• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

राष्ट्रियसभाः मूल्यवृद्धि नियन्त्रण गर्न माग

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ५. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ६. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ७. सर्वदलीय बैठक जारी

  • ८. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

  • ९. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • १०. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

पोखरामा रिमको भूमिगत प्लेनम

"सङ्क्षिप्त संस्मरण–६ "

  •   बुधबार, चैत ०८, २०७९ मा प्रकाशित
  • मोहनविक्रम सिंह ##
    सन् १९८४ मा रिम (रिभोल्युसनरी इन्टरनेसनलिस्ट मुभमेन्ट) को स्थापना सम्मेलन भएको थियो । त्यो प्लेनम पेरिसभन्दा तीन/चार सय माइल दक्षिणतिरको कुनै गाउँमा भूमिगत रूपले सम्पन्न भएको थियो । त्यो स्थापना सम्मेलनमा सन् १९७६ को चीनको प्रतिक्रान्तिपछि विश्व कम्युनिस्ट आन्दोलनमा देखा परेको दक्षिणपन्थी भड्कावका विरुद्ध विशेष रूपले विचार गरिएको थियो ।

    Advertisement

    त्यो सम्मेलनको नेकपा (मसाल) पनि एउटा संस्थापक सदस्य थियो र हाम्रो पार्टीको तर्फबाट म त्यसमा प्रतिनिधि भएर गएको थिएँ । त्यो सम्मेलनमा भारत, इटली, बङ्गलादेश, पेरू, ब्रिटेन, कोलम्बिया, युएसए, इरान, डोमिनिकन रिपब्लिक, हाइटी, टर्की, श्रीलङ्का र नेपालसमेत १९ देशका माक्र्सवादी–लेनिनवादी पार्टी वा सङ्गठन सामेल थिए । त्यो सम्मेलन करिब एक महिनाजति चलेको थियो र त्यसले रिमको एउटा घोषणापत्र पनि पारित गरेको थियो । त्यो सम्मेलनमा करिब करिब सबै स्वयम्सेवक टर्कीबाट नै आएका युवकयुवती नै थिए ।

    त्यो सम्मेलनको बेलामा श्रीलङ्काका वरिष्ठ कम्युनिस्ट नेता का. सम्मुख दासम र म एउटै कोठामा बस्दथ्यौँ र उहाँका र मेरा विचार धेरै मिल्दथे । खास गरेर स्टालिनबारे हाम्रो सोचाइमा पूरै समानता थियो ।

    त्यो पूरै सम्मेलनमा हाम्रो पार्टीले कडा सैद्धान्तिक सङ्घर्ष गर्नुपरेको थियो । त्यो सम्मेलनको मुख्य नेतृत्व आरसिपी युएसएले नै गरेको थियो । त्यसका सोचाइ बढी ट्राटस्कीवादी प्रकारका थिए (हेर्नुहोस, रिम र माओवादीको कथित जनयुद्ध, पृ. १९९) । सम्मेलनमा पनि उनीहरूले कतिपय प्रश्नमा त्यही प्रकारका विचार प्रस्तुत गरेका थिए । खास गरेर स्टालिनका विरुद्ध उनीहरूले कडा आक्रमण गरेका थिए । त्यस प्रकारको सोचाइका विरुद्ध हाम्रो पार्टीले एक महिनासम्म लगातार र कडा सङ्घर्ष गर्नुपरेको थियो । त्यो सम्मेलनमा हाम्रो पार्टीले प्रकट गरेका विचारबारे सम्मेलनको अन्तमा मैले एउटा “विरोधपत्र” (नोट अफ डिसेन्ट) पनि प्रस्तुत गरेको थिएँ (हेर्नुहोस्, उही, पृ. २८) ।
    वास्तवमा रिमको स्थापनापछि पुगनपुग करिब एक दसकसम्म हामीले रिमभित्र लगातार सैद्धान्तिक सङ्घर्ष गरिरहनुपर्‍यो । (त्यो बेला रिमभित्र भएको त्यस प्रकारको अन्तरसङ्घर्षसम्बन्धी सबै दस्तावेज “टू लाइन स्ट्रगल विदिन रिम” मा विस्तृत रूपले दिइएका छन् ।

