• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

  • ६. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ९. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • १०. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब


  •   शुक्रबार, असोज ०२, २०८३ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय सभाका सदस्य तुलप्रसाद विश्वकर्माले सहायक प्रजनन प्रविधिको दुरुपयोग रोक्न सरकारलाई तत्काल कठोर र स्पष्ट कानुनी व्यवस्था गर्न दबाब दिएका छन्। प्रविधिको नाममा डिम्ब निकाल्ने, बेचबिखन गर्ने तथा किशोरीहरूलाई प्रलोभनमा पारेर मानसिक र शारीरिक शोषण गर्ने गतिविधि भइरहेको भन्दै उनले राज्य मुकदर्शक बन्न नहुने बताएका हुन्।

    Advertisement

    राष्ट्रिय सभामा सांसद गरिमा शाहले प्रस्तुत गरेको संकल्प प्रस्तावमाथिको छलफलमा बोल्दै विश्वकर्माले सहायक प्रजनन प्रविधिको अनियन्त्रित प्रयोगले नेपाली समाजमा गम्भीर समस्या निम्त्याउन थालेको दाबी गरे।

    उनले विज्ञान र प्रविधि आफैं समस्या नभए पनि त्यसको दुरुपयोग राज्यका लागि चुनौती बन्न सक्ने बताए। “विज्ञान र प्रविधिको सदुपयोगले मानव समाजलाई सहज बनाउँछ, तर यसको दुरुपयोगले मानव समाजलाई नै कठिन र कष्टदायक बनाउन सक्छ,” उनले भने।

    विश्वकर्माले विशेषगरी आर्थिक तथा सामाजिक रूपमा कमजोर वर्गका महिला तथा किशोरीलाई लक्षित गरी सहायक प्रजनन प्रविधिको नाममा हुने सम्भावित शोषणप्रति सरकारको ध्यानाकर्षण गराए। डिम्ब संकलनदेखि त्यसको कारोबारसम्मका गतिविधिलाई प्रभावकारी रूपमा नियमन गर्न नसकिए प्रविधिको आवरणमा मानव शोषण मौलाउन सक्ने उनको भनाइ थियो।

    “कानून नहुँदा वा भएको व्यवस्था पर्याप्त नहुँदा प्रविधिको दुरुपयोग रोकिँदैन। सरकारले तत्काल यससम्बन्धी विस्तृत कानून ल्याउनुपर्छ,” विश्वकर्माले जोड दिए।

    उनले सहायक प्रजनन प्रविधिको प्रयोग कसले, कुन अवस्थामा र कस्तो कानुनी मापदण्डभित्र रहेर गर्न पाउने भन्ने विषय स्पष्ट पार्नुपर्ने बताए। साथै, कमजोर आर्थिक अवस्था भएका समुदाय र किशोरीलाई प्रलोभनमा पारेर गरिने सम्भावित शोषण रोक्न राज्यले विशेष सुरक्षा र नियमनको व्यवस्था गर्नुपर्ने उनको माग छ।

    विश्वकर्माले संकल्प प्रस्तावले उठाएका विषयलाई केवल संसद्को छलफलमा सीमित नराखी सरकारले कानुन निर्माणको ठोस प्रक्रियामा लैजानुपर्ने बताए। “संकल्प प्रस्तावले उठाएका विषयलाई सम्बोधन गर्ने गरी सरकारले तत्काल व्यवस्थित कानून बनाओस्,” भन्दै उनले प्रस्तावप्रति पूर्ण समर्थन जनाए।

    सहायक प्रजनन प्रविधिको नियमनसम्बन्धी स्पष्ट कानुनी आधार निर्माण गर्नुपर्ने मागसँगै विश्वकर्माको अभिव्यक्तिले यस क्षेत्रमा प्रविधिको पहुँचसँगै मानव अधिकार, महिला तथा किशोरीको सुरक्षा र सम्भावित शोषण नियन्त्रणको प्रश्नलाई संसद्को बहसको केन्द्रमा ल्याएको छ।

    शुक्रबार, असोज ०२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

    • ६.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.