• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका


  •   शुक्रबार, साउन ०८, २०८३ मा प्रकाशित
  • गणेश आचार्य ##

    Advertisement

    नेपाली कम्युनिस्ट आन्दोलनको झन्डै सात दशक लामो उतारचढावपूर्ण इतिहासमा मोहनविक्रम सिंह (एमबी) एउटा यस्तो विराट नाम हो, जसलाई क्रान्तिकारी चेतना, सैद्धान्तिक निष्ठा र अतुलनीय त्यागको सबैभन्दा बलियो खम्बा मानिन्छ । हाम्रो समाजमा कुनै पनि मान्छेको महत्त्व र योगदानबारे उसको जीवनको अन्त भएपछि मात्र चर्चा गरिन्छ, जति बेला उसको महत्त्व समाजले बुझेर उसबाट फाइदा लिन सक्दैन । त्यसैले कुनै मान्छेको महत्त्व र योगदानबारे जीवितै हुँदा पनि चर्चा गर्न जरुरी हुन्छ र उसबाट समाजले फाइदा लिनुपर्छ भन्ने मान्यताका आधारमा यो लेख तयार गरिएको छ ।

    सुखसुविधा, जमिनदारी वैभव र पारिवारिक प्रतिष्ठाको विशाल विरासतलाई लत्याएर सर्वहारा वर्गको मुक्तिका निम्ति आफ्नो सिङ्गो जीवन आहुति दिने यी नेता नेपाली राजनीतिक आकाशमा निष्ठा र समर्पणका एक अटल हिमाल हुन् । सिद्धान्त र विचारको तहमा उनले नेपाली कम्युनिस्ट आन्दोलनलाई जुन उचाइ, बौद्धिक जग र क्रान्तिकारी दिशा प्रदान गरे, त्यसले नेपालको राजनीतिक रूपान्तरणमा दूरगामी र ऐतिहासिक महत्त्व राच्छ । राजनीतिलाई सत्ता र शक्तिको खेलभन्दा माथि उठाएर विचार, दर्शन र सर्वहारा वर्गको उन्नत संस्कृतिका रूपमा स्थापित गर्न उनले जीवनभर जेजस्तो मिहिनेत गरे, त्यो समकालीन नेपाली राजनीतिमा विरलै भेटिने अनुकरणीय उदाहरण हो ।

    २०११ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएदेखि आजसम्म झन्डै ७२ वर्षको लामो राजनीतिक यात्रामा उनले कहिल्यै आफ्नो वैचारिक जग र क्रान्तिकारी आदर्शमा सम्झौता गरेनन् । बुर्जुवा राजनीतिमा पद, पैसा र प्रतिष्ठाका लागि मरिहत्ते गर्ने नेताहरूको भिडमा उनी एउटा यस्तो अपवाद बने, जसले सत्ताको स्वादभन्दा सिद्धान्तको शुद्धता र श्रमजीवी जनताको मुक्तिलाई सधैँ पहिलो प्राथमिकतामा राखे । पञ्चायती निरङ्कुशताको कालमा हत्केलामा ज्यान राखेर दशकौँसम्म कष्टकर भूमिगत जीवन बिताउनु, प्रवासको असुरक्षित वातावरणमा रहेर सङ्गठन निर्माण गर्नु र जेलको कालकोठरीमा कैयौँ वर्ष रहनु उनका लागि क्रान्तिका अनिवार्य मूल्य थिए ।

    तत्कालीन नेपाली समाजमा प्युठानको सबैभन्दा ठुलो र प्रतिष्ठित सामन्ती जमिनदार परिवारमा जन्मेका सिंहले आफ्नो सम्पूर्ण पैतृक सम्पत्ति पार्टीलाई बुझाएर सर्वहारा वर्गको पक्षपोषण गर्नु माक्र्सवादी सिद्धान्तलाई व्यावहारिक रूपमै आत्मसात गर्नु थियो । विरोधी विचार राख्नेहरूले पनि उनको राजनीतिक लाइनमाथि हजारौँ प्रश्न उठाए तापनि उनको व्यक्तिगत इमानदारिता, उच्च नैतिक बल र सादगीको सधैँ मुक्तकण्ठले प्रशंसा गरिरहे ।

