काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३३.२९ अङ्कले बढेर दुई हजार छ सय ६४ दशमलव ०६ मा पुगेको हो ।
ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव ३२ अङ्कले बढेर चार सय ८१ दशमलव ७९ मा पुगेको छ ।
त्यस्तै फ्लोट सूचक दुई दशमलव ६२ अङ्कले बढेर एक सय ८४ दशमलव ७३ मा पुगेको छ भने सेन्सेटिभ फ्लोट सूचक दुई दशमलव ३९ अङ्कले बढेर एक सय ६३ दशमलव ०९ मा पुगेको छ ।
विभिन्न कम्पनीका आज एक करोड ९३ लाख ९७ हजार पाँच सय ४८ कित्ता सेयर रु सात अर्ब ४५ करोड ८६ लाख ७७ हजार तीन सय ६८ मूल्यमा खरिद्बिक्री भएको छन् । १३ उपसमूहमध्ये १२ उपसमूह बढ्यो भने एक उपसमूह घटेको छ ।
बुधबार दुई सय ४१ कम्पनीको सेयर बढ्यो भने ३५ कम्पनीको सेयर घट्यो । त्यसैगरी तीन कम्पनीको सेयर स्थिर रह्यो ।
नेप्सेका अनुसार बेनी हाइड्रोपावर, बुटबल पावर कम्पनी, सुपर खुदी हाइड्रोपावरलगायतका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी प्राइम डिबेञ्चर, गरिमा समृद्धि योजना, सिर्जनशील लघुवित्त वित्तीय संस्थालगायतका लगानीकर्ताले गुमाएका छन् ।





