• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

अमेरिकी साम्राज्यवाद आतङ्कवादको मसिहा : अधिकारी


  •   बुधबार, जेठ ०३, २०८० मा प्रकाशित
  • भरतपुर । राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सदस्य कृष्ण अधिकारीले अमेरिकी साम्राज्यवाद आतङ्कवादको मसिहा भएको बताउनुभएको छ ।

    Advertisement

    अमेरिकी साम्राज्यवादको विरुद्धमा राजमोले सञ्चालन गरेको पूर्वी टोलीद्वारा २०८० जेठ ३ गते बुधबार चितवनको भरतपुरको मालपोतचोकमा आयोजित सभालाई सम्बोधन गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    ‘पुँजीवादीहरूले अमेरिकी साम्राज्यवादलाई प्रजातन्त्रको मसिहा भन्दछन्’ उहाँले भन्नुभयो– ‘तर हामी त्यो कुरा मान्दैनौँ । हामी भन्छौँ, अमेरिकी साम्राज्यवाद प्रजातन्त्रको होइन, आतङ्कवादको मसिहा हो ।’

    उहाँले अमेरिकी साम्राज्यवाद विश्वशान्तिको एक नम्बर दुस्मन भएको पनि दाबी गर्नुभयो ।

    ‘अमेरिकी साम्राज्यवाद विश्वशान्तिको एक नम्बर दुस्मन हो’ नेता अधिकारीको भनाइ थियो– ‘विश्वलाई थाहा छ, जहाँ जहाँ अमेरिकी साम्राज्यवाद प्रवेश गरेको छ, त्यहाँ त्यहाँको शान्तिव्यवस्था खतम भएको छ ।’

    उहाँले इराक, अफगानिस्तान हुँदै अहिले युक्रेनसम्म आउँदा अमेरिकी साम्राज्यवादको भूमिका आतङ्कवादलाई प्रश्रय दिने रहेको उहाँको भनाइ थियो ।

    ‘युक्रेन मामिला अमेरिकाले उक्साएका कारण अगाडि आएको छ’ उहाँले भन्नुभयो– ‘रुसी महासङ्घबाट अलग हुने देश नेटोको सदस्य नबन्ने सम्झौता विपरीत युक्रेनलाई नेटोमा सामेल गर्न खोजिएकाले युक्रेनमाथि रुसले आक्रमण गरेको सत्य हो ।’

    मन्तव्यको क्रममा नेता अधिकारी हिन्दप्रसान्त क्षेत्रमा चीनलाई घेराबन्दी गर्न अमेरिकाले नेपाललाई उक्साइरहेको आरोप लगाउनुभयो ।

    ‘पछिल्लो समयमा चीन विश्व महाशक्तिको रूपमा अगाडि आएको छ’ उहाँले भन्नुभयो– ‘चीनको विरुद्ध दक्षिण एसियाका भारत र नेपाललाई प्रयोग गर्ने कोसिसमा अमेरिकी साम्राज्यवाद छ ।’

    उहाँले भारतको विदेशनीति नेपालको तुलनामा स्वतन्त्र भएको तर नेपालको परराष्ट्रनीति एकदम कमजोर भएको उहाँको विश्लेषण थियो ।

    ‘अमेरिकी साम्राज्यवादले चीनको विरुद्धमा हिन्दप्रसान्त रणनीतिअनुसार नेपालमा एमसिसी जबर्जस्ती पारित गर्न सफलता प्राप्त गरिसकेको छ । एसपिपी पारित गर्न पनि खोजिएकै हो’ उहाँले भन्नुभयो– ‘अब कथित राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरी अमेरिकी नागरिक रवि लामिछानेलाई गृहमन्त्रीसम्म बनाएबाट प्रष्ट हुन्छ, नेपालमा अमेरिकी साम्राज्यवादको हस्तक्षेप प्रत्यक्ष रूपमा नै अगाडि आएको छ ।’

    उहाँले अमेरिकी साम्राज्यवादको पछिल्लो हस्तक्षेपकारी भूमिकाबारे नेपाली जनता बेलैमा प्रष्ट हुनुपर्ने अन्यथा नेपाल अफगानिस्तान, इराक र युक्रेनको नियतीबाट गुज्रिनुपर्ने चेतावनी दिनुभयो ।