    राजनीति केवल जोडघटाउ र दाउपेच मात्र होइन, यो दर्शन र विचारको संश्लेषण पनि हो भन्ने कुरालाई मोहनविक्रमले आफ्नो जीवन र व्यावहारिक अभ्यासका माध्यमबाट प्रमाणित गरे । माक्र्सवाद–लेनिनवाद र माओ विचारधाराको दार्शनिक जगलाई नेपालको सामाजिक–आर्थिक धरातल सुहाउँदो ढङ्गले व्याख्या गर्ने र त्यसलाई कार्यकर्ता पङ्क्तिमा प्रशिक्षित गर्ने कार्यमा उनको अद्वितीय योगदान छ ।
    २०३१ सालको ऐतिहासिक चौथो महाधिवेशनमार्फत उनले नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ जीवन मात्र दिएनन् बरु देशव्यापी रूपमा क्रान्तिकारी कार्यकर्ताको यस्तो विशाल र ऊर्जावान् पङ्क्ति तयार पारे, जसले पछि गएर नेपालको राजनीतिलाई नै उलटपुलट पारिदियो । उनले दर्शनलाई केवल पुस्तकालयमा सीमित गरेनन् बरु ज्ञानमीमांसा र तर्कशास्त्र (तर्कमीमांसा) को गहिरो अध्ययनमार्फत समाजको वर्गविश्लेषण गर्दै सत्य र न्यायको मार्ग पहिल्याउन प्रयत्न गरिरहे ।

    राजनीतिक दर्शनसँगसँगै मोहनविक्रम सिंहको साहित्यिक र बौद्धिक योगदान पनि उत्तिकै सशक्त, व्यापक र ओजपूर्ण छ । ‘एमबी सिंह’ को छद्मनामबाट उनले लेखेका राजनीतिक दस्तावेज, विश्लेषणात्मक लेख र दार्शनिक पुस्तक मात्र होइन, उनका उपन्यास, कथा, निबन्ध र कविताले पनि समाजको यथार्थ चित्रण गर्दछन् । उनका साहित्यमा वर्गीय चेतना, सामन्तवाद विरोधी आक्रोश र श्रमजीवी जनताप्रतिको अगाध प्रेम छचल्किएको पाइन्छ । इतिहासको भौतिकवादी व्याख्या गर्दै उनले नेपालको सामाजिक बनावट र यहाँका वर्गको जुन मिहीन विश्लेषण गरे, त्यसले नेपाली कम्युनिस्ट आन्दोलनलाई बौद्धिक रूपमा निकै सबल बनायो ।

    मोहनविक्रम सिंहको यही दार्शनिक र वैचारिक चेतनालाई थप उचाइ दिन उनको प्रवासकालको भूमिगत सङ्घर्ष र लेखनयात्राको धेरै ठुलो भूमिका छ । पञ्चायती दमनको क्रुर समयमा उनले भारतका विभिन्न सहरहरू† जस्तै : वाराणसी, गोरखपुर र बनारसमा निर्वासित जीवन बिताउँदै नेपाली क्रान्तिलाई बौद्धिक खुराक दिइरहे । प्रवासको कष्टकर, अभावग्रस्त र असुरक्षित वातावरणमा पनि उनले कहिल्यै विश्राम लिएनन् । उनले गहिरो माक्र्सवादी अध्ययन र लेखनलाई आफ्नो जीवनको अभिन्न हिस्सा बनाए ।

