• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

  • ६. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ७. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ८. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ९. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • १०. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

राष्ट्रिय सार्वभौमिकतासामु अमेरिकी हस्तक्षेप बढ्दो


  •   मङ्गलबार, भदौ ३०, २०८३ मा प्रकाशित
  • (वर्ष १८, अङ्क २, २०८३ भदौ ३१ गते बुधबारको सम्पादकीय)

    Advertisement

    सेप्टेम्बर ९, २०२६ तदनुसार २०८३ भदौ २४ गते अमेरिकी पत्रिका ‘द ग्रे जोन’ ले नेपालसित सम्बन्धित एउटा सामग्री प्रकाशन गर्‍यो । त्यो सामग्री मुख्यत: रसुवाबाढीमा विदेशी उद्धारकर्तालाई प्रवेश नदिइएको असन्तुष्टिसित सम्बन्धित थियो । भदौ १० गते भोटेकोशी–त्रिशूलीमा बाढी आएपछि नेपाल सरकारले तत्कालै विदेशी उद्धारकर्तालाई प्रवेश दिएन । केही दिनपछि भने शर्तसहित उनीहरूलाई प्रवेश दिइयो । फलस्वरूप पछिल्लो समयमा विदेशी उद्धारकर्तासमेतको पहलमा जलविद्युत् आयोजनका बेपत्ताको उद्धार भइरहेको छ । ‘द गे्रे जोन’ ले आफ्नो सामग्रीमा विदेशी उद्धारकर्तालाई प्रवेश नदिइएकोमा आलोचना मात्रै गरेको छैन, त्यससँगै बालेन्द्र सरकारले राहत र उद्धारमा अनियमिततासमेत गरेको आरोप पनि लगाएको छ । त्यति मात्रै होइन, सो सामग्रीमा जेनजी प्रदर्शनमा अमेरिकी संस्था एनइडी (नेसनल इन्डाउमेन्ट फर डेमोक्रेसी) लगायतको आर्थिक सहयोगमा रास्वपा सत्तामा आएको उल्लेख छ । सामग्रीको आसय छ : अमेरिकाको इन्ट्रेस्टमा जुन शक्ति अहिले सरकारमा छ, तिनीहरूले अहिले रसुवाबाढीको सन्दर्भमा उद्धार गर्न अमेरिकासमेतलाई रोके । त्यससँगै यो आसय पनि प्रष्ट छ : गतकालका राष्ट्रिय विपत्तिमा आरोप लगाइने गरिएजस्तै अहिले पनि पश्चिमा शक्ति र अमेरिका उद्धार वा सहयोगको नाममा नेपालको उत्तरी सिमानामा निगरानी गर्न चाहान्थे तर त्यस्तो हुन सकेन । यस्तो निगरानी चीनको विरुद्धमा हुने स्पष्ट छ ।

    गत साल भदौ २३–२४ गतेको जेनजी प्रदर्शन शङ्कास्पद थियो । हालसम्मका तथ्यका आधारमा सरकारको कुनै निकायले गोली चलाउन आदेश नदिए पनि पहिलो दिन गोली चल्नु, दोस्रो दिन प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि पनि देशका ऐतिहासिक र प्रशासनिक भौतिक संरचना ध्वस्त हुनु, प्रदर्शनमा टिओबीको उपस्थिति हुनु, नेपाली सेनाको सक्रियता बढ्नु, यहाँसम्म कि उसले सरकार बनाउन आह्वान गर्नु, यस्तो सरकार गठनमा राजावादी शक्तिलाई समेत बोलाइनु, राजनीतिक दलका कार्यालय र नेपाल प्रहरी निसानामा पर्दा सेना, पूर्व राजा र विदेशी निकायका कार्यालय जोगिनु, राष्ट्रपति र प्रधानमन्त्रीलाई सेनाले राजीनामा दिन सल्लाह दिनु, हालका प्रधानमन्त्री तथा काठमाडौँ महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाहले सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपतिको कार्यालय ध्वस्त गर्दा तमासे बन्नु, उनले दमकलसम्म नपठाउनु बरु ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले दमकल पठाउनु, अन्तरिम सरकारमा बार्बरा फाउन्डेसनले सक्रिय भूमिका खेल्नु—यस्ता धेरै अस्वाभाविक क्रियाकलापले जेनजी प्रदर्शन शङ्काको घेरामा थियो । अहिले ‘द ग्रे जोन’ ले गत वर्ष डिसेम्बर १०, २०२५ मा र अहिले प्रकाशन गरेका दुइटा रिपोर्टले जेनजी आन्दोलनबारे कैयौँ तथ्य सार्वजनिक गरेको छ । अमेरिकाले हिन्दप्रसान्त रणनीतिमार्फत चीन घेर्ने रणनीति अपनाइसकेपछि त्यसलाई व्यवहारमा मूर्त रूप दिन खासगरी युवालाई प्रायोजित गरेको, त्यस क्रममा सो पत्रिकाले बालेन्द्र शाह, रवि लामिछाने, सुधन गुरुङ र रवि लामिछानेको नाम नै किटानी गरेको छ । सामग्रीमा नेपालमा करिब तीन दर्जन यस्ता व्यक्ति प्रायोजित गरिएको उल्लेख छ ।

    जेनजी प्रदर्शनको वर्षदिन पूरा हुँदासम्म कैयौँ तथ्य बाहिर आएका छन् । यी तथ्यको आधारमा नेपालको राजनीतिमा पछिल्लो समय अमेरिका र पश्चिमा शक्तिहरू हावी हुन थालेको देखिन्छ । ‘द ग्रे जोन’ को रिपोर्टमा उल्लेख गरेझैँ एकातिर अमेरिकाले हिन्दप्रसान्त रणनीति अपनाउनु, अर्कोतर्फ भारत र चीनले गठबन्धन बनाउने सम्भावना बढेकोमा चीन घेर्न नेपालको महङ्खव धेरै नै बढेको छ । तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अमेरिका भ्रमणमा गएका बेला उसले त्यो तथ्य प्रस्तुत गरेको पनि थियो । यस आधारमा हाम्रो देशको राष्ट्रिय सार्वभौमिकतामाथि भारतीय साम्राज्यवादसँगै अमेरिकी र पश्चिमा शक्तिको हस्तक्षेप बढेर गएको देखिन्छ । अहिलेको बालेन्द्र सरकार त्यही योजनामुताविक गठन भएको हो । यस विषयमा देशभक्त नेपाली जनतामाझ उच्चस्तरको सजगताको आवश्यकता छ ।

    मङ्गलबार, भदौ ३०, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली राजनीति र नियति
    धर्मप्रति मजदुरको धारणा
    दाङबाङ : पहिचान, भूगोल र सम्भावना
    रसुवाबाढीसम्बन्धी २९ तथ्यको निष्कर्ष : ‘ग्लोबल वार्मिङ’ नियन्त्रण गरौँ
    हरेक चुनौतीको सामना गर्दै निरन्तर अगाडि बढ्नेछौँ
    विशेष सम्पादकीय

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      रसुवाबाढीमा बेपत्ता कार्कीको कुशको शव बनाएर संस्कार गरिँदै

    • ६.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.