• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक २१, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

मध्यावधि निर्वाचनमा हारपछि ट्रम्पद्वारा स्टिफन मिलरलाई चिफ अफ स्टाफ नियुक्त

कविता : 48 ओैं बर्ष लाई शुभकामना

युद्ध सुरु हुँदाको भन्दा इरानी सेना ‘अझ बलियो’ : सैन्य प्रवक्ता

ग्वाटेमालामा सांसदलाई लक्षित आक्रमण, तीन प्रहरी अधिकृतको मृत्यु

इरानद्वारा केश्म टापुमाथि दुई अमेरिकी ड्रोन खसालेको दाबी

‘कसैले पछि काम गर्ला’ भनेर उधारोमा एमबिबिएस कोटा दिइएको गेटा मेडिकल कलेज

नयाँदिल्लीमा वायु प्रदूषण बढ्दा नियन्त्रणका कडा उपाय लागु

युद्ध सुरु हुँदाको भन्दा इरानी सेना झन् बलियो भएको दाबी

डिजिटल धुनको भिडमा मादलको रौनक उस्तै

लोकप्रिय समाचार

  • १. ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

  • २. अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

  • ३. बैनी, तेरो मृत्युमा (शोककविता)

  • ४. प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

  • ५. चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

  • ६. पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

  • ७. भिवानीमा लिफ्‌ट दुर्घटनामा परी नेपाली श्रमिक प्रकाश केसीको दुःखद निधन

  • ८. शिक्षक सङ्घ दाङको नवौँ परिषद् सम्पन्न

  • ९. आगामी स्थानीय निर्वाचनपछि एमाले–नेकपाबीच एकताको सम्भावना

  • १०. युरोपमा जनआन्दोलन समाप्त पार्ने साम्राज्यबादी मनोबैज्ञानिक युद्ध

‘कसैले पछि काम गर्ला’ भनेर उधारोमा एमबिबिएस कोटा दिइएको गेटा मेडिकल कलेज


  •   शनिबार, कार्तिक २१, २०८३ मा प्रकाशित
  • डा. जीवन क्षेत्री

    Advertisement

    गेटामा कसैगरी पनि यही वर्षबाट एमबिबिएस पढाइ सुरु हुनुपर्छ भनेर सुदूरपश्चिमबाट धेरै जनाले आवाज बुलन्द गर्नुभएको छ अहिले । त्यस्तो चाहना हुनु स्वाभाविक हो । सुरु गरे चलाउन सकिन्छ भन्ने आत्मविश्वास हुनु पनि राम्रै हो । उहाँहरूको नियतमाथि कसैले प्रश्न उठाएको छैन तर त्यससँगै यो विषयको संवेदनशीलता पनि सबैले बुझ्नु जरुरी छ ।

    कुनै बेला नेपालमा यस्तो थियो कि निजी मेडिकल कलेज भनेपछि गुणस्तरमा संशय हुन सक्थ्यो तर सरकारी संस्था भनेपछि गुणस्तरमा लगभग आँखा चिम्लेर विश्वास गर्न सकिन्थ्यो । यो कुरा मैले कोही अरूमाथि औँला ठड्याउन भनिरहेको छैन । म आफैले एमबिबिएस निजी मेडिकल कलेजमा पढेको हुँ । एमबिबिएस पढ्ने बेला फरेन्सिक प्याथोलोजी विषयमा खासै व्यावहारिक सिकाइ नहुँदा मैले ढङ्गसित पोस्टमार्टम गर्न नसकेकाले एउटा अपराधका मृतकमाथि कसरी अन्याय भयो भनेर मैले पहिले मिडियामा लेख नै लेखेको छु तर पछिल्ला केही वर्षमा धेरै सरकारी संस्थाहरू थपिएसँगै अवस्था फेरिएको छ । नाम नलिई एउटा उदाहरण म यहाँ दिन चाहन्छु ।

    एउटा सरकारी शिक्षण संस्थामा प्याथोलोजीको आधारभूत सेटअप पनि छैन । त्यहाँ हिस्टोप्याथोलोजी सेवा सुरु नै भएको छैन तर त्यहाँ चिकित्सा शिक्षा आयोगले प्याथोलोजी विषयमा स्नातकोत्तर सिट दिएको र विद्यार्थी भर्ना भएर पढाइ चलेको दुई वर्ष भइसकेको छ । त्यो भनेको लगभग विद्यार्थीलाई कापीकलम नदिई शिक्षक पनि नभएको कोठामा राखेर पढायौँ भनेजस्तै हो । त्यो संस्थाले पछिल्लो सत्रमा एमबिबिएसमा समेत सिट पाएर पठनपाठन गरिराखेको छ जबकि पढाउनुपर्ने धेरै विभागको हालत लगभग यस्तै छ ।