    ‘एमबी सिंह’ को नामबाट जन्मिएका उनका अनेकौं दार्शनिक पुस्तकहरू† जस्तै : ‘तर्कशास्त्र’, ‘ऐतिहासिक भौतिकवाद’, र ‘माओत्सेतुङका दार्शनिक विचारहरू’ ले नेपाली युवा बौद्धिक वृत्तमा माक्र्सवादप्रतिको बुझाइलाई निकै फराकिलो बनायो । त्यति मात्र होइन, उनको वैचारिक मिहिनेत केवल सुख्खा राजनीतिक सिद्धान्तमा मात्र सीमित रहेन बरु उनले ‘सतीको सराप’, ‘क्रान्तिको पृष्ठभूमि’ जस्ता साहित्यिक कृति, थुप्रै वैचारिक रचना, विशाल जलजला उपन्यास, संस्मरण र कथासङ्ग्रहमार्फत नेपाली साहित्य जगत्लाई समेत वर्गीय चेतनाले ओतप्रोत गराउने ऐतिहासिक काम गरे । उनको यो ओजपूर्ण लेखन यात्रा र साहित्यिक साधनामा श्रमजीवी वर्गप्रतिको अगाध प्रेम र उत्पीडन विरुद्धको आक्रोश यति सशक्त भाषाशैलीमा प्रस्तुत हुन्थ्यो कि त्यसले प्रवासमा रहेका नेपाली श्रमजीवी र स्वदेशभित्रका युवालाई क्रान्तिको बाटोमा लाग्न उत्प्रेरित गरिरह्यो ।

    नेपाली कम्युनिस्ट इतिहासमा २०४० सालको दशकमा भएको ‘गोरखपुर बैठक’ लाई एउटा ऐतिहासिक मोडका रूपमा हेरिन्छ, जहाँ मोहनविक्रम सिंहले नेपाली क्रान्तिको रणनीति र कार्यनीतिलाई परिमार्जन गर्न आफ्नो सम्पूर्ण बौद्धिक ऊर्जा खर्चिएका थिए । देश र प्रवासका कुनाकाप्चाबाट आएका क्रान्तिकारी योद्धामाझ उनले प्रस्तुत गरेका गहन प्रतिवेदन र दार्शनिक तर्कले पार्टीको वैचारिक जगलाई अझ मजबुत बनाएका थिए । राष्ट्रिय स्वाधीनता, देशभक्ति र भारतीय साम्राज्यवादको विरुद्धमा उनले जेजस्ता चट्टानी अडान राखे, त्यसले नेपालको सार्वभौमिकता जोगाउने लडाइँमा आज पनि मार्गनिर्देशनको काम गरिरहेको छ ।

    २०३० साल र २०४० सालको दशकमा जब नेपालका अधिकांश राजनीतिक शक्तिहरू संसद्, सुधारवाद वा राजासँगको सम्झौताको वरिपरि रुमल्लिरहेका थिए, तब सिंहले गणतन्त्र र संविधानसभाको नारालाई संस्थागत रूपमा अगाडि सारेर देशलाई नयाँ राजनीतिक दिशा दिएका थिए । उनको दूरदृष्टि र सैद्धान्तिक स्पष्टताकै कारण नेपालका शोषित, पीडित र सर्वहारा वर्गले आफ्ना अधिकारका लागि लड्ने चेतना पाए । भूमिगत कालमा आफ्ना सहयोद्धासँगै सामान्य खाना खानु, एउटै गुन्द्र्रीमा सुत्नु र व्यक्तिगत सुखलाई तिलाञ्जली दिएर चौबिसै घण्टा पार्टीकै काममा खटिनु उनको दिनचर्या थियो । पद र प्रतिष्ठाको दौडबाट सधैँ टाढा रहेका हुनाले नै उनले आफ्नो लामो राजनीतिक जीवनमा कहिल्यै कुनै सरकारी पद वा लाभको ओहदा लिने आकाङ्क्षा राखेनन् ।

