• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • १०. सर्वदलीय बैठक जारी

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड


  •   आइतबार, असोज ०४, २०८३ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारी ठगीको जालो’ विमोचन गरिएको छ। पुस्तक विमोचन कार्यक्रममा सहभागी राजनीतिक नेता, सहकारीविज्ञ तथा पूर्वप्रशासकहरूले सहकारी क्षेत्रमा देखिएका विकृति, अनुत्पादक लगानी र बचतकर्ताको रकम सुरक्षाका विषयमा गम्भीर चिन्ता व्यक्त गरेका छन्।

    Advertisement

    बामपन्थी नेता तथा अखिल नेपाल किसान महासङ्घका अध्यक्ष क. भैरवराज रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रमको सञ्चालन अखिल नेपाल बुद्धिजीवी सङ्घका समीर सिंहले गरेका थिए।

    कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता प्रदीप ज्ञवाली, पूर्वमन्त्री तथा नेकपाका वरिष्ठ नेता देव गुरुङ, नेकपा (मसाल) का केन्द्रीय प्रवक्ता रामप्रकाश पुरी तथा पूर्वमन्त्री एवं उच्चस्तरीय भूमिसुधार आयोगका पूर्वअध्यक्ष केशव बडाल विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

    ‘सहकारी ठगीमा संलग्न जोसुकै भए पनि कारबाही हुनुपर्छ’

    कार्यक्रममा बोल्दै एमाले नेता प्रदीप ज्ञवालीले सहकारी ठगीमा संलग्न जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने बताए। राजनीतिक संरक्षणका आधारमा कसैलाई जोगाउन नहुने उनको भनाइ थियो।

    ज्ञवालीले सहकारी ठगीका कारण ठूलो संख्यामा साना बचतकर्ता पीडित बनेको उल्लेख गर्दै पीडितको रकम फिर्ता हुने सुनिश्चितताका लागि सरकारले प्रभावकारी पहल गर्नुपर्ने बताए।

    उनले एमालेसँग जोडिएका केही व्यक्तिहरू सहकारी ठगीमा संलग्न भएको पाइएपछि पार्टीले कारबाही गरेको दाबीसमेत गरे। इच्छाराज तामाङ, ढोरपाटनका मेयर देवकुमार नेपाली र सहकारी विभागका पूर्वप्रमुख केबी उप्रेतीको उदाहरण दिँदै उनले कानुनी प्रक्रिया अगाडि बढ्दा राजनीतिक दलहरूले त्यसलाई स्वीकार गरी कानुन कार्यान्वयनमा सहयोग गर्नुपर्ने धारणा राखे।

    रास्वपाले आफ्ना सभापति रवि लामिछाने पक्राउ परेपछि गरेको आन्दोलनप्रति आलोचना गर्दै ज्ञवालीले राजनीतिक दलले आफ्ना नेतामाथि कानुनी कारबाही हुँदा कानुनी प्रक्रियालाई सहयोग गर्नुपर्ने बताए।

    ‘सहकारी मूल अवधारणाबाट बाहिर गयो’

    नेकपाका वरिष्ठ नेता देव गुरुङले नेपालका सहकारी संस्थाहरू आफ्नो मूल अवधारणाबाट विचलित हुँदै बचत तथा ऋण परिचालनमा मात्र केन्द्रित भएको बताए।

    उनले अधिकांश सहकारीले घरजग्गा कारोबारमा लगानी गरेको दाबी गर्दै सहकारीको ठूलो हिस्सा अनुत्पादक क्षेत्रमा गएको बताए। उनका अनुसार करिब ६५ प्रतिशत सहकारी संस्था बचत तथा ऋण कारोबारमा केन्द्रित छन्।

    सहकारी माइक्रोफाइनान्स वा अर्धबैंकिङ मोडलतर्फ केन्द्रित हुँदा उत्पादनमूलक क्षेत्रमा लगानी कमजोर भएको गुरुङको भनाइ थियो। उनले सहकारीको लगानी कृषि, घरेलु तथा औद्योगिक उत्पादनमा केन्द्रित हुनुपर्नेमा जोड दिए।

    उनले कुल ऋण लगानीको करिब ४० देखि ५० प्रतिशत घरजग्गा क्षेत्रमा गएको, कृषि उत्पादनमा १० देखि १५ प्रतिशत तथा सेवामूलक क्षेत्रमा करिब ३० देखि ३५ प्रतिशत लगानी भएको दाबी गरे। औद्योगिक क्षेत्रमा सहकारीको लगानी करिब ०.८५ प्रतिशत मात्रै रहेको उनको भनाइ थियो।

    गुरुङले उत्पादनमा आधारित सहकारी विकासका लागि राज्यले सहकारीबाट उत्पादित वस्तुको बजार सुनिश्चित गर्नुपर्ने बताए।

    सहकारीको संरचना र नियमनमाथि प्रश्न

    कार्यक्रममा सहभागी वक्ताहरूले सहकारी क्षेत्रको नियमन, बचतकर्ताको सुरक्षा, लगानीको प्रकृति तथा सहकारी संस्थाहरूको उद्देश्यबारे पुनर्विचार आवश्यक रहेको धारणा राखे।

    सहकारीविज्ञ तथा राष्ट्रिय सहकारी महासङ्घका पूर्वमहाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ, युएनडिपीका चिफ एडभाइजर दिल्लीमाज भट्टराई, नेपाल सरकारका पूर्वसचिव तथा छाती तथा क्षयरोग विशेषज्ञ डा. दीर्घसिंह बम, सङ्कटग्रस्त सहकारी व्यवस्थापन समितिका पूर्वअध्यक्ष तथा संविधानविद् काशीराज दाहाल, नेपालका लागि चीनका पूर्वराजदूत तथा नेपाल सरकारका पूर्वमुख्यसचिव लीलामणि पौडेललगायतले पुस्तक र सहकारी क्षेत्रका विविध पक्षमाथि धारणा राखेका थिए।

    कार्यक्रममा संविधानसभा सदस्य मीना पुन, नेपाल सरकारका पूर्वसचिव गोविन्दप्रसाद पाण्डे, जापानका लागि नेपालका पूर्वराजदूत विष्णुहरि नेपाल, राष्ट्रिय सभाका सदस्य तुलप्रसाद विश्वकर्मा, वामपन्थी नेता साध्यबहादुर भण्डारी, केशव नेपाल, पूर्वसहसचिव भीमबहादुर खड्का, पूर्वउपसचिव खगेन्द्र जोशी, प्राध्यापक तथा डोटेली समाजका सचिव डबलबहादुर बोहरालगायतको उपस्थिति थियो।

    लेखक भट्ट : सहकारी संकटबारे बहसको दस्तावेज

    पुस्तकका लेखक तथा राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले ‘सहकारी ठगीको जालो’ पुस्तकमार्फत सहकारी क्षेत्रमा देखिएका समस्या, विकृति र ठगीका प्रवृत्तिबारे विषयवस्तु प्रस्तुत गरेका थिए।

    संविधानसभा सदस्य मीना पुनले स्वागत मन्तव्य राखेकी थिइन् भने प्राची भट्टले धन्यवाद ज्ञापन गरेकी थिइन्।

    पुस्तक विमोचन कार्यक्रमले पछिल्लो समय गम्भीर बहसको विषय बनेको सहकारी क्षेत्रको संकट, बचतकर्ताको सुरक्षा र सहकारीको मूल उद्देश्यबारे राजनीतिक तथा बौद्धिक क्षेत्रका विभिन्न धारणा एकै ठाउँमा प्रस्तुत गरेको छ।

    आइतबार, असोज ०४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन
    दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.