काठमाडौं । राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको ‘अमेरिकी साम्राज्यवादविरुद्ध मेची महाकाली अभियान’ का दुई टोली बारा र बर्दिया पुगेका छन् ।
बागलुङबाट अघि बढेको टोली आज (शुक्रबार) बारा पुगेको हो । सो टोलीले आज बाराको सिमरामा कार्यक्रम गर्दैछ भने पर्साको बनियानमा समेत विरोध सभा गर्ने कार्यक्रम रहेको टोलीमा संलग्न अखिल (छैठौं) का उपाध्यक्ष गणेश अधिकारीले जानकारी दिनुभयो ।
यसअघि सो टोलीले हिजो हेटौँडामा विरोध कार्यक्रम आयोजना गरेको थियो । हेटौँडामा साम्राज्यवादविरुद्ध पर्चा वितरण गर्नुका साथै सांस्कृतिक कार्यक्रम गरिएको अधिकारीले बताउनुभयो ।
पूर्वी टोलीमा राजमो केन्द्रीय सचिव हिमलाल पुरी, युगदर्शनका व्यवस्थापक हरिकान्त शर्मा, राजमो नेता चन्द्र सापकोटा, अखिल (छैठौं) का उपाध्यक्ष गणेश अधिकारी र केन्द्रीय सदस्य सन्ध्या भट्टराईलगायत सहभागी रहनुभएको छ ।

यता, कञ्चनपुरबाट अघि बढेको पश्चिमी टोलीले आज बर्दियाको गुलरिया र बाँकेको खजुरामा विरोध सभाको आयोजना गर्दैछ ।
यसअघि हिजो सो टोलीले डोटीमा पत्रकार सम्मेलन गर्नुका साथै डडेल्धुरामा विरोध सभा गरेको थियो । डोटीमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुको जिज्ञासाको राजमो महासचिव मनोज भट्टले स्पष्ट पार्नुभएको थियो ।
यस्तै, डडेल्धुरामा आयोजित सभामा अखिल नेपाल युवक संघका अध्यक्ष कृष्णराज पाण्डे, राजमो सुदूरपश्चिम प्रदेश सल्लाहकार बिर्खराज पन्त, प्रदेश सदस्य उद्धवसिंह ऐर र अखिल (छैठौं) का केन्द्रीय सदस्य महेश शर्माले सम्बोधन गर्नुभएको थियो भने सञ्चालन राजमो डोटीका सदस्य मानबहादुर खड्काले गर्नुभएको थियो ।
राष्ट्रिय जनमोर्चाले अमेरिकी साम्राज्यवादविरुद्ध १६ दिने मेची महाकाली अभियान सञ्चालन गरेको हो ।
‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, संघीयताको विरोध गरौँ, अमेरिकी साम्राज्यवाद विरुद्ध मेची–महाकाली अभियान सफल पारौँ’ भन्ने नारासहित महेन्द्रनगर र बागलुङबाट एकै साथ सुरुवात भएको सो अभियान देशका विभिन्न भागमा कार्यक्रम गर्दै जेठ १५ गते बुटवल र काठमाडौंमा समापन गरिने राजमो केन्द्रीय कार्यालयले जनाएको छ ।
- जब देशलाई अप्ठेरो पर्छ, राजमो जनताको बीचमा आउँछ : मनोज भट्ट
- अमेरिकी साम्राज्यवाद आतङ्कवादको मसिहा : अधिकारी
- राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट गाडी दुर्घटनामा घाइते
- चीनलाई घेर्न अमेरिकाले नेपालमा घुसपैठ बढायो : महासचिव भट्ट
- गणतन्त्रको विकल्प प्रतिगमन होइन : अधिकारी
- साम्राज्यवादविरुद्ध राजमोको मेची महाकाली अभियानका दुई टोली धनगढी र पोखरामा
- मेची–महाकाली अभियानको बागलुङ बजारमा उद्घाटन
- अमेरिकी साम्राज्यवादविरुद्ध राजमोको मेची-महाकाली अभियान महेन्द्रनगरबाट सुरु