• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

नेप्से परिसूचक बढ्यो

जलवायु जोखिम निगरानीका लागि नेपालले राख्यो सहकार्यको प्रस्ताव

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ८. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ९. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • १०. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

गणतन्त्रको विकल्प प्रतिगमन होइन : अधिकारी


  •   मङ्गलबार, जेठ ०२, २०८० मा प्रकाशित
  • पोखरा । राष्ट्रिय जनमोर्चाका पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारीले गणतन्त्रको विकल्प प्रतिगमन हुन नसक्ने बताउनुभएको छ ।

    Advertisement

    अमेरिकी साम्राज्यवादको विरुद्धमा परिचालित मेची–महाकाली अभियानअन्तर्गत पूर्वी टोलीद्वारा कास्कीको पोखरामा २०८० जेठ २ गते मंगलबार आयोजित कोणसभामा मन्तव्य राख्दै उहाँले यस्तो बताउनुभएको हो ।

    ‘सत्तासिन दलहरूले कमजोरी गरे । त्यो सबैका सामु जगजाहेर छ’ उहाँले अगाडि भन्नुभयो– ‘तर त्यसको अर्थ गणतन्त्र नै खराब छ भन्ने होइन । गणतन्त्रको विकल्पमा प्रतिगमन गरेर राजतन्त्र हुन सक्दैन ।’

    नेता अधिकारीले राजतन्त्रतर्फको पश्चगमन र गणतन्त्र बेग्लाबेग्लै विषय भएको बताउँदै गणतन्त्रमा विकृति देखियो भन्दैमा राजतन्त्रतर्फ फर्किन नसकिने बताउनुभयो ।

    ‘राजतन्त्र गलत व्यवस्था भएकै कारण नेपाली जनताले २०४६ र २०६२–६३ सालमा दुई दुईपटक आन्दोलन उठे’ उहाँले भन्नुभयो– ‘अब फेरि गणतन्त्रमा विकृति देखा पर्‍यो भन्दैमा राजतन्त्रतर्फ फर्किन सकिँदैन ।’

    सम्बोधनको क्रममा उहाँले अमेरिकी साम्राज्यवाद नेपालमा प्रत्यक्ष रूपमै अगाडि आएको बताउनुभयो ।

    ‘पहिले पहिले भारतीय साम्राज्यवादमार्फत अमेरिकी साम्राज्यवाद आउथ्यो’ उहाँले अगाडि भन्नुभयो– ‘अहिले अमेरिकी साम्राज्यवाद प्रत्यक्ष रूपमा नै अगाडि आएको छ । २०७८ सालयता अमेरिकी हस्तक्षेप बढेको जोकसैले महसुस गर्न सक्छ ।’

    नेता अधिकारीले एमसिसी, एसपिपी, कथित रास्वपाको उदय र रवि लामिछाने गृहमन्त्री बन्दासम्म अमेरिकी हस्तक्षेप एकदम बढेर गएको बताउनुभयो ।

    ‘२०७८ सालमा अमेरिकाले नेपालमा सत्तासिन दलहरूले धम्क्याएर एमसिसी संसद्बाट पास गरायो । त्यसपछि एसपिपी पारित गर्न खोजेको थियो तर त्यस्तो हुन सकेन’ उहाँले भन्नुभयो– ‘त्यसबाट पाठ सिकेर उसले कथित राष्ट्रिय स्वतन्त्र पार्टी मात्रै उभ्याएन, रवि जस्तो अमेरिकी नागरिकलाई गृह मन्त्रालय नै दिन सत्तासिन दलहरूलाई बाध्य बनायो ।’

    उहाँले अमेरिकी साम्राज्यवादको यस्तो हस्तक्षेपबारे जनतामा जागरण ल्याउन यो अभियान चलाइएको बताउनुभयो ।

    कोणसभामा राजमो केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला अध्यक्ष राजेन्द्र ढुङ्गाना र राजमो गण्डकी प्रदेश समितिका अध्यक्ष शंकर बरालले पनि मन्तव्य राख्नुभएको थियो ।

    राजमो केन्द्रीय सदस्य गौरिश्वर पाण्डे र बागलुङ जिल्ला समन्वय समितिका प्रमुख अमर थापासमेतको आतिथ्य रहेको उक्त कोणसभाको अध्यक्षता राजमो कास्कीका अध्यक्ष रविमोहन ढकालले र सञ्चालन अखिल (छैठौं) का उपाध्यक्ष गणेश अधिकारीले गर्नुभएको थियो ।

    उक्त टोली तनहुँको दमौली र बन्दिपुरमा पर्चा वितरण गर्दै चितवनको मुगलिङमा पुगी त्यहाँ पनि पर्चा वितरण गरेको थियो । जेठ २ गते साँझ सो टोली नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा बास बस्न पुगेको छ । जेठ ३ गते बुधबार सो टोलीले चितवनमा कार्यक्रम गर्ने छ ।

    साम्राज्यवादविरुद्ध राजमोको मेची महाकाली अभियानका दुई टोली धनगढी र पोखरामा

    मेची–महाकाली अभियानको बागलुङ बजारमा उद्घाटन

    अमेरिकी साम्राज्यवादविरुद्ध राजमोको मेची-महाकाली अभियान महेन्द्रनगरबाट सुरु

    मङ्गलबार, जेठ ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य
    ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने
    शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति
    भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु
    बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’
    नेप्से परिसूचक बढ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      सम्पत्ति शुद्धीकरणले ‘मालपानी’ लाई नछोएकोमा आश्चर्य

    • २.
      ब्राजिलमा भ्रष्टाचार आरोपित बोल्सोनारोलाई अमेरिकाले ‘असल मानिस’ भन्दै भिसा दिने

    • ३.
      माओलाई तानाशाह भनेकोमा एमबाप्पेले मागे माफी

    • ४.
      स्पेनमा दुई रेल ठोक्किँदा कम्तीमा ३० जनाको मृत्यु

    • ५.
      शरद्मा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

    • ६.
      भक्तपुरमा बिहीबारदेखि पुस्तक प्रदर्शनी सुरु

    • ७.
      बाढीपछि फेरिएको पाल्पाको ‘रानीमहल’

    • ८.
      नेप्से परिसूचक बढ्यो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.