• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च

युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता

एल निनोले विश्वभर खाद्य सङ्कटको जोखिम बढायो

ट्रम्प र रिपब्लिकनलाई धक्का लाग्ने सङ्केत, डेमोक्रेट्सको ‘ब्लू वेभ’ सम्भावना

रुसी आक्रमणमा युक्रेनमा २६ जनाको मृत्यु

नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगे

१० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता

व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

लोकप्रिय समाचार

  • १. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • २. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ३. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • ४. सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

  • ५. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ६. सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

  • ७. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ८. कवि

  • ९. हैदरावादमा मृत्यु भएकी जानकीको शव मूल प्रवाहले प्युठान पठायो

  • १०. पत्रकारको गिरफ्तारीसँगै सञ्चारजगत्लाई तर्साउने कदमको प्रगतिशीलद्वारा विरोध

अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च


  •   मङ्गलबार, कार्तिक १७, २०८३ मा प्रकाशित
  • सिड्नी, १७ कात्तिक । मध्यपूर्वको द्वन्द्वका कारण इन्धन र वस्तुको मूल्य बढेपछि अस्ट्रेलियाको केन्द्रीय बैंकले सन् २०२६ मा पाँचौँ पटक ब्याजदर वृद्धि गर्दै ४.८५ प्रतिशत पु¥याएको छ । यो सन् २००८ यताकै उच्च दर हो ।

    Advertisement

    अस्ट्रेलियाको रिजर्भ बैंकले मङ्गलबार दुईदिने मौद्रिक नीति बैठकपछि ब्याजदर ०.२५ प्रतिशत विन्दुले बढाउने निर्णय गरेको हो । यसअघि फेब्रुअरी, मार्च, मे र सेप्टेम्बरमा पनि समान दरले वृद्धि गरिएको थियो ।

    अक्टोबरमा सार्वजनिक तथ्याङ्कअनुसार वार्षिक मुद्रास्फीति अगस्टको चार प्रतिशतबाट बढेर सेप्टेम्बरमा ४.३ प्रतिशत पुगेको थियो । बैंकले प्राथमिकता दिने अन्तर्निहित मुद्रास्फीतिको सूचक पनि ३.५ बाट बढेर ३.६ प्रतिशत पुगेको छ । बैंकको लक्ष्य मुद्रास्फीतिलाई दुईदेखि तीन प्रतिशतमा सीमित राख्नु हो ।

    मौद्रिक नीति बोर्डले मध्यपूर्वको द्वन्द्व र विश्वव्यापी तेल आपूर्तिमा अवरोधका कारण ऊर्जा मूल्य तथा मुद्रास्फीतिमा दबाब कायम रहने जनाएको छ । मुद्रास्फीति सन् २०२७ को अधिकांश समय उच्च रहने र त्यस वर्षको अन्त्यसम्म मात्र लक्ष्यको माथिल्लो सीमामा फर्कने अनुमान गरिएको छ ।

    ब्याजदर वृद्धिको निर्णय नौ सदस्यीय बोर्डमा छ जनाको समर्थनमा भएको थियो । तीन सदस्यले भने दर ४.६० प्रतिशतमा कायम राख्नुपर्ने मत दिएका थिए । गभर्नर मिचेल बुलकले परिवारका लागि यो निर्णय कठिन भए पनि मुद्रास्फीति नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभयो ।

    अर्थमन्त्री जिम चाल्मर्सले मध्यपूर्वको द्वन्द्वले महँगी र आर्थिक वृद्धिमा दबाब सिर्जना गरिरहेको बताउनुभयो । बोर्डले डिसेम्बरको सुरुमा पुनः ब्याजदरबारे निर्णय गर्नेछ । युबिएस अस्ट्रेलियाका प्रमुख अर्थशास्त्री जर्ज थारेनोले भने आगामी बैठकमा ब्याजदर यथावत् रहने अपेक्षा गर्नुभएको छ ।

    मङ्गलबार, कार्तिक १७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता
    एल निनोले विश्वभर खाद्य सङ्कटको जोखिम बढायो
    ट्रम्प र रिपब्लिकनलाई धक्का लाग्ने सङ्केत, डेमोक्रेट्सको ‘ब्लू वेभ’ सम्भावना
    रुसी आक्रमणमा युक्रेनमा २६ जनाको मृत्यु
    नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगे
    १० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • २.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ३.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • ४.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • ५.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ६.
      सामन्ती बर्बराहट : टुप्पाबाट पलाएकाहरू

    भर्खरै

    • १.
      अस्ट्रेलियामा ब्याजदर १८ वर्षयताकै उच्च

    • २.
      युक्रेनमा रुसी आक्रमणमा २९ जनाको मृत्यु, ४८ बेपत्ता

    • ३.
      एल निनोले विश्वभर खाद्य सङ्कटको जोखिम बढायो

    • ४.
      ट्रम्प र रिपब्लिकनलाई धक्का लाग्ने सङ्केत, डेमोक्रेट्सको ‘ब्लू वेभ’ सम्भावना

    • ५.
      रुसी आक्रमणमा युक्रेनमा २६ जनाको मृत्यु

    • ६.
      नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला काठमाडौं आइपुगे

    • ७.
      १० बुँदे सहमतिसहित नेकपा र उमा भुजेल नेतृत्वको पार्टीबीच एकता

    • ८.
      चोरी भएको महँगो घडी माफीपत्रसहित फिर्ता

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.