तिलक राना, हैदरावाद ।
Advertisement
प्युठान नगरपालिका वडा नम्बर ३ साप्डाँडा घर भई पछिल्लो समय भारतको हैदरावादमा बस्दै आएकी घनश्याम नेपालीकी ४२ वर्षीया श्रीमती जानका नेपालीको निधन भएपछि निजको प्युठान पठाइएको छ ।
हैदवारवादको जनवाडालाई कर्मथलो बनाइै सपरिवार बस्दै आएकी निज महिलालाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले स्वदेश पठाएको हो ।
अक्टोबर १६, २०२६ तदनुसार २०८३ असोज ३० गतेका निज जानकाको हृदयघातका कारण निधन भएको थियो ।
परिवारको सहमतिमा मृतकको अन्तिम दाहसंस्कार आफ्नै जन्मस्थान प्युठानमा गरिने भएपछि मृतकको शवलाई परिवारको रोहबरमा गत अक्टोबर २६ का दिन एम्बुलेन्सको व्यवस्था गरी स्वदेश पठाइएको छ । मृतक जानकी नेपाली मूल प्रवाहको सदस्य हुनुहुन्थ्यो ।
निजको दु:खद निधनप्रति मूल प्रवाहले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।





