• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अमेरिकी साम्राज्यवाद नेपालमा आफ्नै पार्टी बनाएर हस्तक्षेपमा उत्रियो : पुरी


  •   शुक्रबार, जेठ ०५, २०८० मा प्रकाशित
  • कलैया । राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले अमेरिकी साम्राज्यवाद नेपालमा आफ्नै पार्टी बनाएर हस्तक्षेपमा उत्रिएको बताउनुभएको छ ।

    Advertisement

    अमेरिकी साम्राज्यवादको बढ्दो हस्तक्षेपको विरुद्धमा राजमोद्वारा परिचालित पूर्वी टोलीको आयोजनामा २०८० जेठ ५ गते शुक्रबार बाराको एयरपोर्टचोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    सम्बोधनको क्रममा उहाँले नेपालको इतिहासमा अमेरिकी साम्राज्यवाद अत्यन्तै गम्भीर रूपमा हस्तक्षेपमा उत्रिएको बताउनुभयो ।

    ‘पहिले पहिले अमेरिकी साम्राज्यवादले नेपाललाई त्यति महत्त्व दिएको थिएन’ उहाँले भन्नुभयो– ‘अहिले अमेरिकी साम्राज्यवादले आफ्नो चीन घेर्ने हिन्दप्रसान्त रणनीति लागु गर्न नेपाललाई महत्त्व दिएर हस्तक्षेप बढाउँदै लगेको छ ।’

    सम्बोधनको क्रममा उहाँले अमेरिकी साम्राज्यवाद अब भारतीय साम्राज्यवाद जस्तै माइक्रो म्यानेजमेन्टमा उत्रिएको पनि बताउनुभयो ।

    ‘अब अमेरिकी साम्राज्यवादले खालि कूटनीतिक रूपमा वा भारतको चस्माले मात्रै नेपालनीति निश्चित गर्दैन’ उहाँको भनाइ थियो– ‘नेपालमाथिको हस्तक्षेप बढाउनका लागि अब अमेरिकाले कथित राष्ट्रिय स्वतन्त्र पार्टी जस्तो आफ्नै नेतृत्वमा चल्ने पार्टी नै गठन गरिसकेको छ ।’

    नेता पुरीले कथित रास्वपामार्फत अमेरिकी साम्राज्यवादले नेपालको सरकार र संसद्मा नियन्त्रण गर्न चाहेको बताउनुभयो ।

    उहाँले अमेरिकाको यस्तो नयाँ भूमिकाले गर्दा नेपाल चीन विरुद्धको युद्धमैदान बन्ने भएकाले यस विषयमा आम जनतासमेतको ध्यान जानुपर्ने बताउनुभयो ।

    मन्तव्य राख्दै नेता पुरीले लोकतन्त्र र धर्म निरपेक्षताको रक्षा तथा सङ्घीयता खारेजीको आवश्यकता, नक्कली भुटानी शरणार्थी प्रकरणलगायतका तात्कालिक राजनीतिक विषयमा पनि पार्टीको धारणा राख्नुभएको थियो ।

    अखिल (छैठौं) का उपाध्यक्ष गणेश अधिकारीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा राजमो नेता हरि सापकोटाले पनि मन्तव्य राख्नुभएको थियो ।

    जितपुरचोकमा सभा
    अभियान टोलीले सोही दिन बाराकै जितपुरचोकमा कोणसभा सम्पन्न गरेको थियो ।

    अखिल (छैठौं) का उपाध्यक्ष गणेश अधिकारीको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा राजमो मधेस प्रदेश समितिका अध्यक्ष शेरबहादुर कार्की र प्रदेश समितिकै सचिव बालकृष्ण आचार्यले मन्तव्य राख्नुभएको थियो ।

    पर्साको वीरगञ्जमा सभा
    अभियान टोलीले त्यसपछिको अघिल्लो कार्यक्रम वीरगन्जको घण्टाघरअगाडि सम्पन्न गरेको थियो ।

    केन्द्रीय सचिव हिमलाल पुरीले सम्बोधन गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन अखिल (छैठौं) का उपाध्यक्ष गणेश अधिकारीले गर्नुभएको थियो ।

    कार्यक्रममा अमेरिकी साम्राज्यवादको विरुद्धमा पर्चा वितरण गरिएको थियो ।

    टोली आज जेठ ५ गते पर्साको पर्सागढी–३ बढनियारमा बास बसेको छ । भोलि सोही स्थानमा कार्यक्रम गर्ने योजना रहेको टोलीमा सहभागी अखिल (छैठौं) का उपाध्यक्ष गणेश अधिकारीले जानकारी दिनुभयो ।

    शुक्रबार, जेठ ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.