• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

गणतन्त्रको विकल्प प्रतिगमन होइन : अधिकारी


  •   मङ्गलबार, जेठ ०२, २०८० मा प्रकाशित
  • पोखरा । राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारीले गणतन्त्रको विकल्प प्रतिगमन हुन नसक्ने बताउनुभएको छ ।

    Advertisement

    अमेरिकी साम्राज्यवादको विरुद्धमा परिचालित मेची–महाकाली अभियानअन्तर्गत पूर्वी टोलीद्वारा कास्कीको पोखरामा २०८० जेठ २ गते मंगलबार आयोजित कोणसभामा मन्तव्य राख्दै उहाँले यस्तो बताउनुभएको हो ।

    ‘सत्तासिन दलहरूले कमजोरी गरे । त्यो सबैका सामु जगजाहेर छ’ उहाँले अगाडि भन्नुभयो– ‘तर त्यसको अर्थ गणतन्त्र नै खराब छ भन्ने होइन । गणतन्त्रको विकल्पमा प्रतिगमन गरेर राजतन्त्र हुन सक्दैन ।’

    नेता अधिकारीले राजतन्त्रतर्फको पश्चगमन र गणतन्त्र बेग्लाबेग्लै विषय भएको बताउँदै गणतन्त्रमा विकृति देखियो भन्दैमा राजतन्त्रतर्फ फर्किन नसकिने बताउनुभयो ।

    ‘राजतन्त्र गलत व्यवस्था भएकै कारण नेपाली जनताले २०४६ र २०६२–६३ सालमा दुई दुईपटक आन्दोलन उठे’ उहाँले भन्नुभयो– ‘अब फेरि गणतन्त्रमा विकृति देखा पर्‍यो भन्दैमा राजतन्त्रतर्फ फर्किन सकिँदैन ।’

    सम्बोधनको क्रममा उहाँले अमेरिकी साम्राज्यवाद नेपालमा प्रत्यक्ष रूपमै अगाडि आएको बताउनुभयो ।

    ‘पहिले पहिले भारतीय साम्राज्यवादमार्फत अमेरिकी साम्राज्यवाद आउथ्यो’ उहाँले अगाडि भन्नुभयो– ‘अहिले अमेरिकी साम्राज्यवाद प्रत्यक्ष रूपमा नै अगाडि आएको छ । २०७८ सालयता अमेरिकी हस्तक्षेप बढेको जोकसैले महसुस गर्न सक्छ ।’

    नेता अधिकारीले एमसिसी, एसपिपी, कथित रास्वपाको उदय र रवि लामिछाने गृहमन्त्री बन्दासम्म अमेरिकी हस्तक्षेप एकदम बढेर गएको बताउनुभयो ।

    ‘२०७८ सालमा अमेरिकाले नेपालमा सत्तासिन दलहरूले धम्क्याएर एमसिसी संसद्बाट पास गरायो । त्यसपछि एसपिपी पारित गर्न खोजेको थियो तर त्यस्तो हुन सकेन’ उहाँले भन्नुभयो– ‘त्यसबाट पाठ सिकेर उसले कथित राष्ट्रिय स्वतन्त्र पार्टी मात्रै उभ्याएन, रवि जस्तो अमेरिकी नागरिकलाई गृह मन्त्रालय नै दिन सत्तासिन दलहरूलाई बाध्य बनायो ।’

    उहाँले अमेरिकी साम्राज्यवादको यस्तो हस्तक्षेपबारे जनतामा जागरण ल्याउन यो अभियान चलाइएको बताउनुभयो ।

    कोणसभामा राजमो केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला अध्यक्ष राजेन्द्र ढुङ्गाना र राजमो गण्डकी प्रदेश समितिका अध्यक्ष शंकर बरालले पनि मन्तव्य राख्नुभएको थियो ।

    राजमो केन्द्रीय सदस्य गौरिश्वर पाण्डे र बागलुङ जिल्ला समन्वय समितिका प्रमुख अमर थापासमेतको आतिथ्य रहेको उक्त कोणसभाको अध्यक्षता राजमो कास्कीका अध्यक्ष रविमोहन ढकालले र सञ्चालन अखिल (छैठौं) का उपाध्यक्ष गणेश अधिकारीले गर्नुभएको थियो ।

    उक्त टोली तनहुँको दमौली र बन्दिपुरमा पर्चा वितरण गर्दै चितवनको मुगलिङमा पुगी त्यहाँ पनि पर्चा वितरण गरेको थियो । जेठ २ गते साँझ सो टोली नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा बास बस्न पुगेको छ । जेठ ३ गते बुधबार सो टोलीले चितवनमा कार्यक्रम गर्ने छ ।

    साम्राज्यवादविरुद्ध राजमोको मेची महाकाली अभियानका दुई टोली धनगढी र पोखरामा

    मेची–महाकाली अभियानको बागलुङ बजारमा उद्घाटन

    अमेरिकी साम्राज्यवादविरुद्ध राजमोको मेची-महाकाली अभियान महेन्द्रनगरबाट सुरु

    मङ्गलबार, जेठ ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.