    गेटाको अवस्था यसभन्दा फरक छ भन्ने कुरा म मान्छु । खासगरी बजेटका हिसाबले कुनै अभाव हुन नदिन सरकार पनि सचेत छ तर यो उदाहरणले केही अरू कुरा पनि देखाउँछ : चिकित्सा शिक्षा आयोगले सिट दियो भन्दैमा सबै कुरा ठिकठाक रहेछ भन्न सकिँदैन आजका दिनमा ।

    व्यावहारिक रूपमा यो अवस्था आयोगका पहिलो उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले पद छाडेपछि सिर्जना भएको हो । पछिल्लो समयमा त नयाँ उपाध्यक्षको स्वार्थको द्वन्द्वसँगै आयोगले स्वायत्त नियामक संस्थाको चरित्र नै लगभग गुमाइसकेको छ ।

    गेटाकै हकमा पनि कान्तिपुरसित आयोगका उपाध्यक्षले भनेका छन्– सरकारलाई विश्वास गरेर सिट दिएको हो जबकि आयोगको कानुनी र नैतिक जिम्मेवारी कुनै संस्था पठनपाठनका लागि योग्य छ कि छैन भन्ने हेरेर वस्तुगत आधारमा निर्णय गर्ने हो । कसैले पछि काम गर्ला भनेर उधारोमा एमबिबिएसजस्ता विषय पढाउन अनुमति दिने होइन ।

    दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीले बारम्बार भनेका छन् कि पहिलो दुई वर्ष बेसिक साइन्सको पढाइका लागि बिरामी चाहिँदैनन् । ती दुई वर्षसम्म हामीले अस्पताल चलाइसक्छौँ जबकि बेसिक र क्लिनिकल साइन्सको पढाइ अभिन्न रूपमा जोडिएको हुन्छ । बेसिक साइन्सका हरेक विषयका लागि ल्याब चाहिन्छन् । ती ल्याबमा प्रयोगात्मक अभ्यास गर्नुपर्छ, घोकेर कण्ठ गरेर मात्र हुँदैन ।

    यो कुरा अझै बुझ्न मेरै विषयको उदाहरण हेरौँ । प्याथोलोजी विषयको पढाइका लागि विभिन्न रोगका स्लाइड चाहिन्छन् । बिरामीसहित चलेको हिस्टोप्याथोलोजी ल्याब नभए सम्भव हुँदैन । त्यो सम्भव नभएपछि विद्यार्थीसित एउटै विकल्प हुन्छ– सैद्धान्तिक परीक्षा रटेर पास गर्ने, व्यावहारिक परीक्षा चिट चोरेर पास गर्ने । त्यसैले ‘मापदण्ड विस्तारै पूरा गर्दै जाऔँला, पढाइ अहिल्यै सुरु गरिहालौँ’ जस्तो गैरजिम्मेवार र अनैतिक काम अर्को हुन सक्दैन । त्यसो गर्नु भनेको विद्यार्थीलाई रटेर र चोरेर डिग्री लिन बाध्य पार्नु हो ।

    यति भन्दै गर्दा सरकारी संस्थामा अर्को एउटा जटिलता छ । निजी संस्थाले जसरी आजको भोलि करोडौँका उपकरण खरिद गरेर केही सातामा सेटअप तयार गर्छन्, त्यो सरकारीमा असम्भव हुन्छ । खरिद प्रक्रियामा अलिकति तलमाथि पर्‍यो भने त्यसमा संलग्न पदाधिकारीको घाँटीमा जिन्दगीभरका लागि अख्तियारले गर्ने भ्रष्टाचार छानबिनको तरबार झुन्डिरहेको हुन्छ । त्यसमा पनि एउटै ल्याब सेटअप गर्न चाहिने एकअर्कासित ‘कम्प्याटिबल’ दशौँ सामान टेन्डर गरेर मगाउनु, तीनबाट परीक्षण सुरु गराउनु, तिनको गुणस्तर परीक्षण गर्नु र यी सब भएपछि बिरामीलाई नियमित सेवा दिनु, यी कुनै पनि सहज र एकाध महिनामा सुरु गर्न मिल्ने काम होइनन् । एनाटोमीजस्ता विषय पढाउन चाहिने मानवका शव, विभिन्न अलग अङ्ग, अस्थिपञ्जर आदिको सङ्कलन पनि रातारात हुने काम होइन, ती किन्न पाइने चिजसमेत होइनन् ।

