गणेश अधिकारी, सिरहा ।
राष्ट्रिय जनमोर्चाले सञ्चालन गरिरहेको मेची–महाकाली अभियानप्रति मधेशी जनताको आकर्षण देखिएको छ । राष्ट्रिय जनमोर्चाले सही नीति लिएर कार्यक्रम गरिरहेको भन्दै मधेशमा अभियान टोलीलाई जनताले स्वागत गर्ने, रुचीपूर्वक कार्यक्रम सुन्ने तथा पर्चा, पोस्टरहरु पढ्ने काम गरिरहेका छन् ।
मधेश प्रदेशका विभिन्न जिल्लामा सञ्चालित कार्यक्रममा स्थानीय जनताले संघीयताले देश र जनता लुटेको भन्दै खारेज गर्नुपर्नेमा जोड दिएका छन् ।
अभियान टोलीका नेता कार्यकर्ताहरुसँग स्थानीयले संघीयता लुट्नको लागि ल्याएको भान भइरहेको बताए । उनीहरुले सुरुमा संघीयताप्रति भ्रम भएपनि अब मधेशी जनतामा भ्रम नरहेको पनि स्पष्ट पारेका छन् ।
त्यसका साथै अमेरिकी साम्राज्यवादविरुद्ध राष्ट्रिय जनमोर्चाले कार्यक्रम गरेर जनतालाई सचेत बनाएको स्थानीयको भनाई छ ।
राजमोले जेठ १ गतेदेखि सञ्चालन गरेको ‘अमेरिकी साम्राज्यवादविरुद्ध मेची महाकाली अभियान अन्तर्गत आज (आइतबार) पश्चिमी टोलीले महोत्तरीको बर्दिवास र सिरहाको कर्जन्वहा नगरपालिकाको वस्तिपुरमा कोण सभाको आयोजना गरेको छ ।

बर्दिवासमा आयोजित कोणसभालाई राजमो नेता चन्द्र सापकोटाले सम्बोधन गर्नुभएको थियो ।
यता, सिरहाको वस्तिपुरमा आयोजित सभाको अध्यक्षता तराई मधेश जनवादी मोर्चाका कुशेश्वर यादव र सञ्चालन गणेश अधिकारीले गर्नुभएको थियो ।
कार्यक्रममा राजमो केन्द्रीय सचिव हिमलाल पुरी र युगदर्शनका व्यवस्थापक हरिकान्त शर्माले सम्बोधन गर्नुभयो । कार्यक्रममा राजमो नेताहरु शेरबहादुर कार्की, श्यामसुन्दर विसी, चन्द्र सापकोटा, अच्युतम केसी, रामचन्द्र शाह र अखिल (छैठौं) का केन्द्रीय सदस्य सन्ध्या भट्टराईको आतिथ्यता रहेको थियो ।
मेची-महाकाली अभियान : वीरेन्द्रनगरमा पत्रकार सम्मेलन र र्याली, छिन्चुमा कोणसभा
मेची-महाकाली अभियान : पूर्वी टोलीको हरिवन, पश्चिमको कोहलपुरमा विरोध सभा
- राजमो नेतालाई पत्रकारको प्रश्न : भारतीय हस्तक्षेप छोडेर अमेरिकाको विरोध किन गर्नुभएको ?
- ‘नेपाललाई हिन्दुराष्ट्र बनाउन भाजपाले लगानी गरेको कुरा विदेशीले समेत भन्न थाले’
- अमेरिकी साम्राज्यवाद नेपालमा आफ्नै पार्टी बनाएर हस्तक्षेपमा उत्रियो : पुरी
- साम्राज्यवादविरुद्ध ‘मेची-महाकाली अभियान’को टोली बारा र बर्दियामा
- जब देशलाई अप्ठेरो पर्छ, राजमो जनताको बीचमा आउँछ : मनोज भट्ट
- अमेरिकी साम्राज्यवाद आतङ्कवादको मसिहा : अधिकारी
- राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट गाडी दुर्घटनामा घाइते
- चीनलाई घेर्न अमेरिकाले नेपालमा घुसपैठ बढायो : महासचिव भट्ट
- गणतन्त्रको विकल्प प्रतिगमन होइन : अधिकारी
- साम्राज्यवादविरुद्ध राजमोको मेची महाकाली अभियानका दुई टोली धनगढी र पोखरामा
- मेची–महाकाली अभियानको बागलुङ बजारमा उद्घाटन
- अमेरिकी साम्राज्यवादविरुद्ध राजमोको मेची-महाकाली अभियान महेन्द्रनगरबाट सुरु