• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक २१, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

मध्यावधि निर्वाचनमा हारपछि ट्रम्पद्वारा स्टिफन मिलरलाई चिफ अफ स्टाफ नियुक्त

कविता : 48 ओैं बर्ष लाई शुभकामना

युद्ध सुरु हुँदाको भन्दा इरानी सेना ‘अझ बलियो’ : सैन्य प्रवक्ता

ग्वाटेमालामा सांसदलाई लक्षित आक्रमण, तीन प्रहरी अधिकृतको मृत्यु

इरानद्वारा केश्म टापुमाथि दुई अमेरिकी ड्रोन खसालेको दाबी

‘कसैले पछि काम गर्ला’ भनेर उधारोमा एमबिबिएस कोटा दिइएको गेटा मेडिकल कलेज

नयाँदिल्लीमा वायु प्रदूषण बढ्दा नियन्त्रणका कडा उपाय लागु

युद्ध सुरु हुँदाको भन्दा इरानी सेना झन् बलियो भएको दाबी

डिजिटल धुनको भिडमा मादलको रौनक उस्तै

लोकप्रिय समाचार

  • १. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • २. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ३. बैनी, तेरो मृत्युमा (शोककविता)

  • ४. प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ५. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ६. पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

  • ७. भिवानीमा लिफ्‌ट दुर्घटनामा परी नेपाली श्रमिक प्रकाश केसीको दुःखद निधन

  • ८. शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

  • ९. आगामी स्थानीय निर्वाचनपछि एमाले–नेकपाबीच एकताको सम्भावना

  • १०. युरोपमा जनआन्दोलन समाप्त पार्ने साम्राज्यबादी मनोबैज्ञानिक युद्ध

मध्यावधि निर्वाचनमा हारपछि ट्रम्पद्वारा स्टिफन मिलरलाई चिफ अफ स्टाफ नियुक्त


  •   शनिबार, कार्तिक २१, २०८३ मा प्रकाशित
  • वासिङ्टन, २१ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आफ्नो कडा आप्रवासन नीतिका प्रमुख योजनाकार स्टिफन मिलरलाई नयाँ चिफ अफ स्टाफ (प्रमुख कर्मचारी) नियुक्त गर्नुभएको छ । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो हार बेहोरेपछि मिलरको नियुक्तिलाई ट्रम्प प्रशासन थप आक्रामक रूपमा प्रस्तुत हुने सङ्केतका रूपमा हेरिएको छ ।

    Advertisement

    एकचालिस वर्षीय मिलरले सुसी वाइल्सको स्थान लिनुहुनेछ । यस साताको सुरुमा डेमोक्रेटिक पार्टीको उल्लेखनीय जितपछि ह्वाइट हाउसबाट बाहिरिने वाइल्स पहिलो उच्चपदस्थ अधिकारी बन्नुभएको छ । ह्वाइट हाउसका एक अधिकारीका अनुसार उहाँले बिहीबार राति नै राजीनामा दिनुभएको थियो ।

    मिलर ट्रम्पका निकट र विश्वासिला सहयोगी हुनुहुन्छ । उहाँले ट्रम्पको ‘अमेरिका फस्र्ट’ नीतिअनुरूप कडा आप्रवासन नीतिको वकालत गर्दै आउनुभएको छ । नीतिसम्बन्धी उपप्रमुख र आन्तरिक सुरक्षा सल्लाहकारका रूपमा उहाँ राष्ट्रपतिको दोस्रो कार्यकालमा अघि बढाइएको बृहत् देशनिकाला कार्यक्रमका प्रमुख योजनाकार हुनुहुन्थ्यो ।

    आप्रवासन अधिकारीहरूले गत जनवरीमा मिनियापोलिसमा दुई प्रदर्शनकारीको गोली हानी हत्या गरेपछि मिलरको व्यापक आलोचना भएको थियो । उहाँले ती अधिकारीहरूको बचाउ गर्नुभएको थियो । उक्त घटनापछि अमेरिकाका विभिन्न स्थानमा विरोध प्रदर्शन भएका थिए ।

