दाङ । अखिल नेपाल शिक्षक सङ्घ दाङको नवौँ जिल्ला परिषद् सम्पन्न भएको छ ।
केन्द्रीय सचिव भानु जिएमको प्रमुख आतिथ्यमा २०८३ कात्तिक १८ गते सो कार्यक्रम सम्पन्न भएको हो ।
सङ्घका जिल्ला अध्यक्ष ठाकुरप्रसाद खनालको अध्यक्षता अघि बढेको परिषद्मा अखिल नेपाल युवक सङ्घका पूर्व केन्द्रीय अध्यक्ष काशीनाथ पोख्रेल, राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य तथा दाङका अध्यक्ष गणेश आचार्य, अखिल नेपाल शिक्षक सङ्घका केन्द्रीय सल्लाहकार लालबहादुर भण्डारी, शिक्षक सङ्घका केन्द्रीय सदस्य रुमालप्रसाद बसेल, पूर्व केन्द्रीय सदस्य कपिलदेव खनाल, केन्द्रीय प्रतिनिधि विप्लव अधिकारी, प्रगतिशील पत्रकार सङ्घका सचिवालय सदस्य तथा दाङका अध्यक्ष महेश रिजाल, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य पूर्णिमा आचार्य, सम्मानित मधु पण्डित, राजिमो लमहीका अध्यक्ष वासुदेव भट्टराई र अखिल नेपाल किसान महासङ्घ (अप्फा) का विष्ण्ॉ भुसालले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

परिषद्ले साङ्गठनिक र आर्थिक प्रतिवेदन पारित गर्दै यही २०८३ मङ्सिरमा शिक्षा ऐन र संशोधन हुन लागेको एघारौँ शिक्षा नियमावलीलाई शन्दर्भ पारेर जिल्लास्तरीय अन्तरक्रिया आयोजना गर्ने, वैशाखमा सङ्घको मुखपत्र ‘शिक्षा’ प्रकाशन गर्नेलगायतका वार्षिक कार्यक्रम पारित गरेको छ ।
निवृत्त शिक्षक तुल्सीप्रसाद भण्डारी र प्राथमिक तहको प्रथम श्रेणीमा बढुवा हुनुभएकी मधु पण्डितलाई सम्मान गरिएको उक्त कार्यक्रममा उपाध्यक्ष तुल्सी भण्डारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सचिव रामकृष्ण पौडेलले गर्नुभएको थियो ।






