• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

नेप्से परिसूचक बढ्यो

जलवायु जोखिम निगरानीका लागि नेपालले राख्यो सहकार्यको प्रस्ताव

अर्नब आँधीका कारण बिहीबारदेखि नेपालमा वर्षा हुने

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’


  •   बुधबार, कार्तिक ११, २०८३ मा प्रकाशित
  • पाल्पा । पाल्पाको ऐतिहासिक रानीमहल कुनै समय प्रेमको प्रतीक बनेर पर्यटकलाई आकर्षित गथ्र्यो । महलको सुन्दरता नियाल्न, तस्बिर खिच्न र नदीको किनारमा रमाउन पुग्नेको चहलपहलले आसपासको क्षेत्र गुल्जार हुन्थ्यो तर गत असोज ११ गतेको अविरल वर्षापछि आएको बाढी र डुबानले यहाँको दृश्य फेरिदिएको छ ।

    Advertisement

    विगतमा मानिसको आवतजावत र व्यापारिक गतिविधिले भरिने क्षेत्र अहिले बालुवा, गिट्टी र ढुङ्गाले पुरिएको छ । रानीमहलको आँगनमा बाढीको चोट देखिन्छ भने आसपासका स्थानीयका सपना बगरमा छरिएका छन् ।

    प्रेमको प्रतीकका रूपमा परिचित रानीमहलको सुन्दरता नियाल्न आउने पर्यटकको चहलपहलले जीविकोपार्जनको आधार बनाएका स्थानीय व्यवसायी अहिले आफ्नै व्यवसाय पुन: सञ्चालन गर्ने चिन्तामा छन् ।

    बाढीले व्यवसाय सञ्चालन गर्ने संरचनादेखि सडक, पार्किङस्थल र आवागमनका पूर्वाधारसम्ममा क्षति पुर्‍याएको छ । रानीमहल आसपासका एक दर्जनभन्दा बढी व्यावसायिक प्रतिष्ठान प्रभावित भएका छन् ।

    प्राकृतिक विपत्तिले व्यापार मात्रै प्रभावित गरेको छैन, वर्षौंदेखि जोडेको लगानी र भविष्यप्रतिको आशामाथि समेत चोट पुर्‍याएको छ ।

    बाढीले व्यवसाय सञ्चालन गर्ने संरचना, सडक र पार्किङस्थल पुरिएपछि पर्यटकको आवागमन प्रभावित हुन पुग्दा व्यवसायमा प्रत्यक्ष असर पुगेको स्थानीय शङ्कर बस्याल बताउँछन् ।

    उनले भन्नुभयो– ‘ठुलो लगानी गरेर व्यवसाय सञ्चालन गरे पनि बाढीले तहसनहस बनाउँदा दु:ख लागेको छ । हरेक वर्ष बडाबडादसैँको बेला रानीमहल घुम्न आउने पर्यटकको सङ्ख्या बढ्ने गरे पनि यस पटक भने रानीमहल क्षेत्र बगरमा परिणत हुँदा व्यवसाय सञ्चालन गर्नेहरू मर्कामा पर्नुपरेको छ ।’

    प्राकृतिक विपत्तिपछि तत्काल सरसफाइ, क्षतिग्रस्त संरचनाको व्यवस्थापन र प्रभावित क्षेत्रको पुन:स्थापनामा स्थानीय सरकारले ध्यान नदिएको उनको आरोप छ । बाढीले पुर्‍याएको क्षतिभन्दा पनि विपत्तिपछि आफ्नो पीडा बुझ्न र अवस्था अवलोकन गर्न जिम्मेवार निकायका प्रतिनिधि नआएको विषयले उनलाई थप निराश बनाएको छ ।

    बस्यालले कर सङ्कलनमा सक्रिय हुने स्थानीय सरकारले पर्यटकीय सम्पदाको संरक्षण र विपत्तिपछिको पुन:स्थापनामा पनि उत्तिकै जिम्मेवारी देखाउनुपर्ने बताए ।

    रानीमहलको संरक्षण तथा व्यवस्थापनको जिम्मेवारी पाएको तानसेन नगरपालिकाले भने आफ्नो कार्यक्षेत्रभित्र क्षति भएका संरचना हटाउने र व्यवस्थापन गर्ने काम गरेको दाबी गरेको छ ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले नगरपालिकाको क्षेत्राधिकारभित्र क्षति भएका संरचना तत्काल हटाइएको दाबी गरे । उनका अनुसार रानीमहल दरबार परिसरमा अहिले त्यस्तो अस्तव्यस्त अवस्था छैन ।

    गिरीले रानीमहल आसपास अस्तव्यस्त देखिएका केही संरचना बगनासकाली गाउँपालिकाको क्षेत्रभित्र पर्ने भएकाले तिनको व्यवस्थापन सम्बन्धित गाउँपालिकाले गर्नुपर्ने बताए ।

    यता, बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीले स्याङ्जाको कालीगण्डकी गाउँपालिकासँग समन्वय गरेर तत्काल बाटो खुलाउने काम गरिएको बताइन् ।

    बाढीपछि निरन्तर वर्षा भइरहेको र त्यसलगत्तै बडादसैँ बिदा परेकाले व्यवस्थापनको काम तत्काल अघि बढाउन नसकिएको उनको भनाइ छ ।
    अध्यक्ष चिदीले अबको एकदुई दिनभित्रै डोजर पठाएर बाढीले पुरिएका सामग्री हटाउने र बगर सम्याउने काम गरिने बताइन् ।

    महल उत्तरवाहिनी कालीगण्डकी नदीको तटमा रहेको छ । ऐतिहासिक दरबार ‘रानीमहल’ लाई नेपालको ‘ताजमहल’ पनि भनिन्छ ।

    सदरमुकाम तानसेनदेखि करिब १३ किलोमिटर उत्तर कालीगण्डकी नदीको किनारमा अवस्थित छ ।

    तत्कालीन राणा पश्चिम कमाण्डर जनरल खड्ग शमशेरले १९५४ सालमा ‘रानीमहल’ निर्माण गरेका थिए । पत्नी तेजकुमारी देवीको मृत्युपछि उहाँकै सम्झनामा खड्ग शमशेरले रानीमहल निर्माण गरेका हुन् । रानीलाई बगैँचासहितको महल निर्माण गर्ने बचन दिएका खड्ग शमशेरले भारतबाट इन्जिनियर झिकाइ पाँच वर्ष लगाएर रानीमहल निर्माण गराएका थिए । (रासस)

    बुधबार, कार्तिक ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने
    शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति
    भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु
    नेप्से परिसूचक बढ्यो
    जलवायु जोखिम निगरानीका लागि नेपालले राख्यो सहकार्यको प्रस्ताव
    ‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ अवार्ड

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

    • २.
      माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

    • ३.
      स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

    • ४.
      शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

    • ५.
      भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

    • ६.
      बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

    • ७.
      नेप्से परिसूचक बढ्यो

    • ८.
      जलवायु जोखिम निगरानीका लागि नेपालले राख्यो सहकार्यको प्रस्ताव

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.