    अनुगमनका बेला जम्मा भएका खडेबाबाहरू आआफ्ना ठाउँमा फर्केसँगै विद्यार्थी पहिले भर्ना गरिहाल्ने अनि बल्ल साँच्चिकै पढाउने शिक्षक खोज्नेजस्तो अवस्था छ अहिले गेटामा । ती शिक्षक आइहाले पनि तिनले हरेक विषयमा पढाउन चाहिने दश थरी सामग्री जुटाउन महिनौँ वा वर्षौं लाग्छ । यो अवस्थामा शिक्षक र कर्मचारी भर्ना गरिहाल्ने, पठनसामग्री जुटाउँदै गर्ने, किन्नुपर्ने उपकरण किनेर प्रयोग गर्दै जाने अनि सबै कुरा चुस्त र तयार भएपछि अर्को शैक्षिक सत्रदेखि विद्यार्थी लिनु बुद्धिमत्तापूर्ण कुरा होइन र ?

    होइन, यस्तो संवेदनशील विषयलाई जुँगाको लडाइँ बनाएर ‘तातै खाऊँ जल्दै मरौँ’ गर्ने हो भने त मैले माथि उदाहरण दिएको एउटा सरकारी संस्थाकै जस्तो हालत यो विश्वविद्यालयको पनि हुने देखिन्छ । त्यसैले सुदूरपश्चिमवासी सबैले यो विषयलाई एकपल्ट शान्त र गम्भीर भएर समीक्षा गर्नु जरुरी छ । कारण : यो कुनै पक्ष र विपक्षको विषय नै होइन, सुदूरपश्चिममा खुलेको विश्वविद्यालयलाई कसरी अब्वल बनाउने र त्यहाँ भर्ना हुने विद्यार्थीको भविष्य कसरी सुरक्षित गर्ने ? यो नै सबैको प्राथमिकताको कुरा हो । (स्वास्थ्यखबर)

    शनिबार, कार्तिक २१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नयाँदिल्लीमा वायु प्रदूषण बढ्दा नियन्त्रणका कडा उपाय लागु
    डा. गोविन्द केसी र नेपाल सरकारमाझ सहमति, अनशन स्थगित
    मानव समाजको विकास
    सहकारीका समस्या समाधानको उपाय सुझाउने पुस्तक
    मान्छेलाई जनावरझैँ जोतिएका युगहरू
    राज्यबाटै पत्रकारितामाथि आइलागेको नयाँ सङ्कट

    Yugdarshan

    Posts by eyugdarshan

    लोकप्रिय

    • १.
      ब्राजिलका बोल्सोनारो र नेपालका कठपुतलीको भविष्य

    • २.
      अमेरिकी मध्यावधि चुनावमा डेमोक्रेटको अग्रता

    • ३.
      बैनी, तेरो मृत्युमा (शोककविता)

    • ४.
      प्रकाश केसीको निधनप्रति मसालको श्रद्धाञ्जली

    • ५.
      चन्डिगढमा मूल प्रवाहको प्रगतिशील देउसीभैलोको तयारी भेला (फोटासहित)

    • ६.
      पर्यटन विकासको सम्भावना र सरकारको दायित्व

    भर्खरै

    • १.
      मध्यावधि निर्वाचनमा हारपछि ट्रम्पद्वारा स्टिफन मिलरलाई चिफ अफ स्टाफ नियुक्त

    • २.
      कविता : 48 ओैं बर्ष लाई शुभकामना

    • ३.
      युद्ध सुरु हुँदाको भन्दा इरानी सेना ‘अझ बलियो’ : सैन्य प्रवक्ता

    • ४.
      ग्वाटेमालामा सांसदलाई लक्षित आक्रमण, तीन प्रहरी अधिकृतको मृत्यु

    • ५.
      इरानद्वारा केश्म टापुमाथि दुई अमेरिकी ड्रोन खसालेको दाबी

    • ६.
      ‘कसैले पछि काम गर्ला’ भनेर उधारोमा एमबिबिएस कोटा दिइएको गेटा मेडिकल कलेज

    • ७.
      नयाँदिल्लीमा वायु प्रदूषण बढ्दा नियन्त्रणका कडा उपाय लागु

    • ८.
      युद्ध सुरु हुँदाको भन्दा इरानी सेना झन् बलियो भएको दाबी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.