नेपालगञ्ज । अमेरिकी साम्राज्यवादविरुद्ध मेची महाकाली अभियान सञ्चालन गरिरहेको राष्ट्रिय जनमोर्चाले शनिबार नेपालगञ्जमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेको छ । महासचिव मनोज भट्ट नेतृत्वको पश्चिमी टोलीले पत्रकार भेटघाट गरेको हो ।
कार्यक्रममा पत्रकारहरुले महासचिव भट्टसँग विभिन्न जिज्ञासा राखेका थिए । राष्ट्रिय जनमोर्चाले भारतीय हस्तक्षेपको विरोध गरिरहेकोमा अहिले किन अमेरिकाको विरोध गरेको भनी प्रश्न सोधेका थिए । जनमोर्चाले भारतको विरोध गर्न छोडेको हो भन्ने पत्रकारको जिज्ञासा थियो ।
जवाफमा महासचिव भट्टले नेपालमा अहिले भारतीय र अमेरिकी दुवै साम्राज्यवादी हस्तक्षेप समानान्तर रुपमा देखा परेको बताउनुभयो ।
‘अहिलेसम्म नेपालमा भारतको प्रत्यक्ष हस्तक्षेप थियो । अमेरिका भारतमार्फत आउने गरेको थियो । तर, अहिले अमेरिका पार्टी नै खडा गरेर नेपालमा प्रत्यक्ष हस्तक्षेपमा उत्रिएको छ’ भट्टले भन्नुभयो, ‘त्यसकारण हामीले भारतको विरोध गर्न छोडेको होइन, नयाँ परिस्थितीमा अमेरिकी साम्राज्यवाद अझ खतरनाक तरिकाले आएकाले दुवै साम्राज्यवादको विरोध गर्नुपरेको हो ।’
उहाँले सत्तामा बसेका राजनीतिक दलहरु विदेशी हस्तक्षेपसामु लम्पसार परेको आरोप लगाउँदै राष्ट्रियताका सन्दर्भमा राष्ट्रिय जनमोर्चाले सरकारलाई झक्झक्याइरहेकोले आम जनता र मिडियाले समेत साथ दिनुपर्ने बताउनुभयो ।
महासचिव भट्टले अमेरिकाले हालै प्रकाशित गरेको एउटा रिपोर्टमा नेपालमा हिन्दु राष्ट्रको कुरा गर्नेहरुलाई भाजपाले पैसा दिएको कुरा सार्वजनिक भएको उल्लेख गर्दै आफूहरुले औँल्याएको प्रतिगमनको खतरा अझ स्पष्ट भएको बताउनुभयो ।
साथै, उहाँले यो रिपोर्टसँगै नेपाल सन्दर्भमा भारत र अमेरिकाबीच अन्तरविरोध बढेको देखिएको बताउनुभयो ।
सञ्चारकर्मीको एक अर्को जिज्ञासामा महासचिव भट्टले रवि लामिछाने नेतृत्वको रास्वपा अमेरिकाबाट सञ्चालित रहेको दोहोर्याउनुभयो ।
उहाँले विश्वका कतिपय देशहरुमा प्रचलित राजनीति दलहरुको असक्षमता र भ्रष्टाचारबाट अधिनायकवादको उत्पत्ति हुनुका साथै अमेरिकी हस्तक्षेप बढेको उल्लेख गर्दै नेपालमा पनि त्यस्तो सम्भवना रहेको स्पष्ट पार्नुभयो ।
- ‘नेपाललाई हिन्दुराष्ट्र बनाउन भाजपाले लगानी गरेको कुरा विदेशीले समेत भन्न थाले’
- अमेरिकी साम्राज्यवाद नेपालमा आफ्नै पार्टी बनाएर हस्तक्षेपमा उत्रियो : पुरी
- साम्राज्यवादविरुद्ध ‘मेची-महाकाली अभियान’को टोली बारा र बर्दियामा
- जब देशलाई अप्ठेरो पर्छ, राजमो जनताको बीचमा आउँछ : मनोज भट्ट
- अमेरिकी साम्राज्यवाद आतङ्कवादको मसिहा : अधिकारी
- राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट गाडी दुर्घटनामा घाइते
- चीनलाई घेर्न अमेरिकाले नेपालमा घुसपैठ बढायो : महासचिव भट्ट
- गणतन्त्रको विकल्प प्रतिगमन होइन : अधिकारी
- साम्राज्यवादविरुद्ध राजमोको मेची महाकाली अभियानका दुई टोली धनगढी र पोखरामा
- मेची–महाकाली अभियानको बागलुङ बजारमा उद्घाटन
- अमेरिकी साम्राज्यवादविरुद्ध राजमोको मेची-महाकाली अभियान महेन्द्रनगरबाट सुरु





