• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, भदौ २६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

विदेशबाट फर्किएका युवा भेडापालनमा

जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

गुल्मीमा ३८ जातका कफीको परीक्षण

सिभिल सहकारी ठगीमा तामाङलाई पाँच वर्ष कैद सजाय

लोकप्रिय समाचार

  • १. विपत्तिकाे सामना

  • २. शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

  • ३. स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

  • ४. उद्योगमन्त्री यादवले दिइन् राजीनामा

  • ५. ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

  • ६. १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

  • ७. बाढीप्रभावित नुवाकोटमा मसालका महामन्त्री सिंहको स्थलगत अनुगमन

  • ८. मोहनविक्रम सिंहको ‘१२ मई’ नाटक मञ्चन (फोटासहित)

  • ९. युगदर्शन साप्ताहिकको आठौँ वर्षप्रवेशप्रति मूल प्रवाहको शुभकामना

  • १०. बिकानेरमा मूल प्रवाहको महिला नगर विभाग पुनर्गठन

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा


  •   शनिबार, साउन ०९, २०८३ मा प्रकाशित
  • काठमाडौँ । भारतमा कक्रोच जनता पार्टी (सिजेपी) को अगुवाइमा जारी आन्दोलनबाट अन्तत: भारतीय सरकार झुक्दै शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन् ।

    Advertisement

    प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर सिजेपीले गत एक महिनादेखि चलाएको आन्दोलनको क्रममा आज २०८३ साउन ९ गते उनले राजीनामा दिएका हुन् ।

    सामाजिक सञ्जालमार्फत् राजीनामा दिँदै प्रधानले लेखेका छन्– “जन्तरमन्तरमा र देशमा जुन परिस्थिति सिर्जना भएको छ; त्यसको फाइदा देश विरोधी शक्तिले नउठाउन्; देशको एकता कायम रहोस् र भारतका एउटा पनि विद्यार्थीको भविष्य कानुनी उल्झनमा नपरोस् ।”

    उनले अगाडि लेखेका छन्– “हाम्रा बच्चाहरूले आफ्नो समय अध्ययनमा लगाउन्, करिअरमा ध्यान दिउन् । यिनै कुरामा विचार गर्दै मैले आफ्नो राजीनामापत्र सम्माननीय प्रधानमन्त्रीलाई पठाएको छु ।”

    यस सन्दर्भमा प्रतिक्रिया दिँदै दसिजेपीका संस्थापक अभिजित दिपकेले भनेका छन्– “हामीले गरेर देखायौँ । धर्मेन्द्र प्रधानले राजीनामा दिए ।”

    “धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् । यो यदि तपाईं डराउनुहुन्न भने, यदि तपाईं यस सरकारको अगाडि झुक्नुहुन्न भने, तपाईं जोकोहीलाई पनि राजीनामा दिलाउन सक्नुहुन्छ भन्ने प्रमाण हो । लोकतन्त्रमा डराउनु पर्दैन” दिपकेले थप लेखेका छन् ।

    यसअघि भारतका कङ्ग्रेस आईसहितका सबै विपक्षी दलहरू उनको राजीनामाको पक्षमा उभिएका थिए भने सामाजिक अभियन्ता सोनाम वाङचुकले आमरण अनशन सुरु गरेका थिए ।

