– रवि पाैडेल – दक्षिण भारत पाण्डेचरी
संसारका मजदुर एक हाेओैं
नेपाली एकता जिन्दावाद
भन्ने नाराका साथ
तत्काल
गणतन्त्र र राष्ट्रियता
प्रवासिएका नेपालीहरुकाे
मताधिकारकाे सुनिश्चितता
सङ्घर्ष तेज पार्न
अझै महत्त्वपूर्ण भुमिका
निभाउने छाै
तिमीलाई शुभकामना !
47 ओैं बर्षका
कठिन सङघर्षहरु
नेपालीहरुकाे हकहित र
सामाजिक न्याय
सुनिश्चित गर्न
एकताको हात फैलाउँदै
सयौं अप्ठ्याराहरुमा पनि
निडर तिमी
तिमीलाई शुभकामना !
नेपालमा,
राष्ट्रियता ,जनतन्त्र र
जनजिविकाकाे पक्षमा भएका
कैयौं सङघर्षहरुलाइ
साथ दिंदै
अन्याय ,अत्याचार
भष्ट्राचार र भु- माफियाको बिरुद्धकाे
सङ्घर्षमा
निडरताका साथ
वैचारिक आन्दोलन चलाउन सक्ने
तिमीलाई शुभकामना !
चाहे पञ्चायती
ब्यबस्थाका बिरुद्ध हाेस्
या ४६/६२/६३ का आन्दोलनमा हाेस्
कैयौं
राष्ट्रघाती सन्धि सम्झौता
यमसिसिमा राष्ट्रघात
सिमासमस्या
सबै अनियमितता र
अन्यायका बिरुद्ध
आवाज बुलन्द गर्दै
लामाे इतिहास शिरमा बाेकि
४८ बर्षमा प्रवेश गरेका छाै
तिमीलाई शुभकामना !