    नेपाली कम्युनिस्ट आन्दोलनमा मोहनविक्रम सिंहको यो विराट सैद्धान्तिक उचाइ र त्यागको गाथा जति गौरवपूर्ण छ, उनी वरिपरि रहेका र उनका विचारबाट दिक्षित भएका कतिपय पात्रको भूमिका भने उत्तिकै विरोधाभासपूर्ण र घातक देखिन्छ । सिंहले आफ्नो जीवनभर जुन वैचारिक जग र क्रान्तिकारी स्कुलिङ निर्माण गरे, त्यही स्कुलिङबाट हुर्किएका र उनका अत्यन्त निकट रहेका पात्रले कालान्तरमा आन्दोलनलाई ठुलो क्षति पुर्‍याए । उनीहरूले सिंहकै नीति र कार्यशैलीको रक्षात्मक अवस्थालाई आफ्ना स्वार्थअनुकूल प्रयोग गर्दै कम्युनिस्ट आन्दोलनलाई कि त उग्रतातर्फ धकेले, कि त सङ्कीर्णता र संसदीय दलदलमा फसाएर विसर्जन गरे ।

    सिंहले २०३१ सालको चौथो महाधिवेशन र पछि नेकपा (मसाल) मार्फत जुन क्रान्तिकारी कार्यकर्ताको पङ्क्ति तयार पारेका थिए, त्यसको अग्रभागमा पुष्पकमल दाहाल र डा बाबुराम भट्टराईजस्ता पात्र थिए । सिंहले उनीहरूलाई माक्र्सवादी दर्शन र वर्गसङ्घर्षको कखरा सिकाएका थिए तर सिंहकै निकट रहेर राजनीतिक रूपमा स्थापित भएका यी पात्रले अन्तत: सिंहको सैद्धान्तिक अडानलाई ‘जडसूत्रवाद’ को संज्ञा दिँदै पार्टी विभाजन गरे र त्यो चेतनालाई हठात् ‘उग्रवामपन्थी’ दिशामा मोडेर १० वर्षे हिंसात्मक युद्धमा देशलाई धकेले । सिंहले रोपेको क्रान्तिकारी बिउलाई यी पात्रले सत्ता र शक्तिको भर्‍याङ बनाए† हजारौँ गरिब र उत्पीडित जनताका छोराछोरीले ज्यान गुमाए तर अन्तत: प्रचण्ड र बाबुरामले त्यही संसदीय व्यवस्था र आत्मसमर्पणको बाटो रोजे, जसको विरुद्ध सिंहले जीवनभर वैचारिक लडाइँ लडेका थिए । आज यी पात्रहरू कम्युनिस्ट आन्दोलनको शुद्धता नष्ट गर्दै नवउदारवाद र संसदीय दाउपेचको केन्द्रमा छन्, जसले गर्दा नेपाली जनतामा कम्युनिस्ट आदर्शप्रति नै ठुलो अविश्वास पैदा भयो ।

    अर्कोतर्फ सिंहको व्यावहारिक सङ्गठन सञ्चालनमा रहेको रक्षात्मक शैली र भूमिगत संरचनाको फाइदा उठाउँदै उनीसँगै रहेका तत्कालीन र पछिल्ला सहयोद्धाले पार्टीभित्र सङ्कीर्ण गुटबन्दी संस्थागत गरे । चौथो महाधिवेशनको ऐतिहासिक उचाइपछि सिंहकै समकालीन र निकट नेता निर्मल लामासँगको तीव्र मतभेद र गुटबन्दीका कारण पार्टी फुट्न पुग्यो, जसले गर्दा तत्कालीन समयको सबैभन्दा ठुलो र आशालाग्दो कम्युनिस्ट शक्ति छिन्नभिन्न भयो । त्यसैगरी सिंहकै विचारलाई अक्षरश: पछ्याउने केही नेताहरूले पार्टीभित्र ‘अन्धभक्ति’ र ‘यथास्थितिवाद’ लाई बढावा दिए । सिंहको वैचारिक उचाइलाई ढाल बनाएर उनीहरूले पार्टीभित्र फरक मत राख्ने, अलि प्रखर वा सिर्जनशील सोच्ने युवा नेताहरूलाई ‘गद्दार’ को बिल्ला भिराएर पाखा लगाउने काम गरे । भक्तबहादुर श्रेष्ठदेखि पछिल्लो समयका अनेकौँ नेतासम्म आइपुग्दा पार्टी दर्जनौँपटक फुट्नुको पछाडि सिंहको नाममा गुट चलाउने यिनै निकटस्थ पात्रको हठ जिम्मेवार छ । यसले गर्दा देशव्यापी प्रभाव राख्ने क्रान्तिकारी धार आज केही सीमित क्षेत्रमा मात्र खुम्चिन पुग्यो ।

