तिलक थापा, बागलुङ ।
राष्ट्रिय जनमोर्चा बागलुङ जिल्ला समितिले सञ्चालन गरेको अभियान आज तंग्राम र दगाामा सम्पन्न भएको छ । ‘बिघटित प्रतिनिधि सभा पुर्नस्थापना गर, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचार बिरुद्ध संघर्ष गरौं ।’ भन्ने मुल नाराका साथ सञ्चालित बिशेष संगठनात्मक अभियान तंग्राम र दगामा सम्पन्न भएको हो ।

अभियान अन्तरगत टोली नं. ३ ले बडिगाड गाउँपालिका वडा नं. १ दगामा वडा प्रशिक्षण भेला सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमर थापाले सम्बोधन गर्दै दुई तिहाईको समर्थन प्राप्त सरकारका प्रधानमन्त्रीले आफ्नो स्वार्थ पुरा गर्न असंवैधानिक तरिकाले संसद बिघटन गरेर मुलुकलाई अस्थिरता तिर धकेलेको बताउनु भयो । उहाँले राजनैतिक अस्थिरताले गणतन्त्र र राष्ट्रियता गम्भीर खतरामा परेको बताउदै मुलुकलाई दुर्घटना हुनबाट जोगाउन सघर्ष गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

यसैगरी राष्ट्रिय जनमोर्चा बागलुङका सल्लाहकार गौरीश्वर पाण्डे, नेकपा (मसाल) बागलुङका प्रवक्ता मेक बहादुर पाईजा, जिल्ला सचिव भिमलाल पोखरेल, जिल्ला सदस्य बोम बहादुर थापा, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका सदस्य निम बहादुर भुजेल, अखिल (छैठौं) बागलुङका सदस्य कर्ण नेपालीले पनि सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा अखिल नेपाल युवक संघका केन्द्रीय कोषाध्यक्ष भिमसेन वन, अखिल नेपाल महिला संघ बागलुङका सदस्य तथा बडिगाड गाउँ कार्यपालिका सदस्य सोमान्त सलामी, अखिल नेपाल किसान संघ बागलुङका सदस्य ज्ञान बहादुर थापा, अखिल नेपाल युवक संघ बागलुङका जिल्ला सदस्य भिम भुजेल, रक्तिम सांस्कृतिक परिवार बागलुङका पूर्व सहसचिव कुल बहादुर छन्त्याल, राष्ट्रिय जनमोर्चा बडिगाड १ का सदस्य बिमला भुजेल, सल्लाहकार नरिकला वन, स्थानीय नेता धन प्रशाद थापा, कलिराम भुजेल, समाजसेवी सुवाश नेपाली लगायतको आतित्थ्यता रहेको थियो । कार्यक्रम टिका बहादुर भुजेलको अध्यक्षता, अखिल नेपाल युवक संघ बागलुङका कोषाध्यक्ष अनिल गिरीको सञ्चालन र नरेन्द्र घर्तीको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।

टोली नं. २ ले काठेखोला गाउँपालिका वडा नं. ४ तंग्राममा वडा प्रशिक्षण भेला सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा बागलुङका उपाध्यक्ष धर्म बहादुर कुँवर, अतिथिहरु राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तथा अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष तिलक थापा, जिल्ला सचिवालय सदस्य तथा काठेखोला गाउँसमितिका अध्यक्ष लक्ष्मण पुनले प्रशिक्षण मन्तव्य दिनु भएको थियो ।

कार्यक्रममा अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय सदस्य कमला थापा, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका उपाध्यक्ष ओम बहादुर पुन, जातीय समता समाज बागलुङका जिल्ला सदस्य भिम बि।क।, अखिल नेपाल महिला संघ बागलुङका सदस्य बिस्णुकली थापा, अखिल नेपाल किसान संघ बागलुङका सदस्य दिल बहादुर पुन, अखिल नेपाल युवक संघ बागलुङका जिल्ला सदस्य प्रदिप पुन, राष्ट्रिय जनमोर्चा काठेखोलाका सदस्य थम्मन पुन, सिता किसान लगायतको आतित्थ्यता रहेको थियो ।
कार्यक्रम वडा समितिका उपाध्यक्ष थिर बहादुर रानाको अध्यक्षता, पालिका सचिव टिका संगम बिकको सञ्चालन र वडा समिति सचिव सस बहादुर बिकको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।
यो पनि
बिशेष संगठनात्मक अभियान अमलाचौरमा सम्पन्न
राजमो बागलुङको अभियान कुश्मिशेरा र नारायणस्थानमा
राजमो बागलुङको विशेष संगठनात्मक अभियान सर्कुवा र पैँयुपाटामा
बागलुङमा राजमोको विशेष संगठनात्मक अभियान, बिनामारे, हटिया र दर्लिङमा कार्यक्रम
यसरी चल्दैछ बागलुङमा राजमोको विशेष संगठनात्मक अभियान
बिशेष संगठनात्मक अभियान जैदी, हरिचौर र बोबाङमा सम्पन्न
राजमोको बिशेष संगठनात्मक अभियान राङखानी, मल्म र गादीखोलामा
विशेष संगठनात्मक अभियान : राजमाेमा प्रवेशकाे लहर
बागलुङको विशेष संगठनात्मक अभियान धुल्लुबास्कोट र खुङ्गामा
तीब्ररुपमा अगाडि बढ्दै राजमो बागलुङको बिशेष संगठनात्मक अभियान
बागलुङमा जारी विशेष संगठनात्मक अभियान सुखाैरा र झिम्पामा
राष्ट्रिय जनमोर्चा बागलुङले तय गर्यो जिल्लाब्यापी संगठनात्मक अभिया