पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्रीका उम्मेदवार कृष्णचन्द्र पोखरेल नेपालीको पक्षमा प्रदेश प्रमुखलाई ३१ सांसदको हस्ताक्षर बुझाइएको छ । सांसदहरु आफैँ उपस्थित भएर बुझाएको हस्ताक्षरलाई प्रदेश प्रमुख सीता पौडेलको कार्यालयले सनाखतसमेत गरेको छ।
विपक्षी गठबन्धनका तर्फबाट अघि सारिएका नेपाली कांग्रेस संसदीय दलका नेता पोखरेललाई कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र सांसद दीपक मनाङेसहित ३१ जनाले समर्थन गरी हस्ताक्षर गरी बुझाएका हुन्। कांग्रेसका सचेतक मणिभद्र कँडेलले हस्ताक्षर सनाखत भएको र प्रदेश प्रमुखले भोलि बोलाएको जानकारी दिनुभएको छ ।
६० सदस्यीय प्रदेश सभाका बहुमत सदस्य उनको पक्षमा देखिएका छन्।नेपाली कांग्रेसका १५, माओवादीका ११ (सभामुखबाहेक), राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र निर्वाचित भएका दीपक मनाङे गरी उहाँको पक्षमा ३१ जनाको समर्थन जुटेको हो ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पाउँ भन्ने प्रस्तावमाथि बिहीबार प्रदेश सभामा मतदान भएको थियो । गुरुङको प्रस्तावमा बहुमत प्राप्त नभएपछि उहाँ स्वतः पदमुक्त हुनुभएको छ । त्यसपछि नयाँ मुख्यमन्त्री चयन प्रक्रिया सुरु भएको हो ।
सम्भवतः भोलि नै कृष्णचन्द्र पोखरेललाई नयाँ मुख्यमन्त्रीमा नियुक्त गरी सपथ ग्रहण गराइने सम्भावना रहेको एक सांसदले जनाएका छन् ।
यी हुन् हस्ताक्षर गर्ने सांसदहरु

यो पनि…
गण्डकी प्रदेश प्रमुखद्वारा मुख्यमन्त्रीको दाबी गर्न आह्वान, विपक्षी दल तयार
गण्डकी प्रदेश सांसद कृष्ण थापा बर्खास्त
गण्डकीका मुख्यमन्त्री गुरुङ पदमुक्त
वामपन्थीलाई दिएको समर्थन फिर्ता गर्नुपर्ने अवस्था रहर होइन, बाध्यताः सांसद थापा (भिडियो)
गण्डकीको सत्ता संघर्ष थप रोचक, दीपक मनाङे ‘निर्णायक’