• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

जब देशलाई अप्ठेरो पर्छ, राजमो जनताको बीचमा आउँछ : मनोज भट्ट

"अघि बढ्दै मेची–महाकाली अभियान "

  •   बुधबार, जेठ ०३, २०८० मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको ‘अमेरिकी साम्राज्यवादविरुद्ध मेची–महाकाली अभियान’ अन्तर्गत आज विभिन्न स्थानमा विरोध कार्यक्रम भएको छ ।

    Advertisement

    बागलुङबाट उद्घाटन भएर अघि बढेको टोलीले बुधबार चितवनको टाँडी, भरतपुरस्थित मालपोतचोक र नवलपुरको गैँडाकोटमा कार्यक्रम सम्पन्न गरेको छ ।

    ती कार्यक्रमलाई टोली नेता राष्ट्रिय जनमोर्चाका पूर्वकेन्द्रीय सचिव कृष्ण अधिकारी, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)का महासचिव शालिकराम सापकोटा, राजमो केन्द्रीय सदस्य एवम् चितवन जिल्ला अध्यक्ष डम्बर पुरी, केन्द्रीय सदस्य एवम् नवलपुरका अध्यक्ष  दीपक पाण्डे, अखिल (छैठौं) का उपाध्यक्ष गणेश अधिकारीलगायत नेताहरुले सम्बोधन गर्नुभएको थियो ।

    पूर्वी टोलीको कार्यक्रम बिस्तृतमा– अमेरिकी साम्राज्यवाद आतङ्कवादको मसिहा : अधिकारी

    मेची–महाकाली अभियान अन्तर्गत पश्चिमी टोलीले बुधबार डोटीको दिपायलमा विरोध सभा सम्पन्न गरेको छ। डोटी जाने क्रममा दुर्घटनामा परेर घाइते भएका राजमो महासचिव मनोज भट्ट, अखिल नेपाल युवक संघका अध्यक्ष कृष्ण पाण्डे र राजमो डोटीका अध्यक्ष डबल बागटीले विरोध सभालाई सम्बोधन गर्नुभएको थियो ।

    कार्यक्रममा बोल्दै महासचिव भट्टले राष्ट्रिय जनमोर्चा जहिले जहिले देश र जनतालाई अप्ठेरो अवस्था आइपर्छ, त्यति त्यतिबेला जनताको माझमा आउने गरेको स्मरण गर्नुभयो । उहाँले भ्रष्टाचारले सीमा नाघेको उल्लेख गर्दै कतै सेटिङमा भ्रष्टाचारी उम्किने त होइनन् भनी प्रश्न पनि गर्नुभयो ।

    महासचिव भट्टको भनाईको सम्पादित अंश
    ‘हामीहरु कैयौँ अवस्थामा प्रतिगमनकाविरुद्ध लड्नका लागि जनताका बीचमा आउँछौँ । देशमा जनजीविकाको प्रश्नहरु छन्, ती जीविकाको प्रश्नलाई जागरुक गर्नका लागि हामी जनताका बीचमा जान्छौँ । कैयौं अवस्थामा भ्रष्टाचारका मुद्दा उठाएर हामी जनताका बीचमा जाने गरेका छौँ। र, कैयौं पटक संघीयताको खारेजीको लागि पनि हामीले आन्दोलन गर्ने गरेका छौँ । तर यो पटक, मुलुकमा थुप्रै समस्याका बाबजुद हामीले अमेरिकी साम्राज्यवादका विरुद्ध अहिलेको अभियानलाई केन्द्रित गरेका छौं ।

    अमेरिका नेपालको कुनै छिमेकी होइन । नेपालसँग भारत जोडिन्छ, बङ्गलादेश नजिकै पर्छ र चीन जोडिन्छ । यहाँबाट धेरै टाढा, करिब–करिब ७ समुद्रपार भएको अमेरिकाको विषय लिएर हामीले अहिले अभियान सञ्चालन गर्दैछौँ ।

