तिलक थापा, बागलुङ ।
राष्ट्रिय जनमोर्चा बागलुङले ‘बिघटित प्रतिनिधि सभा पुर्नस्थापना गर, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचार बिरुद्ध संघर्ष गरौं ।’ भन्ने मुल नाराका साथ सञ्चालित बिशेष संगठनात्मक अभियान पौष २१ गते पैयुथन्थाप, दुदिलाभाटी र घोसाखानीमा सम्पन्न भएको छ ।
कार्यक्रम अन्तरगत टोली नं.१ जैमिनी नगरपालिका वडा नं. ९ को बिजुवामा वडा प्रशिक्षण भेला सम्पन्न गरेको हो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगानाले संसद बिघटन सँगै राजनैतिक अस्थिरता उत्पन्न भएको बताउनु भयो । उहाँले सरकार र आफ्नो गुट बचाउनका लागि मन्त्री पद सँग नेता तथा सांसदहरु खरिद गरिनु अत्यन्तै दुखद र लज्जास्पद भएको बताउदै राजनैतिक स्थायित्वका लागि संसद पुर्नस्थापना गरिनुको बिकल्प नरहेको बताउनु भयो।
कार्यक्रममा जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तथा अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष तिलक थापा, अखिल नेपाल जनजाती सम्मेलनका पूर्व केन्द्रीय सल्लाहकार नर बहादुर पुनले पनि सम्बोधन गर्नुभएको थियो ।

त्यस्तै, राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य तथा बरेङ गाउँ समितिका अध्यक्ष हिरा बहादुर थापा, अखिल नेपाल युवक संघ बागलुङका उपाध्यक्ष कृष्णराज शर्मा सञ्जाल, जैमिनी वडा नं. ९ का सदस्य शान्तकला शर्मा, बिष्णुकली दर्जी, नबिन थापा, अखिल नेपाल महिला संघ जैमिनी नगर अध्यक्ष टिका थापा पुन, अखिल नेपाल युवक संघ पैयुथन्थापका अध्यक्ष बिर बहादुर थापा, राष्ट्रिय जनमोर्चा पैयुथन्थापका सदस्य राम प्रशाद पौडेल, सल्लाहकार दिपेन्द्र थापा लगायतको आतित्थ्यता रहेको थियो ।

वडा समितिका अध्यक्ष तथा वडा नं.९ का वडा अध्यक्ष बिरेन्द्र थापाको अध्यक्षता, वडा समितिका सचिव मेगराज शर्माको सञ्चालन र थुम बहादुर जिएमको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाली काँग्रेस परित्याग गरी राष्ट्रिय जनमोर्चा प्रबेश गर्ने पैयुथन्थापका दिनेश मल्ल, तिलक उचै, सुरज परियार, सन्तोस थापा, किरण थापा, टिका थापा, बल बहादुर थापा लगायतका नवप्रबेसीहरुलाई प्रमुख अतिथि राजेन्द्र ढुङगानाले अबिर लगाएर स्वागत गर्नु भएको थियो ।

त्यस्तै, टोली नं.२ ले गलकोट नगरपालिका वडा नं. १, दुदिलाभाटीको भाटीबजारमा वडा प्रशिक्षण भेला सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका बागलुङका अध्यक्ष अमर थापा, अतिथिहरुमा उपाध्यक्ष धर्म बहादुर कुँवर, सचिव भिमलाल पोखरेल, जिल्ला सल्लाहकार बेदीलाल सापकोटा, अखिल नेपाल किसान संघ बागलुङका अध्यक्ष नेत्र बुढाथोकी, अखिल नेपाल राष्ट्रिय ब्यापार संघ बागलुङका अध्यक्ष पदम श्रेष्ठ, राष्ट्रिय जनमोर्चा गलकोटका अध्यक्ष टंक बहादुर केसी, अखिल नेपाल महिला संघ दुदिलाभाटीका अध्यक्ष हरिमाया सुवेदी, अखिल नेपाल शिक्षक संघ बागलुङका सदस्य भिम प्रशाद पुनले मन्तव्य राख्नु भएको थियो । कार्यक्रम तिल बहादुर गुरुङको अध्यक्षता, पुर्ण बहादुर खत्रीको सञ्चालन र क्याप्टेन लिल बहादुर खत्रीको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।

यसैगरी टोली नं. ३ ले ढोरपाटन नगरपालिका वडा नं. ३ को घोसाखानीमा वडा प्रशिक्षण भेला सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारी, अतिथि जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तथा जिल्ला सल्लाहकार गौरीश्वर पाण्डे, अखिल नेपाल युवक संघका केन्द्रीय कोषाध्यक्ष भिमसेन वन, राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य तथा ढोरपाटन नगर अध्यक्ष दिपक थापा, राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य केश कुमारी बुढा, राष्ट्रिय जनमोर्चा ढोरपाटनका सदस्य कुल बहादुर छन्त्यालले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा वडा सदस्य बल बहादुर पुन लगायतको आतित्थ्यता रहेको थियो । कार्यक्रम वडा समितिका अध्यक्ष हिरा बहादुर खत्रीको अध्यक्षता, रेशम सापकोटाको सञ्चालन र जातीय समता समाज बागलुङका अध्यक्ष नर बहादुर सुनारको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।
यो पनि
बागलुङको विशेष संगठनात्मक अभियान धुल्लुबास्कोट र खुङ्गामा
तीब्ररुपमा अगाडि बढ्दै राजमो बागलुङको बिशेष संगठनात्मक अभियान
बागलुङमा जारी विशेष संगठनात्मक अभियान सुखाैरा र झिम्पामा
राष्ट्रिय जनमोर्चा बागलुङले तय गर्यो जिल्लाब्यापी संगठनात्मक अभिया