    पछि रिमको कमिटीले ‘माओत्सेतुङ विचारधारा’ को ठाउँमा ‘माओवाद’ ल्याउने प्रस्ताव अगाडि ल्यायो । त्यो विचारका विरुद्ध पनि हाम्रो पार्टीले कडा सङ्घर्ष गर्‍यो । रिमको कमिटीले त्यसबारे विचार गर्नका लागि एउटा प्लेनम बोलाउने ठेगान गर्‍यो ।

    त्यो प्लेनम कहाँ बोलाउने ? त्यसबारे रिममा धेरै छलफल भयो । मैले त्यो प्लेनम नेपालमा आयोजना गर्न सकिन्छ भन्ने प्रस्ताव राखेँ र त्यो प्रस्ताव स्वीकृत पनि भयो । हामीले त्यो प्लेनम भूमिगत रूपले नै गर्नुपर्ने थियो । त्यसका लागि हामीले नेपालका कैयौँ ठाउँबारे विचार गर्‍यौँ । ती ठाउँमध्ये एउटा प्युठानको ओखरकोट थियो र अर्को गौमुखीको खरा–अर्खा पनि थियो । त्यहाँ पुग्नका लागि यातायातको कठिनाइ हुन्छ र कैयौँ विदेशी मानिसलाई त्यहाँ जान मुस्किल पर्दछ भन्ने सोचेर हामीले ती गाउँमा प्लेनम गर्ने विचारलाई खारेज गर्‍यौँ । हामीले सोचेको अर्को ठाउँ प्युठान बड्डाँडाभन्दा पारिपट्टिको अमरे थियो । त्यहाँ पनि एक महिनासम्म कैयौँ विदेशीहरू बस्दा कार्यक्रमलाई गोप्य राख्नु कठिन हुन्छ भन्ने सोचेर त्यो ठाउँलाई पनि खारेज गरियो ।

    अन्तमा त्यो प्लेनम पोखरामा गर्ने समझदारी बन्यो । पोखरा एउटा पर्यटकीय केन्द्र थियो । त्यसैले त्यहाँ विदेशीहरू बस्दा कुनै शङ्का हुँदैनथ्यो । त्यहाँ एक महिनाका लागि एउटा होटल बुक गरियो र त्यहीँ नै रिमको प्लेनम भूमिगत रूपले सम्पन्न भयो ।

    त्यो प्लेनममा रिमका साथीहरूले सबैभन्दा ठुलो समस्या म नै भएको विचार गरे किनभने कुनै मानिसले मलाई चिनेमा गोप्यता भङ्ग हुन सक्दथ्यो । त्यसैले उनीहरूले मलाई महिनाभरि नै एउटा कोठामा राखे । बैठक हुने बेलामा म हलमा जान्थेँ तर अरू बेलामा म कोठामा एक्लै नै बस्नुपर्दथ्यो ।

    त्यो सम्मेलनमा माओवादी (त्यो बेलासम्म उनीहरूको नाम अझै माओवादी रहिसकेको थिएन) का तर्फबाट का. प्रचण्ड र का. सिपी गजुरेल प्रतिनिधि भएर जानुभएको थियो । त्यो प्लेनममा हाम्रो पार्टीका तर्फबाट तीन जना स्वयम्सेवक जानुभएको थियो : का. दुर्गा पौडेल, का. डिलाराम आचार्य र का. नारायण योगी ।

    पोखरामा त्यो कार्यक्रम लेकसाइडको कुनै होटेलमा भएको थियो । म त त्यो कार्यक्रमभरि कोठामा नै ‘नजरबन्द’ भएर बस्नुपरेको थियो । त्यसैले त्यो प्लेनम भएको होटेल कुन थियो ? मलाई थाह हुन सक्दैनथ्यो । पोखरामा गएको बेलामा म दुर्गालाई लगेर त्यो होटल खोज्न गएँ तर त्यो होटल पत्ता लाग्न सकेन । अहिलेसम्म पनि त्यसबारे केही जानकारी प्राप्त हुन सकेको छैन ।