    अहिले राज्यको मुद्दा जसको वरपर नेपालको राजनीति तरंगित भएको छ, नेपालीहरुलाई नेपाली नागरिकता त्याग्न लगाएर भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा देशका उच्च पदस्थ अधिकारीहरु मन्त्रीहरु, पूर्वउपप्रधानमन्त्री र सरकारका महत्वपूर्ण पदमा बसेका व्यक्तिहरु मिलेर अरबौँ रूपैयाँको भ्रष्टाचार गरेका छन् । भ्रष्टाचारीहरुलाई कारबाही हुनुपर्छ भनेर आज देशभरी आवाज उठेको छ । त्यो आवाजप्रति हाम्रो राष्ट्रिय जनमोर्चाले पनि ऐक्यवद्धता प्रकट गर्न चाहन्छ । म यो मञ्चबाट अहिले देशव्यापी रुपमा भ्रष्टाचारको विरुद्ध चलिरहेको जुन स्वतन्त्र आन्दोलन छ, त्यो आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गर्न चाहन्छु । भष्टाचारका विरुद्ध चाहे जति ठूलो ओहदामा बसेको व्यक्ति किन नहोस् उनीहरुलाई कारबाहीको दायरामा ल्याइनुपर्छ र उनीहरुलाई सजायको भागिदार बनाउनुपर्छ । कुनै पनि प्रकारले राजनीतिक लेनदेन गरेर यो मुद्दालाई सामसुम पार्ने षडयन्त्र हुनसक्छ । यो षडयन्त्रका विरुद्ध पनि हामीले लगातार खबरदारी गर्नुपर्ने आवश्यक देखिन्छ ।

    केही घटनाक्रमले भुटानी शरणार्थीको मुद्दा कहिँ कतै सामसुम हुने त छैन भन्ने आशंका पनि छ । बिहान ३ पार्टीका शीर्ष नेताहरूको बैठक बस्छ । ११ दिनदेखि फरार भएका टोपबहादुर राइमाझी त्यसै साँझ गिरफ्तार हुन्छन् । आरोपीले बयान दिँदा आरजु (राणा) को नाम पनि लिन्छ तर पछि आएर आरजुको नाम फिर्ता गर्छ । उनीहरूको जुन प्रकारको बडील्याङ्ग्वेज छ, अथवा जुन प्रकारको शरीरको हाउभाउ छ त्यो हाउभाउबाट देखिन्छ, वास्तवमा उनीहरूले कुनै ठूलो खालको अपराध गरेका होइनन् । यस प्रकारको आत्मविश्वास उनीहरुलाई कहाँबाट पैदा भएको छ ? यति ठूलो भ्रष्टाचार मुद्दामा मुछिए पनि उनीहरु मुसुमुसु हाँसिरहेका छन् । हात हल्लाएका छन् । यो आत्मविश्वास पछाडि कुन शक्तिले कुन स्रोतले काम गरिरहेको छ ? यसतर्फ पनि हाम्रो ध्यान जानु पर्ने आवश्यकता पनि छ।

    भ्रष्टाचार नेपालको मुख्य समस्या भनेको छ । अहिले भुटानी प्रकरणमा जोडिएका मान्छेहरुलाई कारबाही हुनुपर्छ । यो प्रकरणलाई छल्नका लागि लागि यो प्रकरणलाई छल्नको लागि अरु कुनै कुरालाई अगाडि ल्याउनु हुँदैन। यो प्रकरण छल्नको लागि एमालेहरुले माओवादीले अयोग्य लडाकुका नाममा क्यान्टोनमेन्टमा गरेको अरबौंको भ्रष्टाचारको फाइल पनि खोल्नुपर्छ भनेर भनिरहेका छन् । निश्चितरुपले त्यो खोल्नुपर्छ । तर टोपबहादुरलाई बचाउनका लागि होइन । टोपबहादुरलाई पनि कारबाही हुनुपर्छ र माओवादीले लडाकुको नाममा लुटेको रकममा भएको भ्रष्टाचारमा पनि कारबाही हुनुपर्छ।

