महेश रिजाल, भालुबाङ ।
दाङको राप्ती गाउँपालिका वडा नं. ३ मसुरियास्थित भृकुटी महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौबिसौँ साधारणसभा सम्पन्न भएको छ ।
राप्ती गाउँपालिकाका कार्यवाहक अध्यक्ष कमलापति चौधरीको उद्घाटनसँगै २०८३ कात्तिक १५ गते आइतबार मसुरियामा सो कार्यक्रम सम्पन्न भएको हो ।
साधारणसभा उद्घाटनपछि मन्तव्य राख्दै उहाँले सहकारी संस्थाको स्थापनाले महिला सशक्तीकरण, सामाजिक सद्भाव, महिला र पुरुषका बिचको भेदभावको अन्त्यका साथै बचत गर्ने बानीसमेतको विकासमा महŒवपूर्ण योगदान पुगेको स्पष्ट पार्नुभयो ।
संस्थाकी अध्यक्ष मेनुकादेवी रेग्मी (अधिकारी) को अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रमलाई विशिष्ट अतिथि तथा संस्थाका सस्थापक सल्लाहकार धर्मराज अधिकारी, पूर्व अध्यक्ष हिमाली न्यौपाने, संस्थापक अध्यक्ष तारा भण्डारी, गाउँपालिका कार्यपालिका सदस्य पार्वता सुवेदी, चम्फा भुसाल, पत्रकार ओमप्रकाश गुप्ता, इन्जिनियर शरदरमण पुरी, गाउँपालिका सामाजिक शाखाका शुभाष भट्टराई, लेखा सुपरिवेक्षण समितिका दया भण्डारीलगायतले कार्यक्रममा शुभकामना मन्तव्य राख्नुभएको थियो ।
संस्थाका व्यवस्थापक प्रमेश्वरी ज्ञवाली र सहलेखापाल रेखा गैरैको सञ्चालन रहेको उक्त कार्यक्रममा उपाध्यक्ष गौरा जैशीले स्वागत मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा अध्यक्षद्वारा प्रस्तुत प्रगति प्रतिवेदन वाचन व्यवस्थापक ज्ञवालीले गर्नुभएको थियो भने संस्थाका कोषाध्यक्ष गोमाया केसीले रु ७० करोड २६ लाख ५१ हजार दुई सय दुई रुपैया बराबरको आयव्यय प्रस्तुत गर्नुभयो ।
सो अवसरमा प्रमुख अतिथि चौधरीले ज्येष्ठ नागरिक कुन्तीदेवी कुमाललगायत विभिन्न वचतकर्तालाई नगदसहित सम्मानपत्र प्रदान गर्नुभएको थियो ।






