• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, कार्तिक १६, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

वन पैदावार बिक्री विरणमा लगाइएको रोक खुलाउन व्यवसायीको माग

‘राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नभए पनि सेवा प्रवाह हुन्छ’

बङ्गलादेशमा तलब वृद्धिको माग गर्दै गार्मेन्ट कामदारको आन्दोलन

दन्किँदै छ आगो…

जग्गा प्रशासन स्थानीय तहबाटै : सेवामा सहजता कि कार्यान्वयनमा चुनौती ?

अनशनरत प्राडा केसीलाई हेलिकोप्टरबाट काठमाडौँ ल्याइयो

भारतमा गोर्खाभर्ती सुरु गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन

प्रधानन्यायाधीश र न्यायाधीशका अभिव्यक्तिबारे सर्वोच्च अदालतको ध्यानाकर्षण

यमनको तेल प्रशोदन केन्द्रमा साउदी आक्रमण सात जना घाइते : हुथी

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ३. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ४. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ५. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

  • ६. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ७. वेदकालीन समाज

  • ८. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ९. लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

  • १०. भारतमा चक्रवात अर्नबका कारण ३ जनाको मृत्यु, ७१४ गाउँ प्रभावित

‘राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नभए पनि सेवा प्रवाह हुन्छ’


  •   सोमबार, कार्तिक १६, २०८३ मा प्रकाशित
  • काठमाडौँ, १६ कात्तिक । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नहुँदा पनि सार्वजनिक सेवा प्रवाह भइरहेको स्पष्ट पारेको छ । आज एक सूचना जारी गर्दै विभागले राहदानी, बैंक तथा वित्तीय सेवा, सवारी चालक अनुमतिपत्रलगायत सेवा प्रवाहमा समस्या नहुने उल्लेख गरेको हो ।

    Advertisement

    राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नागरिकको विवरण प्रमाणीकरणमा ढिलाइ भए पनि सार्वजनिक सेवा नरोक्न सम्बन्धित निकायलाई विभागले आग्रह गर्दै परिचयपत्रको विवरण प्रमाणीकरण नभए पनि सरोकार भएकाहरूलाई नियमित रूपमा सार्वजनिक सेवा प्रवाह भइरहेको जनाएको हो ।

    विभागका अनुसार राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा नागरिकको विवरण दर्ता तथा राष्ट्रिय परिचय नम्बर जारी गर्ने कार्य नियमित रूपमा भइरहेको छ । तर, नागरिकको विवरण प्रमाणीकरण गर्न आवश्यक पर्ने अटोमेटिक बायोमेट्रिक इन्फर्मेसन सिस्टमको क्षमताका कारण केही नागरिकको विवरण प्रमाणीकरणमा ढिलाइ भएको हो ।

    विभागले गत असोज १ गतेपछि राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराई राष्ट्रिय परिचय नम्बर प्राप्त गरेका नागरिकको हकमा यस्तो समस्या देखिएको जनाएको छ । ‘अटोमेटिक बायोमेट्रिक इन्फर्मेसन सिस्टम’ (स्वचालित रूपमा मानिसको विवरण प्रमाणीकरण गर्ने प्रणाली) को क्षमता विस्तार गर्ने कार्य अन्तिम चरणमा पुगेको उल्लेख गर्दै विभागले आगामी दुई साताभित्र उक्त कार्य सम्पन्न भई विवरण प्रमाणीकरण सेवा नियमित हुने अपेक्षा गरेको छ ।

    विभागले यस विषयमा राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीसँग अन्तरआबद्ध भएका सेवाप्रदायक निकायलाई जानकारी गराउनुका साथै आवश्यक समन्वय गरिसकेको जनाएको छ ।

    पछिल्लो समय राष्ट्रिय परिचयपत्रसम्बन्धी विवरण प्रमाणीकरणमा समस्या हुँदा विशेषगरी सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा लिन असहज भएको भन्दै सेवाग्राहीबाट गुनासो आउने गरेको थियो । यस्तो अवस्थालाई सम्बोधन गर्दै विभागले गत असोज १ गतेपछि विवरण दर्ता गरी राष्ट्रिय परिचय नम्बर प्राप्त गरेका नागरिकको विवरण प्रमाणीकरण नभएकाहरू सार्वजनिक सेवा प्राप्त गर्नबाट वञ्चित हुन नपर्ने जनाएको छ ।

    विभागले सम्बन्धित सबै निकायलाई उक्त व्यवस्थाबारे जानकारी गराउँदै प्रमाणीकरणमा देखिएको प्राविधिक समस्याका कारण सेवाग्राहीलाई सेवा प्राप्त गर्न असहज हुने अवस्था हुन नदिन आग्रह गरेको छ ।

    सोमबार, कार्तिक १६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    वन पैदावार बिक्री विरणमा लगाइएको रोक खुलाउन व्यवसायीको माग
    बङ्गलादेशमा तलब वृद्धिको माग गर्दै गार्मेन्ट कामदारको आन्दोलन
    जग्गा प्रशासन स्थानीय तहबाटै : सेवामा सहजता कि कार्यान्वयनमा चुनौती ?
    अनशनरत प्राडा केसीलाई हेलिकोप्टरबाट काठमाडौँ ल्याइयो
    प्रधानन्यायाधीश र न्यायाधीशका अभिव्यक्तिबारे सर्वोच्च अदालतको ध्यानाकर्षण
    यमनको तेल प्रशोदन केन्द्रमा साउदी आक्रमण सात जना घाइते : हुथी

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ४.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ५.
      गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

    • ६.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    भर्खरै

    • १.
      वन पैदावार बिक्री विरणमा लगाइएको रोक खुलाउन व्यवसायीको माग

    • २.
      ‘राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नभए पनि सेवा प्रवाह हुन्छ’

    • ३.
      बङ्गलादेशमा तलब वृद्धिको माग गर्दै गार्मेन्ट कामदारको आन्दोलन

    • ४.
      दन्किँदै छ आगो…

    • ५.
      जग्गा प्रशासन स्थानीय तहबाटै : सेवामा सहजता कि कार्यान्वयनमा चुनौती ?

    • ६.
      अनशनरत प्राडा केसीलाई हेलिकोप्टरबाट काठमाडौँ ल्याइयो

    • ७.
      भारतमा गोर्खाभर्ती सुरु गर्न माग गर्दै काठमाडौँमा प्रदर्शन

    • ८.
      प्रधानन्यायाधीश र न्यायाधीशका अभिव्यक्तिबारे सर्वोच्च अदालतको ध्यानाकर्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.