    डेमोक्रेटिक पार्टीका अल्पमत नेता चक शुमरले मिलरको नियुक्तिको आलोचना गर्दै उहाँ प्रशासनका कठोर नीतिका प्रमुख योजनाकार भएको टिप्पणी गर्नुभएको छ । उहाँले डेमोक्रेटिक पार्टीले मिलरका कदमको हरेक तहमा विरोध गर्ने बताउनुभएको छ ।

    मिलरको नियुक्तिबारे पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले परिवर्तन आवश्यक भएकाले यस्तो निर्णय गरेको बताउनुभयो । उहाँले मिलरलाई उत्कृष्ट योद्धा र सुरुदेखिकै विश्वासिलो सहयोगीका रूपमा प्रशंसा गर्नुभयो ।

    यसअघि ट्रम्पले वाइल्सले उत्कृष्ट काम गरेको भन्दै उहाँ अब आफ्नो राजनीतिक अभियानमा संलग्न हुने बताउनुभएको थियो । वाइल्स ह्वाइट हाउसको चिफ अफ स्टाफ बन्ने पहिलो महिला हुनुहुन्थ्यो । उहाँले ट्रम्पको पहिलो कार्यकालमा देखिएको कर्मचारीबीचको कलह र अव्यवस्थालाई दोस्रो कार्यकालमा नियन्त्रण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।

    वाइल्सले सामाजिक सञ्जाल एक्समा ह्वाइट हाउसमा ट्रम्पको सेवा गर्न पाउनु आफ्नो जीवनकै ठूलो सम्मान भएको बताउँदै शुक्रबार आफ्नो अन्तिम कार्यदिन रहेको जानकारी दिनुभएको थियो ।

    यसैबीच, ट्रम्पले सीबीएस न्युजको कार्यक्रम ‘६० मिनेट’ का लागि दिनुभएको अन्तर्वार्तामा प्रशासनमा थप केही कर्मचारी परिवर्तन गर्न सक्ने सङ्केत गर्नुभएको छ ।

    शनिबार, कार्तिक २१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    युद्ध सुरु हुँदाको भन्दा इरानी सेना ‘अझ बलियो’ : सैन्य प्रवक्ता
    ग्वाटेमालामा सांसदलाई लक्षित आक्रमण, तीन प्रहरी अधिकृतको मृत्यु
    इरानद्वारा केश्म टापुमाथि दुई अमेरिकी ड्रोन खसालेको दाबी
    नयाँदिल्लीमा वायु प्रदूषण बढ्दा नियन्त्रणका कडा उपाय लागु
    युद्ध सुरु हुँदाको भन्दा इरानी सेना झन् बलियो भएको दाबी
    डिजिटल धुनको भिडमा मादलको रौनक उस्तै

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • २.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ३.
      बैनी, तेरो मृत्युमा (शोककविता)

    • ४.
      प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ५.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    • ६.
      पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

    भर्खरै

    • १.
      मध्यावधि निर्वाचनमा हारपछि ट्रम्पद्वारा स्टिफन मिलरलाई चिफ अफ स्टाफ नियुक्त

    • २.
      कविता : 48 ओैं बर्ष लाई शुभकामना

    • ३.
      युद्ध सुरु हुँदाको भन्दा इरानी सेना ‘अझ बलियो’ : सैन्य प्रवक्ता

    • ४.
      ग्वाटेमालामा सांसदलाई लक्षित आक्रमण, तीन प्रहरी अधिकृतको मृत्यु

    • ५.
      इरानद्वारा केश्म टापुमाथि दुई अमेरिकी ड्रोन खसालेको दाबी

    • ६.
      ‘कसैले पछि काम गर्ला’ भनेर उधारोमा एमबिबिएस कोटा दिइएको गेटा मेडिकल कलेज

    • ७.
      नयाँदिल्लीमा वायु प्रदूषण बढ्दा नियन्त्रणका कडा उपाय लागु

    • ८.
      युद्ध सुरु हुँदाको भन्दा इरानी सेना झन् बलियो भएको दाबी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.