    त्यो प्लेनम एक महिनाजति चलेको थियो । त्यो पूरै प्लेनमभरि अरू सबै प्रतिनिधिहरू प्रचण्ड र गजुरेलसमेत आरसिपी युएसएको लाइन र ‘माओवाद’ को पक्षमा थिए भने महिनाभरि नै मैले एक्लै उनीहरूका विरुद्ध सङ्घर्ष गर्नुपरेको थियो ।

    मेरा लागि त्यो अत्यन्त तनावपूर्ण स्थिति थियो । दिनभरि कतै घुम्न जान पनि नपाउने र राति अबेरसम्म लगातार सङ्घर्ष गरिरहनुपर्ने । कुनै कुनै बेला रात परेपछि म छतमा केही बेरका लागि जान पाउँथे । त्यहाँ पार्टीका तर्फबाट स्वयम्सेवक भएर आएका डिलाराम आचार्य, नारायण योगी र दुर्गा पौडेलमध्ये कसैलाई पनि मसित भेट गर्न दिइदैनथ्यो । खालि एकपल्ट दुर्गासित १०–१५ मिनेट मात्र भेट गर्न दिइएको थियो ।

    त्यो प्लेनममा सर्वप्रथमत: ‘माओत्सेतुङ विचारधारा’ र ‘माओवाद’ बारे नै बढी छलफल चल्यो तर मेरो एकमतका विरुद्ध बहुमतले त्यो प्लेनमले ‘माओवाद’ को प्रस्तावलाई स्वीकार गर्‍यो । त्यो प्लेनममा मैले ‘स्टालिन’ सम्बन्धी एउटा प्रस्ताव पनि राखेको थिएँ (हेर्नुहोस्, उही, पृ. १०२) । त्यो प्रस्तावलाई पनि प्लेनमले अस्वीकार गर्‍यो ।

    पोखरामा सम्पन्न प्लेनमपछि रिमले आफ्नो एक जना प्रतिनिधिलाई हामीसित कुरा गर्न नेपालमा पठाएको थियो । रिमको प्रतिनिधिसित का. चित्रबहादुर केसी र मेरो लामो कुराकानी भएको थियो (हेर्नुहोस्, उही, पृ. ९५) । उनले हामीलाई माओवाद मान्न र नेपालमा सशस्त्र सङ्घर्ष सुरु गर्न धेरै नै जोड दिएका थिए तर हामीले उनको प्रस्तावलाई अस्वीकार गरेका थियौँ ।

    १९९६ अगस्ट २१ मा रिमको कमिटीले हाम्रो पार्टीलाई एउटा पत्र पठाएको थियो । त्यसमा लेखिएको थियो : “तपाईंको पार्टीले बारम्बार र जोडदार प्रकारले हाम्रो आन्दोलनले लिएको अडान (माओवाद) को विरोध गरिरहेको छ ।” त्यसपछि हामीलाई यो ‘अल्टिमेटम’ दिइएको थियो : “तपाईंको पार्टीले रिमको सैद्धान्तिक अडान (माओवाद) को विरोध कायम राखेमा…. तपाईंहरूले स्वेच्छापूर्वक रिमबाट राजीनामा दिनु नै सैद्धान्तिक बाटो हुने छ” (हेर्नुहोस्, “टू लाइन स्ट्रगल विदिन रिम”, पृ. १४१) ।

