• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?


  •   सोमबार, साउन ०४, २०८३ मा प्रकाशित
  • काठमाडौँ । पछिल्लो समयमा प्रधानमन्त्री बालेन्द्र शाहले अर्थमन्त्रीमा डा स्वर्णिम वाग्लेको विकल्प खोजेको राजनीतिक चर्चा छ । प्रधानमन्त्रीले अर्थमन्त्री फेर्नै चाहान्छन् ? त्यसो भए प्रधानमन्त्रीले कसलाई बनाउन चाहान्छन् त अर्थमन्त्री ?

    Advertisement

    २०८२ फागुन २१ गते जब चुनाव हुने घोषणा भयो वा बालेन्द्र शाहलाई वरिष्ठ नेता र प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावी वातावरणमा राष्ट्रिय स्वतन्त्र पार्टी कुद्यो, त्यस क्रममा प्रस्तावित अर्थमन्त्री डा वाग्ले नै थिए । चुनाव प्रचारप्रसार तीव्र भइरहेका बेला प्रस्तावित प्रधानमन्त्रीले नै प्रस्तावित अर्थमन्त्रीको रूपमा डा वाग्लेलाई आव २०८३/८४ को बजेट लेख्न भनेको अभिव्यक्ति मिडियामा छताछुल्ल थिए ।

    यसैबिचमा तनहुँ प्रकरणबाट बालेन्द्र र डा. वाग्लेबिचको सम्बन्धमा खटपट आएको मानिन्छ । बालेन्द्रको देशव्यापी चुनावी दौडाहा (सभा) भइरहेका बेला तनहुँबाट चुनाव लडिरहेका डा वाग्लेले बालेन्द्रको बारेमा दिएको अभिव्यक्ति उल्लेखनीय थियो । आफ्नो कोरटिममा डा. वाग्लेले पार्टी सभापति रवि लामिछाने सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधमा मुछिएकाले सांसद पदमा कायम रहन नसक्ने, त्यस्तो अवस्थामा आफू नै प्रधानमन्त्री बन्ने चर्चा गरेको बताइन्थ्यो । उक्त सूचना बालेन्द्रसम्म पुगेपछि उनी तनहुँको सभालाई सम्बोधन नगरी सिधै पोखरा पुगेको राजनीतिक वृत्तमा चर्चा हुन्थ्यो ।

    रास्वपा चुनावमा होमिँदै गर्दा त्यहाँभित्र बालेन्द्रद्वारा इच्छ्याइएका उम्मेदवार पनि प्रशस्तै थिए । भनिन्छ, अहिले पनि रास्वपाका सांसद सङ्ख्यामा बालेन्द्रका सांसद उल्लेखनीय छन् । तीमध्ये प्युठान प्रतिनिधिसभाबाट निर्वाचित सुशान्त वैदिक र समानुपातिक कोटाबाट निर्वाचित उद्योगपति विदुषी राणाको नाम अहिले चर्चामा छ ।

    बालेन्द्र सरकार बनेपछि अर्थमन्त्रीमा बालेन्द्र सरकारमा डा. वाग्ले अर्थमन्त्री त भए तर आव २०८३/८४ को बजेट निर्माणको क्रममा प्रधानमन्त्री कार्यालय र अर्थमन्त्रीको बेग्लाबेग्लै धु्रव निर्माण भएको थियो । प्युठानबाट सांसद बनेका डा. वैदिक पनि प्रधानमन्त्री कार्यालयबाट बनेको बजेट निर्माणको अर्को धु्रवमार्फत् सहभागी हुने गरेको बताइएको छ ।

    बजेट निर्माणको क्रममा प्रधानमन्त्री र अर्थमन्त्रीका दृष्टिकोण बाझिएको देखिन्थ्यो । अर्थमन्त्री डा. वाग्ले मध्यम वर्गलाई विशेष सहुलियत दिन चाहान्थे भने प्रधानमन्त्री काठमाडौँ महानगरपालिकाका मेयर हुँदाखेरिका घोषणा बजेटमा सामेल गर्न चाहन्थे । प्रधानमन्त्रीको त्यो दृष्टिकोणलाई बजेटमा मूर्त रूप दिन डा. वैदिकलगायत खटिएको भनिन्छ ।

