो ।

    ‘एमसिसी पास गरेर मात्रै अमेरिकी सेना नेपाल आउन सक्दैनथ्यो । त्यसैले उनीहरूले कङ्ग्रेस, कम्युनिस्टलाई एसपिपी पास गर्नू भने’ उहाँले भन्नुभयो– ‘उनीहरूले त्यति गर्न नमानेपछि गत वर्ष भदौको घटना घटाइदिए । त्यतिखेर अमेरिकाले परिचालन गरेका आज तिनैका शक्तिहरू सत्ता र सरकारमा छन् ।’

    सिंहदरबारजस्ता राष्ट्रका धरोहर जलाउन नेपाली हातले नसक्ने बताउँदै उहाँले दलाई लामा समर्थित टिओबीले नै यो काम गरेको र त्यससँगै नेपालका पाँच सय बढी प्रहरी चौकी ध्वस्त पारिएको बताउनुभयो ।

    जेनजी घटनाको सन्दर्भमा आफ्ना अर्घाखाँची, रुपन्देही, प्युठान र सुर्खेतका कार्यालय डढाइको प्रसङ्ग पनि उहाँले यस सन्दर्भमा जोड्नुभयो ।

    उहाँले भन्नुभयो– ‘राष्ट्रिय जनमोर्चाका कार्यालय भ्रष्टाचार गरेर बनाएका होइनौँ । त्यो नेपाली जनतालाई थाहा छ । फेरि पनि हाम्रा कार्यालय किन जलाइयो ? किनकि हामी सबैभन्दा स्पष्ट शब्दमा अमेरिकी साम्राज्यवादको विरुद्धमा आवाज उठाएका थियौँ । त्यसैकारण हाम्रा कार्यालयलाई निसाना बनाइयो ।’

    अध्यक्ष केसीले ठुलो पार्टीका कार्यालय वा नेताका घर जुन कारणले जलाइयो, त्यही कारणले राजमोका कार्यालय नजलाइएको स्पष्ट पार्नुभयो ।

    बन्दुक होइन, एनजिओ

    मन्तव्यको क्रममा अध्यक्ष केसीले पछिल्लो समयमा साम्राज्यवादीले बन्दुकले नभएर एनजिओ, आइएनजिओबाट नेपालजस्ता देशमा घुसपैठ गर्ने गरेको बताउनुभयो ।

    जेनजी घटनामा पनि एनजिओ, आइएनजिओको सक्रियता रहेको उहाँले जिकिर गर्नुभयो ।

    ‘भदौ २३–२४ गतेको घटना घटाउनका लागि पाँच वर्ष अघिदेखि तालिम चलिरहेको थियो । तीन अर्ब रुपियाँभन्दा बढी खर्च गरिएको थियो’ उहाँले भन्नुभयो– ‘आज यहाँ देशलाई शिरमा राखेर काम गर्ने को छ ? तिनै एनजिओ, आइएनजिओवाला अहिले सत्तामा पुगेका छन् ।’

    देशमा एनजिओको चलखेल बढेर गएको र त्यसको प्रभावमा नेपाली जनताको एउटा तप्कासमेत प्रभावित रहेको तितो भनाइ उहाँले राख्नुभयो ।

    देशमा उद्योग–व्यवसाय फस्टाउनुको सट्टा एनजिओ, आइएनजिओ फस्टाएका कारण बेरोजगारी बढ्दै गएको बताउँदै उहाँले अहिले १२ कक्षा पास गर्दाबित्तिकै विदेश जानुपर्ने अवस्था सिर्जना उत्पन्न गराइएको धारणा राख्नुभयो ।

    अध्यक्ष केसीले भन्नुभयो– ‘१२ कक्षा पास गरेकाहरू अमेरिका, क्यानडा, जापान, अस्ट्रेलियाजस्ता देशमा पुग्ने गरेको, त्यति पढ्न नसक्नेहरू खाडीमा पुगेर ५० डिग्री सेल्सियसको गर्मीमा काम गर्नुपर्ने अवस्था छ ।’

    देशमा शासक वर्गको परनिर्भरमुखी चरित्रकै कारण देशको यस्तो स्थिति उत्पन्न भएको निष्कर्ष निकाल्दै अध्यक्ष केसीले नेपाली जनतामा सही राजनीतिक शक्ति ठम्याउनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    सम्बोधनको क्रममा उहाँले राष्ट्रिय जनमोर्चा देशको सही राजनीतिक दिशा लिएको तथा निष्कलङ्क शक्ति रहेको दाबीसमेत गर्नुभयो ।

    त्यस्तै राजमो लुम्बिनी प्रदेशका अध्यक्ष बोमबहादुर खत्रीले अमेरिकी साम्राज्यवादले नेपाललगायत विश्वका विभिन्न देशको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्दै आएको बताउनुभयो ।

    उहाँले नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र जनताको अधिकार रक्षाका लागि साम्राज्यवादी हस्तक्षेप विरुद्ध सचेत रहनुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा राजमो केन्द्रीय सदस्य तथा भूमिकास्थान नगरपालिकाका मेयर झबिलाल थापा, राजमो नेता शेरबहादुर बिसी, कतार नेपाली एकता समाजका अध्यक्ष रामप्रसाद पराजुली, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका उपाध्यक्ष कपिल खनाल, अखिल नेपाल महिला सङ्घकी उपाध्यक्ष कल्पना पोखरेल, अखिल नेपाल युवक सङ्घका केन्द्रीय उपाध्यक्ष कुलराज खनाल, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का उपाध्यक्ष गोविन्द बिसी, अखिल(छैठौं) का महासचिव पुरन पोखरेल, रक्तिम सांस्कृतिक अभियानका महासचिव हेमराज आश्रम,  अन्तर्राष्ट्रिय नेपाली एकता समाजका सचिवालय सदस्य ठाकुर खनाललगायतको आतिथ्य रहेको थियो ।

    राजमो अर्घाखाँचीका अध्यक्ष थम्मन केसीको अध्यक्षता तथा सचिव बाबुराम पन्थीको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा उपस्थित सहभागीलाई जिल्ला उपाध्यक्ष गोपाल पौडेलले स्वागत गर्नुभएको थियो ।

    कार्यक्रमको माझमा तथा कार्यक्रमपछि रक्तिमको केन्द्रीय टोलीले सांस्कृतिक प्रस्तुति दिएको थियो ।

    सोमबार, कार्तिक ०९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित
    मधेसमा विकृति बन्दै मृत्युभोज
    बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै
    गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते
    प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु
    इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    • ६.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    भर्खरै

    • १.
      एनपिएल : सुदूरपश्चिममाथि लुम्बिनीको जित

    • २.
      इथियोपियाको ओरोमियामा ४० बढीको हत्या

    • ३.
      मधेसमा विकृति बन्दै मृत्युभोज

    • ४.
      बाँकेमा तेस्रो अन्तर्राष्ट्रिय स्विमिङ च्याम्पियनसिप हुँदै

    • ५.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    • ६.
      प्रधानमन्त्रीद्वारा उद्घाटनसँगै एनपिएल–३ सुरु

    • ७.
      इरानको आणविक क्षमता नष्ट गरेको ट्रम्पको दाबी

    • ८.
      फुकेटमा बाढी, करिब एक सय परिवार प्रभावित

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.