    त्यसपछि हाम्रो पार्टीको सन् १९९६ अक्टोबर २४ मा बसेको केन्द्रीय समितिको बैठकले ‘माओत्सेतुङ विचारधारा’ प्रतिको समर्थन र ‘माओवाद’ प्रतिको विरोधलाई कायम राख्ने तथा रिमबाट राजीनामा पनि नदिएर आफ्नो अन्तरसङ्घर्षलाई कायम राख्ने निर्णय गर्‍यो । हामीले रिमको कमिटीलाई त्यही प्रकारको जवाफ पठायौँ । त्यसपछि रिमको कमिटीले हाम्रो पार्टीलाई रिमबाट निष्काशित गर्‍यो । सन् १९९८ मा रिमको मुखपत्र “अ वल्र्ड टू विन” मा “अन द एक्सपल्सन अफ द नेपाल कम्युनिस्ट पार्टी (मसाल) फ्रम रिम” शीर्षकले एउटा लामो लेख प्रकाशित गरेर हाम्रो पार्टीलाई रिमबाट निष्कासित गरेको औपचारिक घोषणा गरियो । त्यो लेखको अन्तमा लेखिएको थियो : “हामीहरू नेकपा (मसाल) का विभिन्न तहका कार्यकर्तालाई एमबी सिंहको क्रान्ति विरुद्धको आक्रमणबाट आफूलाई अलग राख्न र शोषण र दमन विरुद्धको स्वतन्त्र संसारको पक्षमा अग्रसर नेपालको जनयुद्धमा जुट्न आह्वान गर्दछौँ ।”

    पछि माओवादी र रिमका बिचमा पनि अन्तरविरोध बढेर गयो र त्यसबारे उनीहरूका बिचमा कैयौँ पत्रव्यवहार भए (हेर्नुहोस्, उही पृ. ८०) । त्यसपछि माओवादी पनि रिमबाट अलग भयो । अब स्वयम् रिमको नै एक प्रकारले विघटन भइसकेको छ । लन्डनमा त्यसको एउटा कार्यालय छ भन्ने सुनिन्छ तर अब त्यसको कहीँ कुनै गतिविधि भएको पाइँदैन ।

    पछि हाम्रो पार्टी आई.सी. मा सामेल भयो तर त्यसमा पनि पहिले रिमसित सम्बन्धित कैयौँ पार्टी सामेल भएका थिए र उनीहरूसित हाम्रो पार्टीको लगातार तीव्र सैद्धान्तिक सङ्घर्ष चलिरह्यो । सन् २०१० मा जर्मनीमा आई.सी.ओ.आर. (इन्टरनेसनल कोअर्डिनेशन अफ रिभोलुसनरी पार्टिज् एन्ड अर्गनाइजेसन्स) गठन भयो । हाम्रो पार्टी पनि त्यसको संस्थापक सदस्य थियो । त्यो सङ्गठन अहिले पनि कायम छ । त्यसमा संसारका करिब ४७ ओटा पार्टी र सङ्गठन छन् ।

    मिति २०७९ चैत ५ गते

    कौछे खण्डको जङ्गल र विश्वको सुगा

    ‘का. पाकेटमार’

    मद्रासको सेन्टर जेलमा

    स्तानबुल

    कुमाउको निषेधित क्षेत्रमा

    मेरा पुस्तक र रचनाहरू कहाँ र कसरी हराउने गरेका छन ?

    बुधबार, चैत ०८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आलेखः एउटै घरभित्र तीन दशकको इतिहास
    ‘अग्निस्पन्दन’ कवितासङ्ग्रहको शल्यक्रिया
    आदर्शको पहाड
    रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न
    वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
    लघुकथा : प्रकृति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ५.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    भर्खरै

    • १.
      प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

    • २.
      स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

    • ३.
      करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

    • ४.
      आलेखः एउटै घरभित्र तीन दशकको इतिहास

    • ५.
      त्रिपुरेश्वरमा रिद्धिसिद्धी यातायातको बसमा आगलागी

    • ६.
      न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु

    • ७.
      दुई दिन बिदाले सेवा प्रवाहमा सुधार आएन, व्यवस्था पुनरवलोकन गर्न माग

    • ८.
      बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख प्रदान

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.