• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

युवक संघको खबरदारी अभियानः भ्रष्टाचारीको काम्दैछ मुटु


  •   मङ्गलबार, माघ २१, २०७६ मा प्रकाशित
  • काठमाडौं । अखिल नेपाल युवक संघले सञ्चालन गरेको ‘भ्रष्टाचार र नागरिकता संशोधन विधेयक विरुद्धको मेची-महाकाली खबरदारी अभियान’ रुपन्देही पुगेको छ । भ्रष्टाचारीको मुटुमा ढ्यांग्रो ठोक्ने गरी युवाहरु ठाउँ ठाउँमा गर्जंदै अभियानलाई निरन्तरता दिएका छन् ।

    Advertisement

    अभियान अन्तर्गत मंगलबार बिहान रुपन्देहीको मुर्गियामा कोणसभा सम्पन्न भएको छ । सभालाई प्रदेश नं ५ का सांसद तारा जिसी​ र अखिल नेपाल युवक संघका महासचिव कृष्णराज पाण्डेले सम्बोधन गर्नुभएको छ । कोणसभाको सञ्चालन केन्द्रीय सदस्य बरुणध्वज मल्लले गर्नुभएको छ ।

    यसअघि सोमबार कपिलवस्तुको ४ नं, रुपन्ेहीको गरगरे, हरैया र सालझण्डीलगायतका स्थानमा कोणसभासहित सांस्कृतिक कार्यक्रम र जनभेटघाट गरिएको थियो । ४ नं मा आयोजित सभाको सञ्चालन केन्द्रीय सदस्य डम्बर खड्काले गर्नुभएको थियो भने नेकपा (मसाल) कपिलवस्तुका प्रवक्ता छविलाल गैरे र युवक संघका केन्द्रीय कोषाध्यक्ष भिमसेन वनले सम्बोधन गर्नुभएको थियो ।

    यस्तै, गरगरेमा आयोजित कोणसभालाई केन्द्रीय सचिव भक्त विकले सम्बोधन गर्नुभएको थियो भने सञ्चालन बागलुङ जिल्ला समितिका कोषाध्यक्ष कृष्ण गिरिले गर्नुभएको थियो । हरैयामा आयोजित सभालाई युव संघ ५ नं प्रदेश सदस्य मिना पोखरेलले सञ्चालन गर्नुभएको थियो भने केन्द्रीय अध्यक्ष अनिलकिशोर घिमिरे र राजमो रुपन्देही जिल्ला सदस्य लिलाराम खनालले सम्बोधन गर्नुभएको थियो ।

    यता, रुपन्देहीकै सालझण्डिमा आयोजित सभालाई उपाध्यक्ष चित्र एमसीले सम्बोधन गर्नुभएको थियो भने अर्का उपाध्यक्ष मुकुन्दराज रोकाले सञ्चालन गर्नुभएको थियो ।

    अभियान अन्तर्गत मंगलबार वेलवास, नयाँगाउँ लगायतका स्थानमा सभा गर्दै बुटवल पुग्ने कार्यक्रम छ । अभियान टोलीका सदस्यहरु आजल बुटवलस्थित राष्ट्रिय जनमोर्चाको क्षेत्रीय कार्यालयमा बास बसि भोली पुनः अगाडि बढ्नेछन् । माघ १५ गते महेन्द्रनगरबाट सुरु भएको युवक संघको खबरदारी अभियान माघ २९ गते झापाको काँकडभिट्टासम्म पुग्नेछ ।

    ‘भ्रष्टाचारी थर्कमान्’
    अखिल नेपाल युवक संघको अभियानबाट भ्रष्टाचारीहरु थर्कमान बनेको अभियानका सदस्यहरु बताउँछन् । अखिल नेपाल युवक संघका केन्दीय सचिव प्रशान्त थापाले खासगरी स्थानीय तहमा भइरहेको भ्रष्टाचारका कारण जनता आजित बनेका बताउनुभयो । युवक संघको अभियानले भ्रष्टाचारीहरुलाई थर्कमान बनाएको थापाको भनाई छ ।

    ‘भ्रष्टहरुलाई वनको बाघले नखाएपनि मनको बाघले खाएको छ । उनीहरुको मनमा सँधै डर छ’ सचिव थापाले भन्नुभयो, ‘युवक संघले कहिँ हामीमाथि एक्सन लिन्छ कि भन्ने पीर भ्रष्टहरुमा परेको छ ।’ थापाका अनुसार युवक संघले अहिले भ्रष्टाचार विरोधी अभियान सञ्चालन गरिरहँदा भ्रष्टाचारीहरुबारे पनि सूचना संकलन गरेको छ । प्रमाणसहित भेटिए उनीहरुलाई समातेर अख्तियारमा बुभलाउने योजना बनाइएको नेता थापाले बताउनुभयो ।

    यस्तै, युवक संघका अर्का सचिव भक्त विक पनि अभियानले सरकारी निकायहरुलाई सतर्क बनाएको बताउनुहुन्छ । भ्रषटाचार, नागरिकताको समस्या, एमसीसीलगायतका विषय तत्काल जनतालाई छोएको हुनाले जनताले ध्यान दिएको र सरकारी निकायका मानिसहरु पनि सतर्क बनेको उहाँको भनाई छ ।

    खबरदारीले भ्रष्टाचारीको अनुहार बदलिएको अनुभव सुनाउँदै सचिव विकले युगदर्शनसँग भन्नुभयो, ‘कतिपय सरकारी कार्यालयका कर्मचारीसँग हामीले कुराकानी गरेका छौँ । त्यस क्रममा जसले भ्रष्टाचार गर्ने गरेको छ, उनीहरुको अनुहार बदलिएर कालो हुने गरेको छ ।’
    छोरा नातीलेको समेत अनुहार कालो हुने गरी अनैतिक काम नगर्न ति कर्मचारीलाई आफूहरुले सुझाव दिने गरेको नेता विकले बताउनुभयो ।
    यो पनि पढ्नुहोस्ः

    खबरदारी अभियानः जनतालाई प्रत्यक्ष छोएको ‘भ्रष्टाचार र नागरिकता’

    कपिलवस्तु पुग्यो खबरदारी अभियान, बौद्धिक वर्गको ध्यान खिच्न सफल

    युवक संघको खबरदारी अभियानलाई ठाउँ-ठाउँमा भब्य स्वागत

    मनोज भट्टको प्रश्नः कालापानी नक्सामा समेटेर भारतले युद्धको घोषणा गरेको हो?

    युवक संघको ‘मेची-महाकाली खबरदारी अभियान’ बुधबार सुरु हुँदै 

    ‘मेची-महाकाली खवरदारी अभियान’ को रुट सार्वजनिक

    मङ्गलबार, माघ २१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.