• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

खबरदारी अभियानको सन्देशः अझै अघि बढ युवा !


  •   बुधबार, माघ २९, २०७६ मा प्रकाशित
  • काठमाडौं । अखिल नेपाल युवक संघले सञ्चालन गरेको ‘भ्रष्टाचार र नागरिकता संशोधन विधेयक विरुद्धको मेची महाकाली खबरदारी अभियान’ को समापन भएको छ । बुधबार झापाको काँकडभिट्टामा कार्यक्रम गरी अभियानको समापन गरिएको हो ।

    Advertisement

    समापन समारोहलाई सम्बोधन गर्दै अखिल नेपाल किसान महासंघका उपाध्यक्ष चन्द्र बहादुर केसीले देशभरका भ्रष्टाचारीहरुको मुटुमा युवक संघले ढ्यांग्रो ठटाउन सफल भएको बताउनुभयो । उहाँले राष्ट्रियता विरुद्ध षडयन्त्र गर्नेहरुलाई युवाहरुको खबरदारीले तर्साएको उल्लेख गर्दै नागरिकता विधेयक मार्फत नेपाललाई सिक्किमीकरण गर्ने प्रयास नेपाली युवाले सफल हुन नदिने बताउनुभयो ।

    उपाध्यक्ष केसीले संसदबाट एमसीसी पास भए नेपालमा अमेरिकी सेनाले परेड खेल्ने भन्दै राष्ट्रियता रक्षाका लागि अझ उच्चस्तरको संघर्ष आवश्यकता औंल्याउनुभयो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै अखिल नेपाल युवक संघका अध्यक्ष अनिलकिशोर घिमिरेले भ्रष्टाचार विरुद्ध युवक संघले देशब्यापी जागरण पैदा गर्न सफल भएको बताउनुभयो । २२ वटा जिल्लाका ६३ स्थानमा सभा गरिएको अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।

    कार्यक्रमको समापनपछि युगदर्शनलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष घिमिरेले भन्नुभयो, ‘यो अभियान सोचेजस्तै सफल भएको छ। हरेक ठाउँमा हामीलाई जनताले स्वतःस्फुर्त रुपमा स्वागत गरे । भ्रष्टाचार विरुद्धको जागरणसँगै राष्ट्रियताप्रति पनि देशब्यापी जागरण पैदा गर्न हामी सफल भयौं ।’

    यस्तै संगठनका उपाध्यक्ष चित्र एमसीले पनि देशब्यापी जागरणसँगै नेकपा (मसाल) को नारा र नीतिलाई जनताका माझ पुर्याउन अभियान सफल भएको प्रतिक्रिया दिनुभयो । यो अभियानको उत्साहजनक सफलतासँगै अझै उच्च प्रकारको संघर्षका कार्यक्रम अघि बढाउन प्रेरणा पैदा भएको उपाध्यक्ष एमसीको भनाई छ।

    महासचिव कृष्ण पाण्डेले युवक संघको अभियानले जनतामा आशा जागेको बताउनुभयो । तपाईंहरु अघि बढ्नुस् हामी साथ दिन्छौं भनेर जनताले भन्ने गरेको स्मरण गर्दै पाण्डेले भन्नुभयो, ‘भ्रष्टाचार विरुद्ध तथा राष्ट्रियता रक्षाका लागि यो अभियानले आन्दोलनको आधार तयार पारेको छ । भ्रष्टाचारलाई निर्मुल पार्न अझै सशक्त ढंगले लाग्नुपर्ने आवश्यकता छ ।’

    युवक संघका कोषाध्यक्ष भिमसेन वनको अध्यक्षतामा सम्पन्न समापन समारोहमा पूर्व अध्यक्ष तिलक थापा, अखिल (छैठौं) का उपाध्यक्ष देवेन्द्र कुवँर र युगदर्शन प्रालिका तर्फबाट हरिकान्त शर्माले सम्बोधन गर्नुभएको थियो ।

    महासचिव कृष्ण पाण्डेले सञ्चालन गर्नुभएको कार्यक्रममा राजमो प्रदेश १ का अध्यक्ष अमृत पाण्डे, उपाध्यक्ष बिशाल पहाडी, युवक संघका उपाध्यक्ष चित्र एमसी, सचिव भक्त विकलगायत नेताहरुको आतिथ्यता रहेको थियो । कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले जनवादी गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

    अभियान अन्तर्गत मंगलबार विराटनगरमा भएको कार्यक्रममा राजमो नताहरु शिव फुयाँल, बबिन राई र युवक संघका सचिव भक्त बिकले सम्बोधन गर्नुभएको थियो ।

    अभियानको सुरुवात माघ १५ गते महेन्द्रनगरबाट गरिएको थियो । मोटरसाइकल यालीसहित सञ्चालन भएको खबरदारी अभियान अन्तर्गत २२ जिल्लामा सभा, कोणसभा, जनभेटघाट, अन्तरक्रिया लगायतका कार्यक्रम गरिएको युवक संघले जनाएको छ ।
    यो पनि पढ्नुहोस्ः

    खबरदारी अभियानको धरानमा सांस्कृतिक सभा

    खबरदारी अभियानप्रति अपार जनसमर्थन, रातिसमेत सभा सञ्चालन

    मधेशमा भब्य स्वागत पाएपछि युवा अभियन्ता भन्छन्, ‘क्षेत्रीयतावाद परास्त भयो’

    बागमती प्रदेशको राजधानीमा युवा अभियन्तालाई नगर परिक्रमा

    चितवन पुग्यो खबरदारी अभियान, स्थानीय जनप्रतिनिधिको पनि साथ

    युवक संघको अभियानले नयाँ पिंढीलाई पार्टीमा आकर्षित गर्छः महामन्त्री सिंह

    नेपालमा समृद्धीको बाधक भ्रष्टाचार: अध्यक्ष घिमिरे

    युवक संघकाे खबरदारी अभियानलाई मसालकाे अभिनन्दन

    युवक संघको खबरदारी अभियानः भ्रष्टाचारीको काम्दैछ मुटु

    खबरदारी अभियानः जनतालाई प्रत्यक्ष छोएको ‘भ्रष्टाचार र नागरिकता’

    कपिलवस्तु पुग्यो खबरदारी अभियान, बौद्धिक वर्गको ध्यान खिच्न सफल

    युवक संघको खबरदारी अभियानलाई ठाउँ-ठाउँमा भब्य स्वागत

    मनोज भट्टको प्रश्नः कालापानी नक्सामा समेटेर भारतले युद्धको घोषणा गरेको हो?

    युवक संघको ‘मेची-महाकाली खबरदारी अभियान’ बुधबार सुरु हुँदै 

    ‘मेची-महाकाली खवरदारी अभियान’ को रुट सार्वजनिक

    बुधबार, माघ २९, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.