कर्णाली । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले जनतामा सही विचारको बिजारोपण गर्न आफ्नो पार्टीले मेची–महाकाली अभियान सञ्चालन गरेको जानकारी दिनुभएको छ ।
राजमो सुर्खेत जिल्ला समितिद्वारा आइतबार वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाटमा उहाँले सो कुरा बताउनुभएको हो ।
‘हामीले जेठ १–१५ गतेसम्म देशैभरि पुग्नेगरी अभियान सुदूरपश्चिम र बागलुङबाट थालेका छौँ’, महासचिव भट्टले भन्नुभयो, ‘सुदूरपश्चिमको अभियान सकेर पहिलो टोली कर्णाली आइपुगेको छ भने दोस्रो टोली पूर्वी नेपालको बारासम्म पुगेको छ ।’
सरकारले अहिले भ्रष्टाचारविरुद्ध चालेको कदम स्वागत योग्य भए पनि त्यसको गन्तव्य कहाँसम्म हो भन्ने यकीन नभएको उहाँको भनाइ थियो ।
महासचिव भट्टले देशमा राजनीतिक स्थायित्व, आर्थिक विकास, जनजीविकाका विविध पक्ष एवं भ्रष्टाचार नियन्त्रणका विषयमा जनतालाई जागरुक बनाउन जनमोर्चाले यो देशव्यापी अभियान सञ्चालन गरेको स्पष्ट पार्नुभयो ।
राजमो कर्णाली प्रदेश अध्यक्ष पूर्णबहादुर शाहीको सञ्चालनमा अघि बढेको कार्यक्रममा अध्यक्षता राजमो सुर्खेत जिल्ला अध्यक्ष गोविन्द सुवेदी तथा स्वागत राजमो जिल्ला सचिव विष्णु शर्माले गर्नुभएको थियो ।
त्यस्तै, सुर्खेतको वीरेन्द्रनगरमा र्यालीसहित कोणसभा सम्पन्न भएको छ । राजमो पार्टी कार्यालयबाट शुरु भएर मंगलगढी हुँदै बजार परिक्रममा गरेर पिपल चौतारामा पुगेर कोण सभामा परिणत भएको थियो ।
सचिव विष्णु शर्माले सञ्चालन गर्नुभएको विरोध कार्यक्रममा राजमो केन्द्रीय सदस्य रत्नविक्रम प्यासी र अखिल नेपाल किसान महासंघ (अप्फा) का महासचिव तुल्सीराम सापकोटाले सम्बोधन गर्नुभएको थियो । अध्यक्ष गोविन्द सुवेदीको अध्यक्षता र स्वागत पूर्णबहादुर शाहीले गर्नुभएको थियो ।
यता छिन्चुमा पनि कोण सभा सम्पन्न भएको छ । कोण सभालाई महासचिव मनोज भट्ट, तुल्सीराम सापकोटा र धनप्रसाद देवकोटाले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन रत्नविक्रम प्यासीले गर्नुभएको थियो ।
राष्ट्रिय जनमोर्चाले अमेरिकी साम्राज्यवादविरुद्ध जेठ १ गतेदेखि मेचीमहाकाली अभियान सञ्चालन गरेको हो। कञ्चनपुरबाट सुरु भएको सो अभियान जेठ १५ गते बुटवलमा समापन हुनेछ । यता, बागलुङबाट सुरु भएको अर्को अभियान सोही दिन काठमाडौंमा समापन हुने छ ।
मेची-महाकाली अभियान : पूर्वी टोलीको हरिवन, पश्चिमको कोहलपुरमा विरोध सभा
- राजमो नेतालाई पत्रकारको प्रश्न : भारतीय हस्तक्षेप छोडेर अमेरिकाको विरोध किन गर्नुभएको ?
- ‘नेपाललाई हिन्दुराष्ट्र बनाउन भाजपाले लगानी गरेको कुरा विदेशीले समेत भन्न थाले’
- अमेरिकी साम्राज्यवाद नेपालमा आफ्नै पार्टी बनाएर हस्तक्षेपमा उत्रियो : पुरी
- साम्राज्यवादविरुद्ध ‘मेची-महाकाली अभियान’को टोली बारा र बर्दियामा
- जब देशलाई अप्ठेरो पर्छ, राजमो जनताको बीचमा आउँछ : मनोज भट्ट
- अमेरिकी साम्राज्यवाद आतङ्कवादको मसिहा : अधिकारी
- राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट गाडी दुर्घटनामा घाइते
- चीनलाई घेर्न अमेरिकाले नेपालमा घुसपैठ बढायो : महासचिव भट्ट
- गणतन्त्रको विकल्प प्रतिगमन होइन : अधिकारी
- साम्राज्यवादविरुद्ध राजमोको मेची महाकाली अभियानका दुई टोली धनगढी र पोखरामा
- मेची–महाकाली अभियानको बागलुङ बजारमा उद्घाटन
- अमेरिकी साम्राज्यवादविरुद्ध राजमोको मेची-महाकाली अभियान महेन्द्रनगरबाट सुरु