    अहिले झापाको एउटा भ्रष्ट मान्छे निकै क्रान्तिकारी बनेका छन् । त्यो मान्छेको नाम हो दुर्गा प्रसाई । हिजो दुर्गा प्रसाई कहाँ थिए ? माओवादीमा । माओवादीको युद्ध लडेर आएका कार्यकर्ता भन्दा पनि चार हात माथि उठेर आफूलाई माओवादी बताउँथे । तपाईंलाई थाहै होला बहालवाला प्रधानमन्त्री र बहालवाला गृहमन्त्रीलाई जुम्लाबाट ल्याएर मार्सी भात खुवाउने यिनै दुर्गा प्रसाईं हुन् । हिजो यिनै बहालवाला प्रधानमन्त्री र गृहमन्त्रीले दुर्गा प्रसाईंको मार्सी भात खाए । दुर्गा प्रसाईबाट पैसा लिएर चुनाव लडे । दुर्गा प्रसाईबाट पैसा लिएर आफ्नो जीवनका आवश्यकताहरु पूरा गरे । तर दुर्गा प्रसाईले देख्यौ मैले लगानी गर्दैछु, नेपाल अधिराज्य भरिबाट मैले ठगेको छु त्यो ठगीबाट प्रधानमन्त्रीले मलाई सक्छन् भन्दै हिँडे । तर प्रचण्डले बचाउन नसक्ने देखिएपछि दुर्गा प्रसाई कहाँ गए भने हजुरबाको पार्टीमा । अर्थात् केपी ओलीको पार्टीमा ।

    त्यसकारण भ्रष्टहरु पार्टी परिवर्तन गर्दै र सेटिङ गर्दै आफूलाई बचाउने प्रयत्न गरिरहेका छन् । अहिलेको नक्कली भुटानी शरणार्थी काण्डमा पनि तीन ठूला दलका नेताहरु मिटिङ बस्ने र अनुसन्धानलाई प्रभावित पार्ने जनताले देखिरहेका छन् । हामी त्यस्तो नहोस् भनेर खबरदारी गर्न चाहन्छौँ ।’

    चल्तीका राजनीतिक दलको विकल्प राष्ट्रिय जनमोर्चा : कृष्ण पाण्डे
    यस्तै, सभालाई सम्बोधन गर्दै अखिल नेपाल युवक संघका महासचिव कृष्ण पाण्डेले कांग्रेस, एमाले र माओवादीको विकल्प राष्ट्रिय जनमोर्चा भएको बताउनुभयो ।

    ‘कांग्रेस एमाले माओवादीको विकल्प भनेको राष्ट्रिय जनमोर्चा र नेकपा मसाल हो, राष्ट्रिय स्वतन्त्र पार्टी होइन’ उहाँले भन्नुभयो, ‘जसले देशका नदीनाला बेच्दा दृढतापुर्वक संघर्ष गर्यो । जसले देशको जनजीविकाको सवालमा निरन्तर संघर्ष गर्यो । जसले भ्रष्टाचारका विरुद्ध ठूलो आँधी बेहरीको सिर्जना गर्यो । जसले संघीय प्रणाली जस्तो देशलाई आर्थिक रूपले तात पल्टाउने संघीय प्रालि खारेज का विरुद्ध संघर्ष गर्यो ।’

    उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको सफलता का पछाडि अमेरिकी साम्राज्यवादको हात रहेको जिकिर पनि गर्नुभयो ।

    • राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट गाडी दुर्घटनामा घाइते
    • चीनलाई घेर्न अमेरिकाले नेपालमा घुसपैठ बढायो : महासचिव भट्ट
    • गणतन्त्रको विकल्प प्रतिगमन होइन : अधिकारी
    • साम्राज्यवादविरुद्ध राजमोको मेची महाकाली अभियानका दुई टोली धनगढी र पोखरामा
    • मेची–महाकाली अभियानको बागलुङ बजारमा उद्घाटन
    • अमेरिकी साम्राज्यवादविरुद्ध राजमोको मेची-महाकाली अभियान महेन्द्रनगरबाट सुरु

    बुधबार, जेठ ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.