    अन्तत: जेठ १५ गते बजेट प्रस्तुत भयो । उक्त बजेटमा प्रधानमन्त्री कार्यालयको सक्रियताका बाबजुद डा. वाग्लेका कैयौँ करवृद्धिसम्बन्धी एजेन्डाले सरकारलाई अप्ठ्यारो पारिरहेको बताइन्छ । खासगरी शिक्षा, स्वास्थ्य, विद्युत् आदिमा लगाइएको थप करले सरकारलाई बदनाम गरिरहेको प्रधानमन्त्री निकट स्रोतको भनाइ छ । ठिक यही सन्दर्भमा प्रधानमन्त्रीले अर्थमन्त्रीको विकल्प खोजेको चर्चा चुलिएको छ ।

    यिनै सन्दर्भमाझ असार २८ गते डा. वाग्लेकै घरमा रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री बालेन्द्रमाझ करिब पाँच घण्टासम्म सुकुम्वासी समस्यासँगै सरकारका कामबारबाही, पार्टीमा पदपूर्तिलगायत समसामयिक विषयमा छलफल भएको बताइन्छ । छलफलमा प्रधानमन्त्रीले अर्थमन्त्रीसमेतको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेको बताइन्छ ।

    यसैमाझ आर्थिक विधेयकमार्फत गरिएको करका दर हेरफेर र बिवाइडी गाडी आयातको विषयलाई लिएर जेठ १५ देखि नै चौतर्फी विवाद हुन थालेको थियो । विशेषगरी बिवाइडीको विषयमा प्रधानमन्त्रीले अर्थमन्त्रीलाई समेत बाइपास गरे । उनले अर्थमन्त्रालय, भन्सार विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रतिनिधि सम्मिलित संयुक्त छानबिन समिति गठन गरेका थिए, यद्यपि छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगरी सात सय बढी बिवाइडी गाडी भन्सारबाट छुटाइयो ।

    ठिक यही बेला सभापति लामिछाने र उपसभापतिसमेत रहेका अर्थमन्त्री डा वाग्ले काभ्रेको धुलिखेलस्थित दुसित थानी रिसोर्टमा छलफल गरेको समाचार छ । शनिबार अबेर मात्रै उनीहरू रिसोर्टबाट काठमाडौं फर्किए । यो भेटघाटले कतै अर्थमन्त्री फेरिन थालेको हो कि भन्ने चर्चाले बल पाउन थालेको छ ।

    कतिपय पक्षले साउन १५ गतेसम्म मन्त्रिपरिषद्मा केही फेरबदल हुने, त्यसको चपेटामा परराष्ट्रमन्त्री शिशिर खनाललगायत पर्ने चर्चा पनि चल्ने गरेको छ, यद्यपि प्रधानमन्त्री कार्यालयले यसबारे आधिकारिक जानकारी दिइसकेको छैन ।

    के साँच्चै अर्थमन्त्री फेरिन्छन् त ? त्यसो भए प्रधानमन्त्रीले सम्भावित अर्थमन्त्री कसलाई बनाउन चाहान्छन् ? त्यस सन्दर्भमा डा. वैदिकसँगै रामेछापका सांसद डा. कृष्णहरि बुढाथोकीको नाम पनि चर्चामा छ, यद्यपि डा. बुढाथोकी यतिखेर प्रतिनिधिसभाअन्तर्गत अर्थसमितिको सभापतिको जिम्मेवारीमा छन् । उनले पनि बजेट निर्माणको सन्दर्भमा प्रधानमन्त्री कार्यालयमार्फत सक्रिय रहेको भनिएको छ ।

    त्यससँगै बलियो उम्मेदवारको रूपमा उद्योगपति राणालाई अर्थमन्त्री बनाउन खोजिएको चर्चा पनि छ । गत केही दिनयता राणाकै पहलमा विभिन्न उद्योगपतिसँग, त्यससँगै नेपाल राष्ट्र बैङ्कका गभर्नरसँग, सेयर मार्केटका प्रमुखलगायतसितको भेटघाट प्रधानमन्त्री एक्लैले गर्नु तर त्यसमा अर्थमन्त्री डा. वाग्लेलाई सामेल नगर्नुले अर्को आशङ्का जन्माएको छ ।

    सोमबार, साउन ०४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.