• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

साम्राज्यवादविरुद्ध राजमोको मेची महाकाली अभियानका दुई टोली धनगढी र पोखरामा


  •   मङ्गलबार, जेठ ०२, २०८० मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले अमेरिकी साम्राज्यवादविरुद्ध सुरु गरेको मेची–महाकाली अभियानको दोस्रो दिन मंगलबार धनगढी र पोखरामा विरोध सभाको आयोजना हुँदैछ ।

    Advertisement

    हिजो महेन्द्रनगरमा उद्घाटन भएर अघि बढेको टोलीले आज धनगढीमा कार्यक्रम गर्दैछ । कार्यक्रम साँझ ४ बजे हसनपुरमा हुने राजमोका केन्द्रीय सचिवालय सदस्य एवम् सुदूरपश्चिम इन्चार्ज नन्दराज भट्टले जानकारी दिनुभयो ।

    राजमो महासचिव मनोज भट्टको नेतृत्वमा रहेको पश्चिमी क्षेत्रको टोलीमा केन्द्रीय सचिवालय सदस्य नन्दराज भट्ट, अखिल नेपाल युवक संघका अध्यक्ष कृष्ण पाण्डे, राजमो नेता हरिकृष्ण पाण्डेलगायत सहभागी रहनुभएको छ ।

    सो टोलीले सोमबार विहान महेन्द्रनगरमा पत्रकार सम्मेलन गरी दिउँसो मदनचोकको कार्यक्रमबाट औपचारिक सुरुवात गरेको थियो ।

    मदनचोकमा आयोजित सभामा महासचिव मनोज भट्टले अभियानको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा राजमो सुदूरपश्चिम इन्चार्ज भट्ट, युवक संघका अध्यक्ष पाण्डे, राजमो नेता राजाराम चौधरी, कञ्चनपुरका जिल्ला अध्यक्ष रामबहादुर कार्की, नेकपा (मसाल) का जिल्ला प्रवक्ता लक्ष्मीदत्त बडूलगायत नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

    आज धनगढीमा विरोध सभा गरी सो टोली डोटी प्रस्थान गर्नेछ । दिपायलमा भोलि बिहान पत्रकार सम्मेलन गरेपछि टोलीले डडेल्धुरामा कार्यक्रम गर्दै अघि बढ्नेछ ।

    यस्तै, बागलुङबाट उद्घाटन भएर सुरु भएको अर्को टोलीले आज पोखरामा सभाको आयोजना गर्दैछ । आज मध्याह्न पृथ्वीचोकमा सभाको आयोजना गरिएको टोलीमा सहभागी अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्ष गणेश अधिकारीले जानकारी दिनुभयो ।

    राजमो पूर्वसचिव कृष्ण अधिकारी नेतृत्वको सो टोलीमा राजमो केन्द्रीय सदस्य एवम् बागलुङ जिल्ला अध्यक्ष राजेन्द्र ढुंगाना, राजमो नेता गौरीश्वर पाण्डे, कुलबहादुर छन्त्याल, विद्यार्थी नेता गणेश अधिकारीलगायत सहभागी हुनुहुन्छ ।

    सो टोलीले आज पोखरामा कार्यक्रम गरेपछि तनहुँको दमौलीमा समेत कार्यक्रम गर्नेछ । टोली आज साँझ नवलपुर प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

    राष्ट्रिय जनमोर्चाले अमेरिकी साम्राज्यवादविरुद्ध १६ दिने मेची महाकाली अभियान सञ्चालन गरेको हो ।

    ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, संघीयताको विरोध गरौँ, अमेरिकी साम्राज्यवाद विरुद्ध मेची–महाकाली अभियान सफल पारौँ’ भन्ने नारासहित महेन्द्रनगर र बागलुङबाट एकै साथ सुरुवात भएको सो अभियान देशका विभिन्न भागमा कार्यक्रम गर्दै जेठ १५ गते बुटवल र काठमाडौंमा समापन गरिने राजमो केन्द्रीय कार्यालयले जनाएको छ ।

    मेची–महाकाली अभियानको बागलुङ बजारमा उद्घाटन

    अमेरिकी साम्राज्यवादविरुद्ध राजमोको मेची-महाकाली अभियान महेन्द्रनगरबाट सुरु

    मङ्गलबार, जेठ ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.