वासिङटन । ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो बोल्सोनारो र उनको परिवारलाई अमेरिकाले भिसा दिने भएको छ ।
ब्राजिलमा भ्रष्टाचार, करछलगीलगायतका आरोप खोपिरहेका बोल्सोनारोलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘असल मानिस’ भन्दै भिसा दिएर अमेरिकामा स्वागत गर्ने बताएका हुन् ।
अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण र करछलीको अनुसन्धानमा रहेका बोल्सोनारोलाई ब्राजिलको अदालतले राहदानी बुझाउन आदेश दिएको छ ।
बोल्सोनारो कहाँ छन् भन्ने स्पष्ट छैन । राष्ट्रपति लुलाले उनले देश छाडेको जानकारी पाए पनि गन्तव्य थाहा नभएको बताए ।
बोल्सोनारोले चुनावी हार स्वीकार गरेका छैनन् । उनले धाँधलीको आरोप लगाउँदै परिणाम उल्ट्याउन माग गरेका छन् ।
लुलाले छ करोड ४० लाखभन्दा बढी मत प्राप्त गर्दा बोल्सोनारोले छ करोडभन्दा कम मत पाएका थिए । परिणाम उल्ट्याउन ४४ लाख मतको अन्तरलाई प्रभावित पार्ने धाँधलीको प्रमाण पेस गर्नुपर्नेछ ।
बोल्सोनारोका भाइ एडुआर्डो टेक्सासमा बस्दै आएका छन् । उनलाई ट्रम्प प्रशासनसँग सम्बन्धित गैरकानुनी पैरवी गरेको अभियोगमा अनुपस्थितिमै चार वर्षको जेलसजाय सुनाइएको छ । बोल्सोनारोले भने राहदानी बुझाएर आफू विरुद्धका कदमको सामना गर्ने बताएका छन् ।
बोल्सोनारोका पिता तथा पूर्वराष्ट्रपति जायर बोल्सोनारो सन् २०२२ को चुनावमा पराजित भएपछि विद्रोहको प्रयास गरेको अभियोगमा २७ वर्षको जेल सजाय भोगिरहेका छन् ।
फ्लेभियोमाथि सरकारी निवृत्तिभरणबाट ठगीपूर्ण कटौती र विवादास्पद बैङ्करबाट लाखौँ डलर लिएको आरोपमा अनुसन्धान भइरहेको छ ।
उनले कुनै गलत काम नगरेको दाबी गर्दै अनुसन्धानको नेतृत्व गरिरहेका न्यायाधीशको निष्पक्षतामाथि प्रश्न उठाएका छन् ।
बोल्सोनारोको सिनेटरका रूपमा कार्यकाल सन् जनवरी २७, २०२७ मा सकिँदैछ । त्यसपछि उनले सर्वोच्च अदालतमा प्राप्त विशेष क्षेत्राधिकार गुमाउनेछन् ।