    कार्यक्रममा राजमो केन्द्रीय सदस्य डम्मर पुरी पनि मन्तव्य राख्नुभएको थियो ।

    राजमो चितवनका उपाध्यक्ष अमर क्षेत्रीको अध्यक्षतामा अघि बढेको उक्त सभाको सञ्चालन राजमो नेता नारायण चालिसेले तथा

    स्वागत मन्तव्य अखिल नेपाल महिला सङ्घकी बालकुमारी आचार्यले गर्नुभएको थियो ।

    सभाको बिच बिचमा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले आफ्ना प्रस्तुति दिनुभएको थियो ।

    नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा पर्चा वितरण र कोणसभा
    जेठ २ गते कास्की, तनहुँ हुँदै चितवन प्रवेश गरेको सो टोली बिहानैदेखि कार्यक्रममा व्यस्त रहेको थियो ।

    त्यस क्रममा बिहान ७ बजे गैँडाकोट–१३ बेल्डियामा पर्चा वितरण तथा कोणसभा सम्पन्न गरेको थियो । त्यहाँ अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्ष गणेश अधिकारीले मन्तव्य राख्नुभएको थियो ।

    बिहान ८ बजे सोही जिल्लाको गैँडाकोट नगरपालिका–१२ मा पर्चा वितरण तथा कोणसभा सम्पन्न भएको थियो । कोणसभालाई अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का महासचिव शालिकराम सापकोटा र राजमो केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष दीपक पाण्डेले मन्तव्य राख्नुभएको थियो ।

    सोही समयमा गैँडाकोट–१० भैसखरीमा पनि पर्चा वितरण तथा कोणसभा सम्पन्न भएको थियो । कोणसभालाई अखिल नेपाल शिक्षक सङ्घकी खिलोश्वरी धिताले मन्तव्य राख्नुभएको थियो ।

    त्यस्तै, बिहान १२ बजे गैँडाकोट–५ काङ्ग्रेसचोकमा पनि पर्चा वितरण गरिएको थियो ।

    दिउसो १२ बजे गैँडाकोट—२ भृकुटीचोकमा पर्चा वितरण तथा कोणसभा सम्पन्न भएको थियो । त्यहाँको कोणसभालाई राजमो नेता होमनाथ पराजुलीले सम्बोधन गर्नुभएको थियो ।

    चितवनमा कार्यक्रमको निरन्तरता
    टोलीले दिउसो चितवनको भरतपुर मालपोतचोकको कार्यक्रमपछि ३ बजे रत्ननगर नगरपालिका–२ टाँडीमा पर्चा वितरण तथा कोणसभा सम्पन्न गरेको थियो । कोणसभामा राजमो केन्द्रीय सदस्य डम्मर पुरीले मन्तव्य राख्नुभएको थियो ।

    साँझ ४ बजे खैरहनी नगरपालिका–८ पर्साचोकमा पनि पर्चा वितरण र कोणसभा सम्पन्न भएको थियो । राजमो नेतृ देवी शर्माको सञ्चालनमा अघि बढेको उक्त कोणसभालाई अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्ष गणेश अधिकारीले मन्तव्य राख्नुभएको थियो ।

    त्यहाँको कार्यक्रमपछि अभियान टोली मकवानपुरको हेटौँडामा पुगेर बास बसेको छ । टोलीले भोलि मकवानपुरको पालुङमा कार्यक्रम गर्ने छ ।

    • राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट गाडी दुर्घटनामा घाइते
    • चीनलाई घेर्न अमेरिकाले नेपालमा घुसपैठ बढायो : महासचिव भट्ट
    • गणतन्त्रको विकल्प प्रतिगमन होइन : अधिकारी
    • साम्राज्यवादविरुद्ध राजमोको मेची महाकाली अभियानका दुई टोली धनगढी र पोखरामा
    • मेची–महाकाली अभियानको बागलुङ बजारमा उद्घाटन
    • अमेरिकी साम्राज्यवादविरुद्ध राजमोको मेची-महाकाली अभियान महेन्द्रनगरबाट सुरु

    बुधबार, जेठ ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • २.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ३.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ४.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ५.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ६.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ७.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ८.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.