• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

बागलुङमा राजमोको विशेष संगठनात्मक अभियान, बिनामारे, हटिया र दर्लिङमा कार्यक्रम


  •   शनिबार, पुष २५, २०७७ मा प्रकाशित
  • तिलक थापा, बागलुङ ।
    राष्ट्रिय जनमोर्चा बागलुङले ‘विघटित प्रतिनिधि सभा पुनर्स्थापना गर, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं । संघीयता र भ्रष्टाचार विरुद्ध संघर्ष गरौं’ भन्ने मूल नाराका साथ सञ्चालन गरिरहेको विशेष संगठनात्मक अभियान शनिबार बिनामारे, हटिया र दर्लिङमा सम्पन्न भएको छ ।

    Advertisement

    कार्यक्रम अन्तरगत टोली नं. १ ले जैमिनी नगरपालिका–५ बिनामारेमा वडा प्रशिक्षण भेला सम्पन्न गरेको छ ।  कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगानाले गिरिजाप्रसाद कोइरालाले आफू बहुमत भएको संसद विघटन गरी राजनैतिक अस्थिरता निम्ताएको कारण २०५९ मा राजाले शासनसत्ता आफ्नो हातमा सत्ता लिएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले पनि आफ्नो झण्डै दुई तिहाई समर्थन रहेको संसद विघटन गरेर राजनैतिक अस्थिरता निम्ताएको बताउनु भयो ।

    नेपाली जनता निरङकुशता विरुद्ध लडेको ईतिहास स्मरण गर्दै जैमिनीघाटको झुठा मुद्दा लगाएर ज्युँदै खुट्टा जलाउनेहरु जनता सामु हारेको बताउनु भयो । अहिले प्रधानमन्त्री ओलीको निरङकुश तथा असंवैधानिक कदमलाई फिर्ता गराउनको विकल्प नरहेको बताउनु भयो ।

    कार्यक्रममा अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य दिल बहादुर दर्जी, राष्ट्रिय जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तथा अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष तिलक थापा, अखिल नेपाल जनजाती सम्मेलनका पूर्व केन्द्रीय सल्लाहकार नरबहादुर पुन, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य तथा जैमिनी नगर कार्यपालिका सदस्य रुद्रा केसी, राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य तथा जैमिनी नगर सचिव ठाकुर शर्माले मन्तब्य दिनुभएको थियो ।

    कार्यक्रममा अखिल नेपाल युवक संघ बागलुङका उपाध्यक्ष कृष्णराज शर्मा सञ्जाल, राष्ट्रिय जनमोर्चा नगर सल्लाहकार तथा जैमिनी ५ का वडा अध्यक्ष गोपाल प्रशाद शर्मा, सल्लाहकार बालकृष्ण पौडेल, अखिल नेपाल जनजाती सम्मेलन जैमिनीका अध्यक्ष होमबहादुर पुन, शुभेक्षा एफएम कुश्मिशेराका स्टेशन मेनेजर सन्ध्या आचार्य, अखिल नेपाल युवक संघ जैमिनी नगर सदस्य रामबहादुर थापा लगायतको आतित्थ्यता रहेको थियो ।

    कार्यक्रम वडा समितिका अध्यक्ष रवि प्रशाद शर्माको अध्यक्षता, राम कुमार विकको सञ्चालन र नगर सदस्य नारायण पौडेलको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।

    यस्तै, टोली नं. २ ले गलकोट नगरपालिकाको नगर प्रशिक्षण भेला हटियामा सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका बागलुङका अध्यक्ष अमर थापा, अतिथिहरुमा उपाध्यक्ष धर्मबहादुर कुँवर, सचिव भिमलाल पोखरेल, जिल्ला सल्लाहकार बेदीलाल सापकोटा, नेपाल शिक्षक महासंघ बागलुङका अध्यक्ष कृष्ण आचार्य, राष्ट्रिय जनमोर्चाका बागलुङका सदस्य नेत्र बुढाथोकी, अखिल नेपाल शिक्षक संघका केन्द्रीय सदस्य सुनमाया ढकाल, अखिल नेपाल राष्ट्रिय उद्योग ब्यापार संघ बागलुङका अध्यक्ष पदम श्रेष्ठ, अखिल नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष मित्र ढकाल, जातीय समता समाजका खडक विक, अखिल नेपाल महिला संघ गलकोटका अध्यक्ष देबी खत्री, अखिल नेपाल भूपू सैनिक संघका दल बहादुर थापाले मन्तव्य राख्नु भएको थियो ।

    कार्यक्रममा राजमो जिल्ला सदस्य बिष्णु बस्नेत, कृष्णा पुन, राजमो गलकोटका सचिव लालबहादुर राना, अखिल नेपाल शिक्षक संघ गलकोटका अध्यक्ष पुस्कर सापकोटा, अखिल नेपाल किसान संघका गुमानसिङ खत्री, अखिल (छैठौं)का मनिष कँडेल लगायतको आतित्थ्यता रहेको थियो ।

    कार्यक्रम राष्ट्रिय जनमोर्चा गलकोटका अध्यक्ष टंक बहादुर केसीको अध्यक्षता, नारायण सापकोटाको सञ्चालन र नगर उपाध्यक्ष अमर खत्रीको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।

    यस्तै, टोली नं. ३ ले बडिगाड गाउँपालिका–१० को दर्लिङमा वडा प्रशिक्षण भेला सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका बागलुङका सल्लाहकार गौरीश्वर पाण्डे, अतिथि अखिल नेपाल युवक संघका केन्द्रीय कोषाध्यक्ष भिमसेन वन, नेकपा (मसाल) बागलुङका प्रवक्ता मेकबहादुर पाईजाले मन्तब्य राख्नु भएको थियो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य कोपिला थापा, राष्ट्रिय जनमोर्चा दर्लिङका सदस्य रेसु थापा लगायतको आतित्थ्यता रहेको थियो । कार्यक्रम गाउँ समितिका सदस्य मेयरसिङ छन्त्यालको अध्यक्षता, राष्ट्रिय जनमोर्चा बडिगाडका सचिव ईश्वरमान विकको सञ्चालनमा सम्पन्न भएको थियो ।

    यो पनि

    यसरी चल्दैछ बागलुङमा राजमोको विशेष संगठनात्मक अभियान‍

    बिशेष संगठनात्मक अभियान जैदी, हरिचौर र बोबाङमा सम्पन्न

    राजमोको बिशेष संगठनात्मक अभियान राङखानी, मल्म र गादीखोलामा

    विशेष संगठनात्मक अभियान : राजमाेमा प्रवेशकाे लहर

    बागलुङको विशेष संगठनात्मक अभियान धुल्लुबास्कोट र खुङ्गामा

    तीब्ररुपमा अगाडि बढ्दै राजमो बागलुङको बिशेष संगठनात्मक अभियान

    बागलुङमा जारी विशेष संगठनात्मक अभियान सुखाैरा र झिम्पामा

    राष्ट्रिय जनमोर्चा बागलुङले तय गर्‍यो जिल्लाब्यापी संगठनात्मक अभिया

    शनिबार, पुष २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो
    लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन
    हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या
    नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?
    बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या
    देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.