• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

नेप्से परिसूचक बढ्यो

जलवायु जोखिम निगरानीका लागि नेपालले राख्यो सहकार्यको प्रस्ताव

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

युवक संघको अभियानले नयाँ पिंढीलाई पार्टीमा आकर्षित गर्छः महामन्त्री सिंह


  •   बुधबार, माघ २२, २०७६ मा प्रकाशित
  • बुटवल । नेपाल कम्युनिष्ट पार्टीका महामन्त्री मोहनविक्रम सिंह ‘मेची–महाकाली खबरदारी अभियानमा सहभागी युवाहरुलाई प्रोत्साहन दिन बुटवल पुग्नुभएको छ । त्यस क्रममा महामन्त्री सिंहले अखिल नेपाल युवक संघले सञ्चालन गरेको खबरदारी अभियानले नयाँ युवा पुस्तालाई पार्टीप्रति आकर्षित गर्न मद्दत गर्ने बताउनुभयो ।

    Advertisement

    युवाहरुको अभियानलाई अभिनन्दन गर्दै सिंहले युवक संघले सञ्चालन गरेको ‘भ्रष्टाचार र नागरिकता संशोधन विधेयक विरुद्धको खबरदारी अभियानले राष्ट्रिय महत्व राख्ने पनि बताउनुभयो । बुधबार बुटवलमा युवाहरुलाई प्रशिक्षण दिँदै महामन्त्री सिंहले खबरदारी अभियानले देशको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डता जोगाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।

    महामन्त्री सिंहले भन्नुभयो, ‘अहिले देशमा भ्रष्टाचार संस्थागत रुपमा बढेको छ । राष्ट्रियतामाथि नयाँ नयाँ संकटहरु बढ्दै गएका छन् । नागरिकता विधेयकले गैर नेपालीलाई ठुलो संख्यामा नेपालको नागरिकता दिएर नेपालीलाई नै अल्पमतमा पार्ने सम्भावना देखिएको छ । सीमा अतिक्रमण भइरहेको छ । यस्तो अवस्थामा तपाई (युवाहरु) ले सञ्चालन गरेको खबरदारी अभियानको राष्ट्रिय महत्व छ ।’

    अभियान टोली मंगलबार साँझ बुटवल पुगेको हो । बुटवलस्थित राष्ट्रिय जनमोर्चाका क्षेत्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा महामन्त्री सिंहसँग अभियन्ताहरुले भेटघाट गरेका थिए । त्यस क्रममा सिंहले युवाहरुको अनुभव सुन्नुभएको थियो ।

    बुटवलबाट अघि बढेको अभियान टोलीलाई बुधबार नबलपरासीमा स्वागत गरिएको थियो । त्यसपछि सुनवलमा आयोजित कोणसभामा राजमो नेता कृष्ण पौडेल र युवक संघका सचिव भक्त बिकले सम्बोधन गर्नुभएको थियो भने सञ्चाचालन कोषाध्यक्ष भिमसेन वनले गर्नुभयो । यता, परासीमा आयोजित सभामा राजमो नेता उतम खरेलले सम्बोधन गर्नुभयो । सभाको सञ्चालन युवक संघका केन्द्रीय सदस्य बरुणध्वज मल्लले गर्नुभयो । यस्तै, बर्दघाटमा आयोजित कोणसभालाई रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष रेम रानाले सम्बोधन गर्नुभयो भने सञ्चालन डम्बर खड्काले गर्नुभयो ।

    आजै दुम्किबासमा अर्को कोणसभा भएको छ । सभामा राजमो नवलपुरका उपाध्यक्ष बिक्रम चैधरीले सम्बोधन गर्नुभयो भन सञ्चालन भिमसेन वनले गर्नुभयो । यसैगरी काबासोतीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राजमोका पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारीले खबरदारी अभियानमा संलग्न युवाहरुले देशको सबैभन्दा ठुलो रोग भ्रष्टाचार र राष्ट्रियताको समस्या विरुद्ध जुधेर ऐतिहासिक काम गरेको बताउनुभएको थियो । कार्यक्रममा राजमो नवलपुरका अध्यक्ष दिपक पाण्डे र युवक संघका उपाध्यक्ष चित्र एमसीले पनि सम्बोधन गर्नुभएको कार्यक्रमको सञ्चालन युबक संघका केन्द्रीय सदस्य बिक्रम थापाले गर्नुभएको थियो ।

    यो पनि पढ्नुहोस्ः

    नेपालमा समृद्धीको बाधक भ्रष्टाचार: अध्यक्ष घिमिरे

    युवक संघकाे खबरदारी अभियानलाई मसालकाे अभिनन्दन

    युवक संघको खबरदारी अभियानः भ्रष्टाचारीको काम्दैछ मुटु

    खबरदारी अभियानः जनतालाई प्रत्यक्ष छोएको ‘भ्रष्टाचार र नागरिकता’

    कपिलवस्तु पुग्यो खबरदारी अभियान, बौद्धिक वर्गको ध्यान खिच्न सफल

    युवक संघको खबरदारी अभियानलाई ठाउँ-ठाउँमा भब्य स्वागत

    मनोज भट्टको प्रश्नः कालापानी नक्सामा समेटेर भारतले युद्धको घोषणा गरेको हो?

    युवक संघको ‘मेची-महाकाली खबरदारी अभियान’ बुधबार सुरु हुँदै 

    ‘मेची-महाकाली खवरदारी अभियान’ को रुट सार्वजनिक

    बुधबार, माघ २२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य
    ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने
    माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी
    शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति
    भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु
    बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

    • २.
      ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

    • ३.
      माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

    • ४.
      स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

    • ५.
      शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

    • ६.
      भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

    • ७.
      बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

    • ८.
      नेप्से परिसूचक बढ्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.