• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

सुरक्षा परिषद् सुधारमा भारतको जोड

जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

भोटेकोशी बाढीबाट ७९ अर्बको क्षति, ३० प्रतिशत भूमिहीन बन्ने जोखिम

लोकप्रिय समाचार

  • १. श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ६. ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ९. प्राकृतिक र राजनीतिक प्रतिकूलतामाझ मनाइँदै चाडपर्व

  • १०. रङ्गीन फूलको एउटै माला बनाऔँ

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा


  •   शनिबार, साउन ०९, २०८३ मा प्रकाशित
  • काठमाडौँ । भारतमा कक्रोच जनता पार्टी (सिजेपी) को अगुवाइमा जारी आन्दोलनबाट अन्तत: भारतीय सरकार झुक्दै शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन् ।

    Advertisement

    प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर सिजेपीले गत एक महिनादेखि चलाएको आन्दोलनको क्रममा आज २०८३ साउन ९ गते उनले राजीनामा दिएका हुन् ।

    सामाजिक सञ्जालमार्फत् राजीनामा दिँदै प्रधानले लेखेका छन्– “जन्तरमन्तरमा र देशमा जुन परिस्थिति सिर्जना भएको छ; त्यसको फाइदा देश विरोधी शक्तिले नउठाउन्; देशको एकता कायम रहोस् र भारतका एउटा पनि विद्यार्थीको भविष्य कानुनी उल्झनमा नपरोस् ।”

    उनले अगाडि लेखेका छन्– “हाम्रा बच्चाहरूले आफ्नो समय अध्ययनमा लगाउन्, करिअरमा ध्यान दिउन् । यिनै कुरामा विचार गर्दै मैले आफ्नो राजीनामापत्र सम्माननीय प्रधानमन्त्रीलाई पठाएको छु ।”

    यस सन्दर्भमा प्रतिक्रिया दिँदै दसिजेपीका संस्थापक अभिजित दिपकेले भनेका छन्– “हामीले गरेर देखायौँ । धर्मेन्द्र प्रधानले राजीनामा दिए ।”

    “धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् । यो यदि तपाईं डराउनुहुन्न भने, यदि तपाईं यस सरकारको अगाडि झुक्नुहुन्न भने, तपाईं जोकोहीलाई पनि राजीनामा दिलाउन सक्नुहुन्छ भन्ने प्रमाण हो । लोकतन्त्रमा डराउनु पर्दैन” दिपकेले थप लेखेका छन् ।

    यसअघि भारतका कङ्ग्रेस आईसहितका सबै विपक्षी दलहरू उनको राजीनामाको पक्षमा उभिएका थिए भने सामाजिक अभियन्ता सोनाम वाङचुकले आमरण अनशन सुरु गरेका थिए ।