    यस्तो छ प्रधानको राजीनामाको पूर्ण पाठ :
    “मेरा युवा साथीहरू
    म चार दशकभन्दा बढी समयदेखि विद्यार्थी, शिक्षक र शिक्षा सुधारप्रति समर्पित छु । एउटा बलियो, समावेशी र दूरदर्शी शिक्षा प्रणाली नै बलियो राष्ट्रको आधार हो भन्ने मेरो दृढ विश्वास रहिआएको छ ।
    म देशका युवाहरूको आकाङ्क्षा, भावना र जायज अपेक्षाको गहिरो सम्मान गर्छु । भारतको युवा पुस्ताको सपना साकार पार्नु हाम्रो सम्पूर्ण राजनीतिक र सामाजिक जीवनको नैतिक प्रतिबद्धता हो । दूरदर्शी नेतृत्वमा रहेर राष्ट्रको सेवा गर्ने अवसर दिनुभएकोमा म सम्माननीय प्रधानमन्त्रीप्रति आभार व्यक्त गर्दछु तर मे ३, २०२६ मा सम्पन्न निट–युजी परीक्षामा अनियमितता भएको पाइयो । यसलाई तत्काल संज्ञानमा लिँदै भारत सरकारले अनुसन्धानको जिम्मा सिबिआईलाई दियो, परीक्षा रद्द गर्‍यो र पुन: परीक्षाको मिति घोषणा गर्‍यो । यसका साथै आगामी वर्षदेखि यो परीक्षा सिबिटी (कम्प्युटरमा आधारित परीक्षण) मार्फत सञ्चालन गर्ने निर्णय पनि गरियो ।
    यस अवधिमा २० लाखभन्दा बढी विद्यार्थीको परीक्षा सहज रूपमा सञ्चालन गर्नु हाम्रो मुख्य प्राथमिकता थियो । यसका लागि सिङ्गो सरकारको अवधारणाअन्तर्गत काम गरिएको थियो । यसमा भारत सरकारका साथै राज्य सरकार र विशेष गरी जिल्ला प्रशासनले महŒवपूर्ण भूमिका खेलेका थिए । यसबाहेक विद्यार्थी र अभिभावकको सहयोगमा यो परीक्षा जुन २१, २०२६ मा सम्पन्न भयो ।
    पहिलो दिनदेखि नै मैले यसको जिम्मेवारी लिएँ र परिस्थितिबाट कहिल्यै पन्छिनँ । परीक्षा माफियाबाट कुनै पनि मेधावी विद्यार्थीको भविष्य बिग्रन नदिने र कुनै पनि विद्यार्थीमाथि अन्याय हुन नदिने मेरो अठोट थियो । जुलाई १६ मा प्रकाशित निट–युजीको नतिजा सन्तोषजनक थियो । यसमा विपन्न पृष्ठभूमिका धेरै मेधावी विद्यार्थीले पनि सफलता हासिल गरेका छन् तर यसैबिच जिम्मेवार पदमा बसेका व्यक्तिहरूले अवरोध सिर्जना गर्न र धेरै विद्यार्थीलाई भ्रममा पार्ने प्रयास गरे । यसले मेरो मनलाई निकै दु:खी तुल्याएको छ ।
    म हाम्रो लोकतन्त्रको शक्तिमा सधैँ अटुट विश्वास राख्ने व्यक्ति हुँ । मैले सधैँ युवाहरूका आकाङ्क्षा, सपना र अपेक्षाको गहिरो सम्मान गरेको छु । उनीहरू भारतको भविष्य मात्र होइनन्, उनीहरू नयाँ र विकसित भारतका संवाहक, निर्माता र वास्तुकार पनि हुन् । पछिल्ला १० दिनका घटनाक्रमलाई हेर्दा मेरो मन निकै दुखी भएको छ । यो मेरो लागि व्यक्तिगत प्रतिष्ठाको विषय होइन । भारतको युवा शक्ति नै यस देशको वास्तविक शक्ति हो । देशको युवाशक्तिलाई भ्रमको जालोमा फस्न नदिने मेरो सङ्कल्प छ ।
    जन्तरमन्तर र देशभर उत्पन्न परिस्थितिको फाइदा राष्ट्रविरोधी शक्तिले नउठाउन्, राष्ट्रको एकता कायमै रहोस्, भारतका एक जना पनि विद्यार्थीको भविष्य कानुनी झमेलामा नफसोस् र हाम्रा बालबालिकाले आफ्नो समय अध्ययनमा लगाउनुका साथै करिअर निर्माणमा केन्द्रित होउन् भन्ने सबै कुरालाई विचार गर्दै मैले सम्माननीय प्रधानमन्त्रीसमक्ष आफ्नो राजीनामा पठाएको छु ।
    सम्माननीय प्रधानमन्त्रीज्यूको मार्गदर्शन, विश्वास र निरन्तर सहयोगका लागि म हार्दिक कृतज्ञता व्यक्त गर्दछु, साथै मन्त्रिपरिषद्का आदरणीय
    सहकर्मी, मन्त्रालयका अधिकारी तथा कर्मचारी र मसँग काम गर्ने अवसर पाउनुभएका सबै व्यक्तिप्रति पनि म आभार व्यक्त गर्दछु । राष्ट्रको सेवा मेरो जीवनको सर्वोच्च प्राथमिकता हो । म यसमा सधैँ समर्पित रहनेछु ।
    भगवान् श्री जगन्नाथजीको आशीर्वादले भारत आमा, ओडिशाका जनता र देशका युवाको आकाङ्क्षा पूरा गर्न म भविष्यमा पनि हरसम्भव रूपमा आफूलाई समर्पित गरिरहनेछु ।”

    शनिबार, साउन ०९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    इरान–अमेरिका तनाव चर्किंदा इन्धनको मुल्यमा उच्च वृद्धि
    हर्मुज जलघाँटीमा इरानद्वारा जहाजमाथि आक्रमण
    चिनियाँ एआईमाथि अमेरिकी आरोप
    राष्ट्रसङ्घको एकासिऔँ महासभा सुरु हुँदै
    मेक्सिकोमा पटाका विस्फोट हुँदा १० जनाको मृत्यु, ६४ घाइते
    जापानमा भारी वर्षाको चेतावनी, टोकियोसहित ७ क्षेत्र प्रभावित हुनसक्ने

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      विपत्तिकाे सामना

    • २.
      शिवराज–३ मा राजमोको वडाभेला, अध्यक्षमा कुर्मी चयन

    • ३.
      स्वास्थ्य सेवा दिने हेलिकप्टर दुर्घटना, पाँच जनाको मृत्यु

    • ४.
      उद्योगमन्त्री यादवले दिइन् राजीनामा

    • ५.
      ४२ वर्षपछि मञ्चमा उभिएको प्रश्न : सन्दर्भ ‘१२ मई’ नाटक

    • ६.
      १५ दिनदेखि बेपत्ता छोरी नेहाको खोजी गरिदिन बोहरा परिवारको आग्रह

    भर्खरै

    • १.
      प्रतिनिधिसभाको असोज १५ गतेसम्मको कार्यतालिका तय

    • २.
      वैशाखसम्मको बाँकी बिमा बोर्डद्वारा भुक्तानी

    • ३.
      राष्ट्रपतिसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    • ४.
      शव पहिचान गर्न पोखरामा आफन्तको ‘डिएनए’ नमुना सङ्कलन

    • ५.
      विदेशबाट फर्किएका युवा भेडापालनमा

    • ६.
      जापानमा नेपालीका लागि चालक अनुमतिपत्र प्रमाणीकरण सिधै दूताबासले गर्ने

    • ७.
      पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

    • ८.
      गुल्मीमा ३८ जातका कफीको परीक्षण

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.