    बुढ्यौली उमेरमा आइपुग्दा मोहनविक्रम सिंहको दशकौँ लामो निष्ठा, सादगी र त्यागमाथि सबैभन्दा ठुलो क्षति र प्रहार उनी वरिपरि निर्मित पारिवारिक र संसद्वादी घेराले गरेको देखिन्छ । हिजोका दिनमा सिंहले संसद् र बुर्जुवा व्यवस्थालाई “खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने थलो” भन्दै यसको घोर भत्र्सना गरेका थिए तर पछिल्लो समय अवसरवादी महत्त्वाकाङ्क्षा हावी हुँदा त्यो विरासतलाई कमजोर गराउने काम भयो । सिंहको विराट इमानदारिताको फाइदा उठाएर उनी वरिपरि बस्ने पात्रहरूले राष्ट्रिय जनमोर्चा र मसाललाई विभिन्न आकाङ्क्षा राखेर विवाद गर्दा कमजोर बनाउने र छिन्नभिन्न गर्ने काम गरे र उनीहरू नै पार्टी छोडेर हिँडे ।

    यसरी समग्रतामा हेर्दा मोहनविक्रम सिंह नेपाली कम्युनिस्ट आन्दोलनका एक यस्ता अन्तर्विरोधपूर्ण र दुखान्त व्यक्तित्व हुन्, जसले विचारको बिउ त निकै उत्तम र शुद्ध रोप्नुभयो तर त्यसको गोडमेल गर्ने र फल फलाउने बेलामा सधैँ आफ्नै कनिष्ठ, गुटबन्दीका खेलाडी र अवसरवादी पात्रको सिकार बन्नुभयो । प्रचण्ड–बाबुरामजस्ता पात्रले उनको क्रान्तिकारी चेतनालाई उग्रता र पछि विसर्जनतर्फ लगे भने त्यसयताका पात्रले निष्ठालाई सङ्कीर्णता र संसदीय सौदाबाजीको घेराभित्र बन्धक बनाउँदै पार्टीलाइ टुटफुट र विभाजनको बाटोमा लगे । फलस्वरूप सिंहको व्यक्तिगत सादगी, विराट दार्शनिक ज्ञान, ओजपूर्ण साहित्य सिर्जना, प्रवासको ऐतिहासिक भूमिगत सङ्घर्ष र जीवनको अन्तिम घडीसम्म देश र जनताका लागि सुम्पिएको ७० वर्षभन्दा लामो यो अभूतपूर्व त्याग इतिहासमा सधैँ एक आदरणीय आदर्शका रूपमा सुरक्षित रहे तापनि उनी वरिपरि रहेका यिनै पात्र र प्रवृत्तिको सङ्कीर्णताका कारण समग्र नेपाली कम्युनिस्ट आन्दोलन व्यावहारिक र सङ्गठनात्मक रूपमा रक्षात्मक, कमजोर र छिन्नभिन्न हुन पुग्यो ।

    शुक्रबार, साउन ०८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.