    यस्तो छ प्रधानको राजीनामाको पूर्ण पाठ :
    “मेरा युवा साथीहरू
    म चार दशकभन्दा बढी समयदेखि विद्यार्थी, शिक्षक र शिक्षा सुधारप्रति समर्पित छु । एउटा बलियो, समावेशी र दूरदर्शी शिक्षा प्रणाली नै बलियो राष्ट्रको आधार हो भन्ने मेरो दृढ विश्वास रहिआएको छ ।
    म देशका युवाहरूको आकाङ्क्षा, भावना र जायज अपेक्षाको गहिरो सम्मान गर्छु । भारतको युवा पुस्ताको सपना साकार पार्नु हाम्रो सम्पूर्ण राजनीतिक र सामाजिक जीवनको नैतिक प्रतिबद्धता हो । दूरदर्शी नेतृत्वमा रहेर राष्ट्रको सेवा गर्ने अवसर दिनुभएकोमा म सम्माननीय प्रधानमन्त्रीप्रति आभार व्यक्त गर्दछु तर मे ३, २०२६ मा सम्पन्न निट–युजी परीक्षामा अनियमितता भएको पाइयो । यसलाई तत्काल संज्ञानमा लिँदै भारत सरकारले अनुसन्धानको जिम्मा सिबिआईलाई दियो, परीक्षा रद्द गर्‍यो र पुन: परीक्षाको मिति घोषणा गर्‍यो । यसका साथै आगामी वर्षदेखि यो परीक्षा सिबिटी (कम्प्युटरमा आधारित परीक्षण) मार्फत सञ्चालन गर्ने निर्णय पनि गरियो ।
    यस अवधिमा २० लाखभन्दा बढी विद्यार्थीको परीक्षा सहज रूपमा सञ्चालन गर्नु हाम्रो मुख्य प्राथमिकता थियो । यसका लागि सिङ्गो सरकारको अवधारणाअन्तर्गत काम गरिएको थियो । यसमा भारत सरकारका साथै राज्य सरकार र विशेष गरी जिल्ला प्रशासनले महŒवपूर्ण भूमिका खेलेका थिए । यसबाहेक विद्यार्थी र अभिभावकको सहयोगमा यो परीक्षा जुन २१, २०२६ मा सम्पन्न भयो ।
    पहिलो दिनदेखि नै मैले यसको जिम्मेवारी लिएँ र परिस्थितिबाट कहिल्यै पन्छिनँ । परीक्षा माफियाबाट कुनै पनि मेधावी विद्यार्थीको भविष्य बिग्रन नदिने र कुनै पनि विद्यार्थीमाथि अन्याय हुन नदिने मेरो अठोट थियो । जुलाई १६ मा प्रकाशित निट–युजीको नतिजा सन्तोषजनक थियो । यसमा विपन्न पृष्ठभूमिका धेरै मेधावी विद्यार्थीले पनि सफलता हासिल गरेका छन् तर यसैबिच जिम्मेवार पदमा बसेका व्यक्तिहरूले अवरोध सिर्जना गर्न र धेरै विद्यार्थीलाई भ्रममा पार्ने प्रयास गरे । यसले मेरो मनलाई निकै दु:खी तुल्याएको छ ।
    म हाम्रो लोकतन्त्रको शक्तिमा सधैँ अटुट विश्वास राख्ने व्यक्ति हुँ । मैले सधैँ युवाहरूका आकाङ्क्षा, सपना र अपेक्षाको गहिरो सम्मान गरेको छु । उनीहरू भारतको भविष्य मात्र होइनन्, उनीहरू नयाँ र विकसित भारतका संवाहक, निर्माता र वास्तुकार पनि हुन् । पछिल्ला १० दिनका घटनाक्रमलाई हेर्दा मेरो मन निकै दुखी भएको छ । यो मेरो लागि व्यक्तिगत प्रतिष्ठाको विषय होइन । भारतको युवा शक्ति नै यस देशको वास्तविक शक्ति हो । देशको युवाशक्तिलाई भ्रमको जालोमा फस्न नदिने मेरो सङ्कल्प छ ।
    जन्तरमन्तर र देशभर उत्पन्न परिस्थितिको फाइदा राष्ट्रविरोधी शक्तिले नउठाउन्, राष्ट्रको एकता कायमै रहोस्, भारतका एक जना पनि विद्यार्थीको भविष्य कानुनी झमेलामा नफसोस् र हाम्रा बालबालिकाले आफ्नो समय अध्ययनमा लगाउनुका साथै करिअर निर्माणमा केन्द्रित होउन् भन्ने सबै कुरालाई विचार गर्दै मैले सम्माननीय प्रधानमन्त्रीसमक्ष आफ्नो राजीनामा पठाएको छु ।
    सम्माननीय प्रधानमन्त्रीज्यूको मार्गदर्शन, विश्वास र निरन्तर सहयोगका लागि म हार्दिक कृतज्ञता व्यक्त गर्दछु, साथै मन्त्रिपरिषद्का आदरणीय
    सहकर्मी, मन्त्रालयका अधिकारी तथा कर्मचारी र मसँग काम गर्ने अवसर पाउनुभएका सबै व्यक्तिप्रति पनि म आभार व्यक्त गर्दछु । राष्ट्रको सेवा मेरो जीवनको सर्वोच्च प्राथमिकता हो । म यसमा सधैँ समर्पित रहनेछु ।
    भगवान् श्री जगन्नाथजीको आशीर्वादले भारत आमा, ओडिशाका जनता र देशका युवाको आकाङ्क्षा पूरा गर्न म भविष्यमा पनि हरसम्भव रूपमा आफूलाई समर्पित गरिरहनेछु ।”

    शनिबार, साउन ०९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम
    सुरक्षा परिषद् सुधारमा भारतको जोड
    जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु
    अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान
    सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते
    जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      श्रीगंगानगरमा दुई नेपालीमाथि प्राणघातक हमला, आरोपी फरार

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ६.
      ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, यता बाबुछोरा सदाका लागि अस्ताए

    भर्खरै

    • १.
      ओलेस्कीमा मानवीय सहायताका लागि युद्धविराम

    • २.
      लुटिएका नेपाली युवकलाई मूल प्रवाहले उद्धार गरी स्वदेश पठायो

    • ३.
      सुरक्षा परिषद् सुधारमा भारतको जोड

    • ४.
      जापानी पूर्व अभियोजकविरुद्ध बलात्कार मुद्दा पुनः सुरु

    • ५.
      अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

    • ६.
      सुडानमा ड्रोन हमलामा २१ जनाको मृत्यु, ४० घाइते

    • ७.
      जोर्डनको आक्रमणमा सिरियामा सात जनाको मृत्यु

    • ८.
      अर्नब चक्रवातबाट नेपालमा वर्षाभन्दा हिमपात बढी हुने अनुमान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.