शिव पन्थी, प्युठान ।
राष्ट्रिय जनमोर्चाले सञ्चालन गरेको ‘अमेरिकी साम्राज्यवादविरुद्ध मेची –महाकाली अभियान’ को पश्चिमी टोली बुधबार प्युठान पुगेको छ ।
अभियान टोलीले स्वर्गद्वारी नगरपालिकाको भिङ्ग्री बजारमा कोणसभा सम्पन्न गरेको छ ।
कोणसभालाई सम्बोधन गर्दै राजमो उपाध्यक्ष एवम् प्रवक्ता दुर्गा पौडेलले विश्वभरका साना र कमजोर देशको दुस्मन अमेरिकी साम्राज्यवाद भएको बताउनुभयो । उहाँले अमेरिकाले विश्वमा द्वन्द्व फैलाउने, अशान्ति मच्चाउने र आफ्नो हतियार बेच्ने काम गर्दै आएको भन्दै राजनीति र आस्था फरक भए पनि राष्ट्रियताको सवालमा सबै एकजुट हुुनपर्नेमा जोड दिनुभयो ।

राजमो स्वर्गद्वारी नगर समितिका सचिव दोर्ण रावलको सञ्चालनमा अगाडि बढेको सो कार्यक्रममा नेकपा (मसाल) लुम्बिनी प्रदेशका प्रवक्ता तिलक जिसी, अखिल (छैठौं) का केन्द्रीय अध्यक्ष देबेन्द्र कुँवर, जनजाति सम्मेलनका केन्द्रीय सचिव उषा पुन, राजमो जिल्ला सदस्य तथा स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज राना, राजमो रोल्पा जिल्ला अध्यक्ष मेघनाथ विष्ट र राजमो नगर समितिका अध्यक्ष गिर बहादुर गुरुङ लगायत वक्ताहरुले सम्बोधन गर्नुभएको थियो ।

वक्ताहरुले अमेरिकी साम्राज्यवादले नेपालमा आफ्नो हस्तक्षेप बढाउँदै लगेको उल्लेख गर्दै राष्ट्रियता, सार्वभौमिकता, गम्भीर खतरामा परेकोले त्यसका विरुद्ध सम्पूर्ण नेपाली एकजुट हुन आग्रह गर्नुभयो ।

- मेची-महाकाली अभियानप्रति पत्रकारको जिज्ञासा : जनमोर्चाले अमेरिकाको किन विरोध गरिरहेको छ ?
- प्रतिद्वन्द्वी चीन विरुद्ध अमेरिका नेपालमा आयो : पौडेल
- मेची-महाकाली अभियानप्रति मधेशी जनताको आकर्षण, भन्छन् : संघीयता लुट्न ल्याएको रैछ
- मेची-महाकाली अभियान : वीरेन्द्रनगरमा पत्रकार सम्मेलन र र्याली, छिन्चुमा कोणसभा
- मेची-महाकाली अभियान : पूर्वी टोलीको हरिवन, पश्चिमको कोहलपुरमा विरोध सभा
- राजमो नेतालाई पत्रकारको प्रश्न : भारतीय हस्तक्षेप छोडेर अमेरिकाको विरोध किन गर्नुभएको ?
- ‘नेपाललाई हिन्दुराष्ट्र बनाउन भाजपाले लगानी गरेको कुरा विदेशीले समेत भन्न थाले’
- अमेरिकी साम्राज्यवाद नेपालमा आफ्नै पार्टी बनाएर हस्तक्षेपमा उत्रियो : पुरी
- साम्राज्यवादविरुद्ध ‘मेची-महाकाली अभियान’को टोली बारा र बर्दियामा
- जब देशलाई अप्ठेरो पर्छ, राजमो जनताको बीचमा आउँछ : मनोज भट्ट
- अमेरिकी साम्राज्यवाद आतङ्कवादको मसिहा : अधिकारी
- राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट गाडी दुर्घटनामा घाइते
- चीनलाई घेर्न अमेरिकाले नेपालमा घुसपैठ बढायो : महासचिव भट्ट
- गणतन्त्रको विकल्प प्रतिगमन होइन : अधिकारी
- साम्राज्यवादविरुद्ध राजमोको मेची महाकाली अभियानका दुई टोली धनगढी र पोखरामा
- मेची–महाकाली अभियानको बागलुङ बजारमा उद्घाटन
- अमेरिकी साम्राज्यवादविरुद्ध राजमोको मेची-महाकाली अभियान महेन्द्रनगरबाट सुरु