• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

युवक संघकाे खबरदारी अभियानलाई मसालकाे अभिनन्दन


  •   मङ्गलबार, माघ २१, २०७६ मा प्रकाशित
  • काठमाडाै‌ं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले अखिल नेपाल युवक संघले सञ्चालन गरेकाे भ्रष्टाचार र नागरिकता संशाेधन विधेयक विरुद्धकाे खबरदारी अभियानलाई स्वागत गरेकाे छ । मंगलबार महामन्त्री माेहनविक्रम सिंहले वक्तव्य प्रकासित गरी युवाहरुकाे कदमलाई अभिनन्दन गर्नुभएकाे हाे ।

    Advertisement

    युवक संघको उक्त कार्यक्रममा जनताको व्यापक समर्थन प्राप्त भएको उल्लेख गर्दै महामन्त्री सिंहले त्यसले देशमा सरकारको राष्ट्रघाती नागरिकता नीति र भ्रष्टाचार समेतका विरुद्ध जनतामा व्यापक असन्तोष र जनमत भएको स्पष्ट पारेकाे बताउनुभएकाे छ । मसालले ति विषयहरूमा आन्दोलनलाई अरू उच्च र व्यापक रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता जाेड दिएकाे छ ।

    यस्ताे छ महामन्त्री सिंहकाे वक्तव्य
    सरकारले अपनाएको उदार र राष्ट्रघाती नागरिकतासम्बन्धी नीतिका कारणले देशको राष्ट्रियतामा नै गम्भीर आँच पुगिरहेको छ । त्यसले गर्दा ठूलो सङ्ख्यामा विदेशी, खास गरी भारतीयहरू नेपालको नागरिक बन्दै जाने र त्यसरी देशमा नेपालीभन्दा विदेशीहरू बहुसङ्ख्यक बन्दै जाने स्थितिको सृजना हुँदै गइरहेको छ । त्यसको परिणाम स्वरूप नेपाल सिक्किम बन्ने गम्भीर खतरा समेत बढ्दै गइरहेको छ । त्यो अवस्थामा त्यसप्रकारको उदार र राष्ट्रघाती नागरिकतासम्बन्धी नीतिका विरुद्ध संघर्ष राष्ट्रिय आवश्यकता भएको छ । त्यसै गरेर देशमा बढ्दै गइरहेको भ्रष्टचार पनि एउटा गम्भीर समस्या भएको छ र त्यसका विरुद्ध पनि व्यापक राष्ट्रिय संघर्षको आवश्यकता छ ।

    उक्त दुवै विषयहरूलाई लिएर अखिल नेपाल युवक संघले महेन्द्रनगरदेखि झापासम्म मोटरसाइकल मार्चको कार्यक्रम बनाएको छ । त्यस सिलसिलामा अहिलेसम्म देशका कैयौँ भागहरूमा सभा सहित विभिन्न कार्यक्रमहरू सम्पन्न गर्दै त्यो मार्च बुटवल आइपुगेको छ र बुटवलमा पनि कैयौँ कार्यक्रमहरू सम्पन्न भएका छन् । भोलीदेखि त्यो कार्यक्रम पूर्वतिर बढ्ने छ ।

    युवक संघको उक्त कार्यक्रममा जनताको व्यापक समर्थन प्राप्त भएको छ । त्यसले देशमा सरकारको राष्ट्रघाती नागरिकता नीति र भ्रष्टाचार समेतका विरुद्ध जनतामा व्यापक असन्तोष र जनमत भएको कुरालाई बताउँछ । वास्तवमा उक्त विषयहरूमा आन्दोलनलाई अरू उच्च र व्यापक रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता छ ।

    वास्तवमा आज देश गम्भीर संकटको मुखबाट गुज्रीरहेको छ । गणतन्त्र, राष्ट्रिय र धर्मनिरपेक्षता विरुद्ध विभिन्न देशी वा विदेशी प्रतिगामी शक्तिहरूले चौतर्फी रूपमा हमला गरिरहेका छन् । त्यसका साथै संघीयता पनि देशका लागि एउटा गम्भीर खतरा बनेको छ । मजदुर, किसान, महिला, जनजाति, दलित आदिका समस्याहरू पनि गम्भीर बन्दै गइरहेका छन् र उनीहरू देशव्यापी रूपमा नै पीडित हुनु परिरहेको छ । विकास कुण्ठित हुँदै गइरहेको छ । उक्त सबै विषयहरूमा जनतालाई व्यापक रूपमा जागृत, संगठित र आन्दोलित गर्नुपर्ने आवश्यकता छ । ने.क.पा. (मसाल)ले उक्त सबै विषयहरूमा आन्दोलन संगठित गर्ने नीति अपनाएको छ र विभिन्न बैधानिक मोर्चा वा जनवर्गीय संगठनहरूले त्यो आन्दोलनलाई अगाडि बढाउन संगठित र योजनावद्ध प्रकारले पहलकदमी गरिरहेका छन् ।

    अन्तमा युवक संघको मार्चलाई अभिनन्दन गर्दै त्यसको भव्य सफलताको कामना गर्दछौँ ।

    मङ्गलबार, माघ २१, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय
    वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी
    राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
    शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन
    विदेशबाट फर्किएका युवा भेडापालनमा
    जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.