• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जनजाति मुक्ति आन्दोलन

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. जीवन र मृत्यु

गण्डकीमा विपक्षी सांसदहरुको धर्ना, मुख्यमन्त्रीले अनैतिक काम गरे : पियारी थापा


  •   शनिबार, जेठ २९, २०७८ मा प्रकाशित
  • काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले फेरि दाबी गरेपछि अवस्था तनावपूर्ण बनेको छ । गुरुङले जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाबाट निष्कासित कृष्ण थापाको पत्र पेश गर्दै मुख्यमन्त्रीमा दाबी गर्नुभएको हो ।

    Advertisement

    प्रधानमन्त्री केपी ओलीको सिको गर्दै मुख्यमन्त्री गुरुङले अल्पमतमा परेपनि दाबी नछोडेपछि विपक्षी सांसदहरु प्रदेश प्रमुखको कार्यालय अगाडि धर्नामा बसेका छन् ।

    राष्ट्रिय जनमोर्चाका सांसद पियारी थापाले ३१ जना सांसद सशरीर उपस्थित भएर मुख्यमन्त्रीमा कृष्णचन्द्र पोखरेललाई प्रस्तावित गरेपनि प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त नगरेर बेइमानी गरेको बताउनुभयो । उहाँले युगदर्शनसँग कुरा गर्दै पार्टीबाट निष्कासित व्यक्तिको पत्र लिएर मुख्यमन्त्री दाबी गर्नु गुरुङको अनैतिकता भएको बताउनुभयो ।

    ‘हाम्रो पार्टी प्रतिगमनको विरुद्ध आउने शक्तिलाई समर्थन गर्छ । राष्ट्रिय जनमोर्चाले स्पष्ट रुपमा कृष्णचन्द्र पोखरेललाई समर्थन गरेका छौं । राष्ट्रिय जनमोर्चाका हामी दुई सांसद म र माननीय शाहीजी (खिमविक्रम शाही) यहीँ उपस्थित छौं’ सांसद थापाले धर्नास्थलबाट भन्नुभयो, ‘पार्टीले निष्कासित गरेका व्यक्तिले सर्वोच्चले पुनर्वहाली गर्यो भन्दैमा पार्टीको ह्वीप उल्लंघन गरेर पत्र लेख्न पाइन्छ ?’

    राजमोले कारबाही गरेपछि सांसद पद गुमाएका कृष्ण सर्वोच्चबाट पद थमौती गराएका थिए । तर, पार्टीले उनलाई पुनः कारबाही गरी प्रदेश संसदमा त्यससम्बन्धी पत्र सभामुखले हिजै वाचन गरेका कारण हाल उनी सांसद छैनन् ।

    गुरुङले २७ गते संदनमा विश्वासको मत गुमाएपछि प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको थियो । कांग्रेसका नेता कृष्णचन्द्र नेपालीले बहुमत ३१ सांसदको हस्ताक्षर र सशरीर उपस्थितिमा मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको थियो ।

    तर यति हुँदाहुँदै पनि मुख्यमन्त्रीमा गुरुङको पनि दाबी पेश भएपछि विपक्षी गठबन्धनका सांसद सशरीर प्रदेश प्रमुख निवासमा पुगेर धर्ना बसेका हुन् । गठबन्धनका सबै ३१ जना सांसद प्रदेश प्रमुख सीता पौडेलको सरकारी निवासमा पुगेका छन् ।

    उनीहरुलाई निवास भित्र प्रदेश गर्न दिइएको छैन । कडा सुरक्षाबीच सांसदहरु निवास बाहिर पलेटी कसेर बसेका छन् ।

    गण्डकीमा सबै खेलो केन्द्रमा जस्तै मध्यावधि निर्वाचन घोषणाका लागि भएको राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले बताउनुभयो ।

    हाल पोखरामै रहेका भट्टले युगदर्शनसँग भन्नुभयो, ‘बहुमत सांसदहरुको हस्ताक्षर वेवास्ता गरेर प्रदेश प्रमुख र मुख्यमन्त्रीले फेरि षडयन्त्र गरेका छन् । यो खेल प्रदेश सभा भंग गरेर मध्यावधि निर्वाचनमा जानका लागि हो ।’

    यो पनिः

    प्रदेश प्रमुखले ‘झेल’ नगरे गण्डकीमा कृष्णचन्द्र आज मुख्यमन्त्री बन्ने

    गण्डकी प्रदेशः पोखरेलको पक्षमा ३१ सांसदको हस्ताक्षर बुझाइयो, सपथ भोलि हुने सम्भावना

    गण्डकी प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीको दाबी गर्न आह्वान, विपक्षी दल तयार

    गण्डकी प्रदेश सांसद कृष्ण थापा बर्खास्त

    गण्डकीका मुख्यमन्त्री गुरुङ पदमुक्त

    वामपन्थीलाई दिएको समर्थन फिर्ता गर्नुपर्ने अवस्था रहर होइन, बाध्यताः सांसद थापा (भिडियो)

    गण्डकीको सत्ता संघर्ष थप रोचक, दीपक मनाङे ‘निर्णायक’

     

    शनिबार, जेठ २९, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      जनजाति मुक्ति आन्दोलन

    • २.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • ३.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ४.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ५.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ६.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ७.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ८.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.