डोटी । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट दुर्घटनामा घाइते हुनुभएको छ । बुधबार बिहान डोटीको गैराबजार नजिक भट्ट चढेको गाडी दुर्घटनामा परेको हो ।
राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको ‘अमेरिकी साम्राज्यवादविरुद्ध मेची-महाकाली अभियान’ अन्तर्गत धनगढीबाट डोटी जाने क्रममा बा११च ६८७८ नम्बरको गाडी दुर्घटनामा परेको हो ।
महासचिव भट्टको ढाडमा चोट लागेको छ । उहाँको अवस्था सामन्य रहेको भट्टले जानकारी दिनुभयो ।
बुडर नजिकै जोरायल गाउँपालिका वडा नं १ गैरा भन्ने स्थानमा गाडी दुर्घटनामा परेको हो । दुर्घटनास्थल डोटी सदरमुकाम दिपायलबाट झण्डै ८० किलोमिटर टाढा पर्छ ।
सो गाडीमा अखिल नेपाल युवक संघका अध्यक्ष कृष्ण पाण्डे, राजमो सुदूरपश्चिमका सल्लाहकार बिर्खराज पन्त र विद्यार्थी नेता महेश शर्मा हुनुहुन्थ्यो । महासचिव भट्टबाहेक अन्य नेता कार्यकर्ता सकुशल रहेको बुझिाएको छ ।
गाडी नालीमा खसेको छ । अहिले स्थानीय र प्रहरीले गाडी निकाल्ने प्रयास गरिरहेका छन् ।

राष्ट्रिय जनमोर्चाले जेठ १ गतेदेखि कञ्चनपुर र बागलुङबाट एकैसाथ ‘मेची महाकाली अभियान’ सञ्चालन गरिरहेको छ ।
महासचिव भट्टको नेतृत्वमा रहेको पश्चिमको टोलीले महेन्द्रनगरबाट कार्यक्रम उद्घाटन गरी हिजो धनगढीमा विरोध सभा गरेको थियो । आज (मंगलबार) दिउँसो ३ बजे डोटीको दिपायलस्थित पिपल्ला बजारमा विरोध सभाको आयोजना गरिएको छ । सो सभामा महासचिव भट्टले सम्बोधन गर्ने कार्यक्रम थियो ।
दुर्घटनामा परेका नेताहरुसँग आफू सम्पर्कमै रहेको र अवस्था सामान्य रहेको राजमो डोटीका अध्यक्ष डबल बोगटीले जानकारी दिनुभयो ।
- चीनलाई घेर्न अमेरिकाले नेपालमा घुसपैठ बढायो : महासचिव भट्ट
- गणतन्त्रको विकल्प प्रतिगमन होइन : अधिकारी
- साम्राज्यवादविरुद्ध राजमोको मेची महाकाली अभियानका दुई टोली धनगढी र पोखरामा
- मेची–महाकाली अभियानको बागलुङ बजारमा उद्घाटन
- अमेरिकी साम्राज्यवादविरुद्ध राजमोको मेची-महाकाली अभियान महेन्द्रनगरबाट सुरु





