• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

मनोज भट्टको प्रश्नः कालापानी नक्सामा समेटेर भारतले युद्धको घोषणा गरेको हो?


  •   बुधबार, माघ १५, २०७६ मा प्रकाशित
  • महेन्द्रनगर। राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टले राष्ट्रियताका लागि नेपाली जनताले कठोर संघर्ष गर्नुपर्ने बेला आएको बताउनुभएको छ । अखिल नेपाल युवक संघले आजबाट सुरु गरेको ‘भ्रष्टाचार र नागरिकता विधेयक विरुद्धको मेची महाकाली अभियानको महेन्द्रनगरमा उद्घाटन गर्दै नेता भट्टले लिम्पियाधुरादेखि कालापानीसम्म कब्जा गरेर आफ्नो नक्सामा समेट्नु भारतले नेपाल विरुद्ध युद्धको घोषणा गरे सरह भएको बताउनुभयो ।

    Advertisement

    भट्टले भारतले कब्जा गरेको भूमी जुनसुकै उपायवाट भएपनि फिर्ता गरेर आफ्नो अखण्डताको रक्षा गर्न नेपाली जनता तयार हुनुपर्ने बताउनुभयो । सरकारले थालेको कुटनीतिक पहल निकै कमजोर र मालिकसँग याचना गरेजस्तो भएको भन्दै उहाँले आफ्नो भूमीको रक्षाका लागि अन्तर्राष्ट्रिय अदालत जान पनि तयार हुनुपर्ने बताउनुभयो ।

    भट्टले एमसीसी स्वीकार गरेर ओली सरकारले देशलाई साम्राज्यवादी ध्रुवतर्फ लैजान खोजेको आरोप पनि लगाउनुभयो । ‘होलीवाइन, एमसीसी र आइपीसमा संलग्नता तथा बिमस्टेकमा सहभागिता देशलाई अमेरिकी साम्राज्यवादी क्याम्पमा लैजाने प्रयासको पुष्टि गर्छ ।’ भट्टले भन्नुभयो, ‘सरकार नेपालको असंलग्न परराष्ट्र नीति विपरित हिँडिरहेको छ । यसले देशमा साम्रज्यवादी सैनिकको चलखेल हुने सम्भावना बढाएको छ ।’

    भट्टले देश भ्रष्टाचारमा चुर्लुम्म डुबेको भन्दै युवक संघको खबरदारी अभियानले भ्रष्टहरुको मुटुमा ढ्यांग्रो ठोक्ने बताउनुभयो । यस्तै उहाँले धेरैले वेवास्ता गरेको नागरिकता संशोधन विधेयक पास भए नेपाल सिक्किम बन्ने बताउनुभयो ।

    युवक संघका अध्यक्ष अनिलकिशोर घिमिरेको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहको सञ्चालन महासचिव कृष्ण पाण्डे तथा स्वागत स्वागत उपाध्यक्ष चित्र एमसीले गर्नुभएको थियो ।

    कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य हरिकृष्ण पाण्डे, राजमो केन्द्रीय सदस्य नन्दराज भट्ट, युवक संघका उपाध्यक्ष मुकुन्दराज रोक्का र सचिव भक्त बिक र प्रशान्त थापा, तराई मधेश जनवादी मोर्चाका महासचिव राजाराम चौधरी, राजमो कञ्चनपुरका अध्यक्ष राम बहादुर कार्की, नेकपा (मसाल) कञ्नपुरका प्रवक्ता लक्ष्मिदत्त बडु, अखिल (छैठौं) का केन्द्रीय सदस्य हेमराज भट्ट, सुकुम्बासी संघका सुप संयोजक लालहादुर कुवँर, राजमो कैलालीका सचिव जगत जोशी लगायत नेताहरुले सफलताको शुभकामना दिनुभएको थियो ।

    कार्यक्रममा युवक संघ कञ्चनपुरका अध्यक्ष अमिर कुवँर, कैलाली अध्यक्ष रामकृष्ण रेग्मी, प्रदेश सचिव कृण बिक ट्रेड युनियनका सुप संयोजक जनक कुवँरलगायतको आतिथ्यता रहेको थियो ।

    आजबाट सुरु भएको मोटरसाईकल यात्रा तराईका विभिन्न जिल्लामा कार्यक्रम गर्दै माघ २९ गते काँकडभिट्ट पुग्ने छ । आज महेन्द्रनगरबाट कञ्चनपुरको बेलौरी हुँदै धनगढीबाट टोली अत्तरिया पुग्नेछ । राजमो केन्द्रीय सदस्य एवं सुदूरपश्चिम इन्चार्ज भट्टले टोली नेता एवं युवक संघ अध्यक्ष अनिलकिशोर घिमिरेलाई राष्ट्रिय झण्डा र संगठनको झण्डा हस्तान्तरण गरी अभियानको शुभारम्भ गर्नुभएको थियो ।

    यो पनि पढ्नुहोस्ः

     युवक संघको ‘मेची-महाकाली खबरदारी अभियान’ बुधबार सुरु हुँदै 

    ‘मेची-महाकाली खवरदारी अभियान’ को रुट सार्वजनिक

    बुधबार, माघ १५, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.