महेश रिजाल, भालुबाङ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश ३–०२०१० प ६९२२ नम्बरको मोटरसाइकललाई पश्चिम नवलपरासीबाट धनगढीतर्फ गई रहेको लु.१.ख.९२४८ नं. को ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक र पछाडी बसेकी दुई जना घाइते भएका छन् ।
२०८३ कात्तिक १५ गतेको मध्यराति १ बजेतिर लुम्बिनी प्रदेश राजधानी प्रदेशसभानजिकै बागढ्डी भन्ने स्थानमा सो घटना घटेको हो ।
घटनाका मृतक राप्ती गाउँपालिका–६ भगवानपुरका ३२ वर्षीय प्रबिन चौधरीको उपचारका क्रममा भालुबाङ अस्पतालमा मृत्यु भएको छ ।
सोही मोटरसाइकलमा पछाडी सवार सोही गाउँपालिका वडा नं. ३ बागढ्डी निवासी १६ वर्षीया निरू चौधरी र सोही ठाउँ निवासी १३ वर्षीया करिना चौधरी गम्भीर घाइते भएका छन् ।
मृतक चौधरीको शवलाई पोस्टमार्टमका लागि लमही अस्पताल पुर्याइएको र घाइते दुबै जनालाई बुटवल अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरिक्षक गोपाल न्यौपानेले जानकारी दिए ।
घटनास्थलबाट प्रहरीले घाइते तीनै जनालाई उद्धार गरी भालुबाङ अस्पताल पुर्याएका थिए ।
ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय भालुबाङले नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान गरिरहेको समेत निरीक्षक न्यौपानेले जानकारी दिए ।





