तिलक थापा/बागलुङ बजार ।
राष्ट्रिय जनमोर्चा बागलुङले ‘विघटित प्रतिनिधि सभा पुनः स्थपना गर, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौँ, सङ्घीयता र भ्रष्टाचार विरुद्ध सङ्घर्ष गरौं’ मूल नाराका साथ सञ्चालित विशेष सङ्गठनात्मक अभियान २०७७ पौष २० गते धुल्लुबास्कोट र खुङ्गामा पुगेको छ । कार्यक्रमअन्तर्गत टोली नं. १ ले बरेङ गाउँपालिका वडा नं. १ को लिउवामा वडास्तरीय प्रशिक्षण भेला सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङ्गानाले सो अवसरमा देश सङ्कटमा पर्दा देश र जनतालाई जोगाउने जिम्मेवारी हाम्रो काँधमा आएको बताउनुभयो । नेपाली जनताले कुनै पनि निरङ्कुशता स्वीकार नगरेको इतिहास स्मरण गर्दै उहाँले प्रधानमन्त्री ओली असंवैधानिक कदमबाट निरङकुश बन्न खोजेको हो भने उनको हालत पनि हिजोका राजाको जस्तै हुने ठोकुवा गर्नुभयो ।

कार्यक्रममा राजमोका राष्ट्रिय परिषद् सदस्य तथा अखिल नेपाल युवक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष तिलक थापा, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सल्लाहकार नरबहादुर पुन, राष्ट्रिय जनमोर्चा बागलुङका सचिवालय सदस्य तथा बरेङ गाउँपालिका अध्यक्ष कृष्ण पौडेल, राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य तथा बरेङ गाउँ समितिका अध्यक्ष हिराबहादुर थापाले पनि मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य तथा जैमिनी नगर समितिका अध्यक्ष दिलबहादुर श्रीस, अखिल नेपाल शिक्षक सङ्घका केन्द्रीय सचिव कृष्ण आचार्य, रक्तिम सांस्कृतिक अभियान बागलुङका अध्यक्ष दानबहादुर थापा, अखिल नेपाल युवक सङ्घ बागलुङका उपाध्यक्ष कृष्णराज शर्मा सञ्जाल, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका सदस्य तथा बरेङ वडा नं. १ का वडाध्यक्ष नरसिंह पुन, सर्वोदय क्याम्पसका प्रमुख फूलकुमारी शर्मा, बरेङ गाउँकार्यपालिका सदस्य गङ्गा क्षेत्री सुनार, वडासदस्य विष्णुमाया मगर्नी, छत्रबहादुर थापा लगायतको आतित्थ्यता रहेको थियो ।
कार्यक्रम वडासमितिका अध्यक्ष सकसबहादुर क्षेत्रीको अध्यक्षता, हिराबहादुर पुनको सञ्चालन र गुणनिधि आचार्यको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो । कार्यक्रममा नेकपा परित्याग गरी राष्ट्रिय जनमोर्चा प्रवेश गर्ने धुल्लुबास्कोट कडेनीका रामकुमार बिसीको नेतृत्वमा ५४ जना नवप्रवेशीलाई प्रमुख अतिथि राजेन्द्र ढुङ्गानाले अबिर लगाएर स्वागत गर्नुभएको थियो भने नवप्रवेशी रामकुमार बिसीले प्रतिबद्धता मन्तव्य राख्नुभएको थियो ।

त्यसैगरी, टोली नं. ३ ले ढोरपाटन वडा नं. ४ खुङ्गाको धाइवाङमा वडा प्रशिक्षणसहितको भेला सम्पन्न गरेको छ ।कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारी तथा अतिथिमा राजमोका राष्ट्रिय परिषद् सदस्य तथा जिल्ला सल्लाहकार गौरीश्वर पाण्डे, अखिल नेपाल युवक सङ्घका केन्द्रीय कोषाध्यक्ष भिमसेन वन, राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य तथा ढोरपाटन नगर अध्यक्ष दिपक थापा, राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य दुर्गादेवी घर्ती र थम्मन घर्ती, राजमो नेता प्रगति बुढा, जातीय समता समाज बागलुङका अध्यक्ष नरबहादुर सुनार, रक्तिम सांस्कृतिक अभियान बागलुङका सचिव सविन अग्रेजा, अखिल (छैठौं) बागलुङका सदस्य विवश छन्त्यालले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा अखिल नेपाल शिक्षक सङ्घका हेमलाल पौडेल, राजमो नेता अमरबहादुर कुँवरलगायतको आतिथ्यता रहेको थियो । वडासमितिका अध्यक्ष खडकबहादुर कुँवरको अध्यक्षता र कुलबहादुर छन्त्यालको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा इन्द्रमान छन्त्यालको स्वागत मन्तव्य रहेको थियो ।
यो पनि
तीब्ररुपमा अगाडि बढ्दै राजमो बागलुङको बिशेष संगठनात्मक अभियान
बागलुङमा जारी विशेष संगठनात्मक अभियान सुखाैरा र झिम्पामा
राष्ट्रिय जनमोर्चा बागलुङले तय गर्यो जिल्लाब्यापी संगठनात्मक अभियान