तिलक थापा, बागलुङ ।
राष्ट्रिय जनमोर्चा बागलुङले ‘बिघटित प्रतिनिधि सभा पुर्नस्थापना गर, गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौं, संघीयता र भ्रष्टाचार बिरुद्ध संघर्ष गरौं ।’ भन्ने मुल नाराका साथ सञ्चालित बिशेष संगठनात्मक अभियान २०७७ पौष २२गते राङखानी, मल्म र गादीखोलामा सम्पन्न भएको छ ।
कार्यक्रम अन्तरगत टोली नं.१ ले जैमिनी नगरपालिका वडा नं.१० राङखानीको ब्यार्थलामा वडा प्रशिक्षण भेला सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढुङगानाले प्रधानमन्त्री केपी ओलीले समृद्ध नेपाल, सुखी नेपाली र राजनैतिक स्थिरता कायम गर्ने सपना देखाएर जनताको झण्डै दुई तिहाई जनमतलाई धोका दिएको बताउनु भयो । संसद बिघटन असंवैधानिक, अलोकतान्त्रीक कदम भएकोले सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरेर जनताको विश्वाश जगाउनु पर्ने बताउदै नेपाली जनताहरुले कुनै पनि हालतमा निरङकुशतालाई स्वीकार नगर्ने बताउनु भयो ।

त्यस्तै, राजमो केन्द्रीय सदस्य दिल बहादुर दर्जी, राजमो परिषद् सदस्य तथा अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष तिलक थापा, अखिल नेपाल जनजाती सम्मेलनका पूर्व केन्द्रीय सल्लाहकार नर बहादुर पुन, राजमो बागलुङका सचिवालय सदस्य तथा बरेङ गाउँपालिका अध्यक्ष कृष्ण प्रशाद शर्मा, राजमो बागलुङका सदस्य तथा बरेङ गाउँ समितिका अध्यक्ष हिरा बहादुर थापाले पनि सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रममा राजमो जिल्ला सदस्य लिला देबि शर्मा, जिल्ला सदस्य तथा जैमिनी नगर कार्यपालिका सदस्य दिल कुमारी श्रीस, अखिल नेपाल किसान संघ बागलुङका सचिव बिरेन्द्र थापा, अखिल नेपाल युवक संघ बागलुङका उपाध्यक्ष कृष्णराज शर्मा सञ्जाल, अखिल नेपाल जनजाती सम्मेलन बागलुङका अध्यक्ष लाल बहादुर पुन, वडा सदस्य कल्पना बिक, राजमो राङखानीका सल्लाहकार टेक बहादुर श्रीस लगायतको आतित्थ्यता रहेको थियो ।
कार्यक्रम वडा समितिका अध्यक्ष टिकाराम आचार्यको अध्यक्षता, दान बहादुर थापाको सञ्चालन र वडा न. १० का वडा अध्यक्ष नर बहादुर थापाको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो । बुधबार नै राजमो बागलुङका जिल्ला सदस्य डिल बहादुर श्रीसको प्रमुख आतित्थ्यतामा जैमिनी वडा नं ८ छिस्तीको केवै खोलाखानी टोल भेला वडा समिति ८ का अध्यक्ष जिवन पुनको अध्यक्षता र राम बहादुर श्रीसको सञ्चालनमा सम्पन्न भएको छ । भेलाले झक बहादुर क्षेत्रीको अध्यक्षतामा १७ सदस्यीय समिति र ३ सदस्यीय सल्लाहकार चयन गरेको छ ।
टोली नं. २ ले गलकोट नगरपालिका वडा नं. ९ मल्मको गल्याङमा वडा प्रशिक्षण भेला सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका बागलुङका अध्यक्ष अमर थापा, अतिथिहरुमा उपाध्यक्ष धर्म बहादुर कुँवर, सचिव भिमलाल पोखरेल, जिल्ला सल्लाहकार बेदीलाल सापकोटा, राष्ट्रिय जनमोर्चा गलकोटका अध्यक्ष टंक बहादुर केसी, अखिल नेपाल महिला संघका यसोदा थापाले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा राजमो जिल्ला सदस्य बिष्णु बस्नेत, राजमो गलकोट ७ का अध्यक्ष दल बहादुर थापा, अखिल छैठौंका मनिष कडेल, राजमो गलकोट ८ का अध्यक्ष चुरामणि कडेल, जातिय समता समाजका मीन बहादुर दर्जी, अखिल नेपाल शिक्षक संघका रामकान्त गौतम, अखिल नेपाल युवक संघका दान बहादुर के।सी लगायतको आतित्थ्यता रहेको थियो । कार्यक्रम रुमाकान्त गौतमको अध्यक्षता, नारायण सापकोटाको सञ्चालन र लक्ष्मण सापकोटाको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।
टोली नं. ३ ले ढोरपाटन नगरपालिका वडा नं. ६ को गादीखोलामा वडा प्रशिक्षण भेला सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका पुर्व केन्द्रीय सचिव कृष्ण अधिकारी, अतिथि जनमोर्चाका राष्ट्रिय परिषद् सदस्य तथा जिल्ला सल्लाहकार गौरीश्वर पाण्डे, अखिल नेपाल युवक संघका केन्द्रीय कोषाध्यक्ष भिमसेन वन, राष्ट्रिय जनमोर्चा बागलुङका सदस्य तथा ढोरपाटन नगर अध्यक्ष दिपक थापा, अखिल नेपाल शिक्षक संघ बागलुङका उपाध्यक्ष दुर्गा बहादुर भण्डारी, अखिल नेपाल महिला संघका सुनमाया घर्ती, अखिल नेपाल शिक्षक संघका प्रतिनिधि देबेन्द्र छन्त्यालले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा ढोरपाटनका सदस्य कुल बहादुर छन्त्याल, अखिल नेपाल शिक्षक संघका खुम बहादुर अदै, राजमोका मिम बहादुर बुढा, अखिल नेपाल जनजाती सम्मेलन ढोरपाटनका अध्यक्ष ओम प्रकाश बुढा लगायतको आतित्थ्यता रहेको थियो । कार्यक्रम वडा समितिका अध्यक्ष सह बहादुर छन्त्यालको अध्यक्षता, तुल्सीराम खरेलको सञ्चालन र अमर बहादुर बुढाको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो ।
यो पनि
विशेष संगठनात्मक अभियान : राजमाेमा प्रवेशकाे लहर
बागलुङको विशेष संगठनात्मक अभियान धुल्लुबास्कोट र खुङ्गामा
तीब्ररुपमा अगाडि बढ्दै राजमो बागलुङको बिशेष संगठनात्मक अभियान
बागलुङमा जारी विशेष संगठनात्मक अभियान सुखाैरा र झिम्पामा
राष्ट्रिय जनमोर्चा बागलुङले तय गर्यो जिल्लाब्यापी संगठनात्मक अभिया