• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ११, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

नेप्से परिसूचक बढ्यो

जलवायु जोखिम निगरानीका लागि नेपालले राख्यो सहकार्यको प्रस्ताव

अर्नब आँधीका कारण बिहीबारदेखि नेपालमा वर्षा हुने

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी


  •   बुधबार, कार्तिक ११, २०८३ मा प्रकाशित
  • बेइजिङ । माओत्सेतुङलाई तानाशाह भनेको टिप्पणीप्रति फुटबल स्टार किलियन एमबाप्पेले माफी मागेका छन् । उनले चिनियाँ जनता र उनीहरूको इतिहासप्रति सम्मान रहेको बताउँदै माफी मागेका हुन् ।

    Advertisement

    एमबाप्पेले मङ्गलबार वक्तव्य जारी गर्दै आफ्नो टिप्पणी गलत भएको र त्यसले चीन तथा विश्वभरका चिनियाँ समुदायका मानिसको भावनामा चोट पुर्‍याएको स्वीकार गरे ।

    फ्रान्सेली अनलाइन कार्यक्रम ‘द ब्रिज’ मा प्रसारित एउटा भिडियोमा एमबाप्पेले आफ्नो मनपर्ने मिमबारे बोल्दा माओलाई चिनियाँ तानाशाहका रूपमा उल्लेख गरेका थिए ।

    उनको टिप्पणीपछि चीनका तीन कम्पनीले व्यावसायिक सम्झौता अन्त्य गर्ने घोषणा गरेका छन् भने चिनियाँ फुटबल सङ्घ र सरकारी सञ्चारमाध्यमले पनि आपत्ति जनाएका छन् ।

    पेय पदार्थ उत्पादक डोङपेङ, दुग्ध कम्पनी मेङनियू र चिज उत्पादक मिल्कग्राउन्डले उनीसँगको सम्झौता अन्त्य गरिरहेका छन् ।

    चाइना फुटबल एसोसिएसनले स्पेनिस क्लब रियल म्याड्रिड र एमबाप्पे दुवैलाई सार्वजनिक रूपमा माफी माग्न आग्रह गरेको थियो ।

    चाइना मिडिया ग्रुपले उहाँ सहभागी खेलको प्रसारण रोक्नुका साथै विज्ञापन हटाएको जनाएको छ । ला लिगाले चिनियाँ समर्थकप्रति खेद व्यक्त गर्दै टिप्पणी एमबाप्पेको व्यक्तिगत धारणा भएको स्पष्ट पारेको छ ।

    ला लिगाका अध्यक्ष जेभियर तेबासले चीनसँगको व्यावसायिक साझेदारी जोगाउन चिनियाँ राजदूतसँग छलफल गर्ने बताए ।

    चीनको विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले चिनियाँ जनताको भावनामा चोट पुर्‍याउने व्यवहारले व्यापक विरोध सामना गर्नुपर्ने बताए ।

    चिनियाँ सामाजिक सञ्जाल रेडनोटले पनि एमबाप्पेसँग सम्बन्धित प्रचार सामग्री हटाउने जनाएको छ । वेइबोमा उनीसँगको साझेदारी अन्त्य गर्न माग गर्दै ह्यासट्याग लोकप्रिय बनेका छन् । केही प्रयोगकर्ताले उनको बहिष्कार गर्नुपर्ने मागसमेत गरेका छन् ।

    चीनको विज्ञापनमा नियमित देखिँदै आएका एमबाप्पेको घटनाले विदेशी खेलाडीका सार्वजनिक टिप्पणीले व्यावसायिक सम्बन्धमा पार्न सक्ने प्रभाव देखाएको छ ।

    सन् २०१९ मा ह्युस्टन रकेटका तत्कालीन महाप्रबन्धक डेरिल मोरेले हङकङका सरकार विरोधी प्रदर्शनकारीलाई समर्थन गरेपछि चिनियाँ सरकारी टेलिभिजनले एनबिए खेल प्रसारण रोकेको थियो । (रासस/एपी)

    बुधबार, कार्तिक ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने
    स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु
    अमेरिकी निर्वाचन आयोगको प्रणालीमा साइबर हमला
    इरानद्वारा ट्रम्पको आलोचना, प्रतिबद्धता तोडेको आरोप
    ‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस
    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

    • २.
      माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

    • ३.
      स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

    • ४.
      शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

    • ५.
      भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

    • ६.
      बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

    • ७.
      नेप्से परिसूचक बढ्यो

    • ८.
      जलवायु जोखिम निगरानीका लागि नेपालले राख्यो सहकार्यको प्रस्ताव

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.