• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

‘मेची-महाकाली खवरदारी अभियान’ को रुट सार्वजनिक

"यस्ता छन् युवक संघको राष्ट्रिय परिषद बैठकका निर्णय "

  •   बिहिबार, पुष १०, २०७६ मा प्रकाशित
  • अखिल नेपाल युवक संघको हालै सम्पन्न राष्ट्रिय परिषद बैठकले भ्रष्टाचार र नागरिकता ऐन संशोधन विधेयक विरुद्ध ‘मेची महाकाली खबरदारी अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ । संघले जारी गरेका वक्तव्यमा अभियानका रुट तथा कार्यक्रम सार्वजनिक गरिएको छ ।

    Advertisement

    अध्यक्ष अनिलकिशोर घिमिरेका अनुसार माघ १५ गते कञ्चनपुरको महेन्द्रनगरबाट सुरु हुने अभियान २९ गते झापाको काँकडभिट्टामा समापन हुनेछ । कार्यक्रम मोटरसाइकल यात्राका साथ गरिनेछ ।

    अभियानको रुट तथा कार्यक्रम यस्तो छ,
    माघ १५ गते- महेन्द्रनगरमा कार्यक्रमको उद्घाटन, बेलौरीमा जनभेटघाट र कोणसभा, धनगढीमा भेटघाट, अत्तरियामा सांस्कृतिक सभा र बास
    १६ गते- लम्की, भुरिगाउँ, नेपालगञ्जमा कोणसभा, जनभेटघाट गर्दै कोहलपुरमा बास
    १७ गते- शमसेरगञ्ज, कुसुम, अमेलिया, तुल्सीपुर कायक्रम गर्दै घोराहीमा बास
    १८ गते- घोराही पत्रकार भेटघाट, लमही, लालमटियामा कोणसभा, जनभेटघाट गर्दै भालुवाङमा सांस्कृतिक सभा र बास
    १९ गते- चन्द्रौटा, गोरुसिङे सभा, प्रचारप्रसार गर्दै चार नम्बर बास
    २० गते- चार नम्बर कार्यक्रम, पिपरा, सालझण्डी प्रचारप्रसार गर्दै हरैया भेटघाट र बास
    २१ गते- मुर्गिया, नयाँगाउ, बेलबास कोणसभा गर्दै बुटवल कार्यक्रम र बास
    २२ गते- सुनवल, परासी, बर्दघाट, कार्यक्रम गर्दै सोह्र नम्बर जनभेटघाट र बास
    २३ गते- गैंडाकोट जनभेटघाट, नारायणघाट सांस्कृतिक सभा र टाँडीमा बास
    २४ गते- हेटौंडा कोणसभा, प्रचारप्रसार गर्दै सिमरा सांस्कृतिक सभा र बास
    २५ गते- निजगढ, चन्द्रनिगाहपुर कार्यक्रम गर्दै रौतहट बास
    २६ गते- सर्लाही, महोत्तरी, धनुषा, सिराहा प्रचारप्रचार गर्दै सप्तरी बास
    २७ गते- इटहरी, धरान, विराटनगर कार्यक्रम र इटहरी बास
    २८ गते- दमक प्रचारप्रचार, बिर्तामोड सांस्कृतिक सभासहित बास
    २९ गते- काकडभित्ता प्रचारप्रचार, सभासहित समापन

    १८ बुँदे बिशेष प्रस्ताव पारित
    राष्ट्रिय परिषदले १८ बुँदे बिशेष प्रस्ताव पनि पारित गरेको छ । बैठक पछि अध्यक्ष अनिलकिशिोर घिमिरेद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘भारतले नेपालको कालापानी, लिपुलेक लिम्पियाधुरालाई आफ्नो नक्शामा राखेको प्रति घोर निन्दा गर्दै तुरुन्त सच्चाउन माग गरेको छ । अमेरिकी साम्राज्यवाद र त्यसैको कुनियतका साथ इन्डोप्यासिफिक गठबन्धन भएको रइन्डोप्यासिफिक रणनितीकै अगंको रुपमा एमसीसी (मिलिनियम च्यालेन्ज कर्पोरेशन) आएको छ । यसलाई संसदबाट अनुमोदन गर्ने प्रयत्न भएको छ । भारतीयले सार्कलाई कमजोर बनाउन र विमस्टेकलाई अगाडि सारेर त्यसैद्वारा एसियाका मुलुकहरुमा प्रभुत्व जमाउने रणनीति ल्याएको छ ।’

    यसैगरी राष्ट्रियता, युवा अधिकार, युवाहरुको दायित्व, भ्रष्टाचारको अन्त्य, संघीयताको बिरोध, राष्ट्रघाती नागरिकता नीतिको बिरोध,स्थानीय निकायको अधिकार र पारदर्शिता, सार्बजनिक जग्गा अतिक्रमणको बिरोध, सर्बसुलभ शिक्षाको माग, मौलिक अधिकारहरुको ग्यारेन्टी , समाजबादी कार्यक्रमको लागी दबाब दिने लगायतका बिशेष प्रस्ताबहरु पारित गरिएको छ ।

    यस्तै, परिषद बैठकले राष्ट्रिय जनमोर्चाले फागुनमा सञ्चालन गर्ने बिशेष अभियान, अखिल (छैठौं) ले आयोजना गरेको काठमाडौं केन्द्रित कार्यक्रम लगाएत अन्य जनवर्गीय संगठनले आयोजना गरेका कार्यक्रमहरुलाई सहयोग गर्ने निर्णय गरेको छ । संगठनले बैशाख महिनामा नवयुवा गर्जन प्रकाशन गर्ने र जेष्ठ महिनाम बिशेष संगठनात्मक अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

    युवक संघको राष्ट्रिय परिषद अगाडि बसेको केन्द्रीय समितिको बैठकले रिक्त रहेका स्थायी परिषद सदस्यहरुमा पदपुर्ति गरेको छ । जसमा कुबेर भण्डारी (प्यूठान), टिकाराम आचार्य (प्यूठान), दशरथ सुबेदी (कञ्चनपूर), लोकबहादुर छत्याल (डडेलधुरा), अनिल गिरी (बाग्लुङ), बिरबहादुर केसी (प्यूठान), हरि सर्तुङी (गुल्मी), (विकाश भूसाल (काठमाडौं) र कृष्ण बिक (कैलाली) रहनुभएको छ ।

    युवक संघको सातौं राष्ट्रिय सम्मेलन पछिको पहिलो राष्ट्रिय परिषद् बैठक यही पौष ७ र ८ गते धनगढीमा सम्पन्न भएको हो ।

    बिहिबार, पुष १०, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.