काठमाडौँ । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत प्राडा गोविन्द केसीसँग वार्ता गर्न सरकारले टोली गठन गरेको छ ।
Advertisement
२०८३ कात्तिक १८ गते शिक्षा तथा खेलकुद मन्त्रालयले सहसचिव जयराम अधिकारीको संयोजकत्वमा चार सदस्यीय वार्ताटोली गठन गरेको हो ।
टोलीमा चिकित्सा शिक्षा आयोगका सदस्यसचिव, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रतिनिधि र शिक्षा मन्त्रालयको प्राविधिक शिक्षा शाखाका उपसचिव सदस्य रहेका छन् ।
मन्त्रालयले डा केसीले उठाएका मागप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै वार्ता र संवादका माध्यमबाट समस्याको समाधान खोज्न अनशनरत पक्षलाई आग्रह गरेको छ ।
सरकारले वार्तामार्फत माग सम्बोधन गर्ने वातावरण बनाउन सम्बन्धित पक्षलाई आह्वानसमेत गरेको छ ।
यसअघि सरकारले डा. केसीका माग पूरा गर्न कार्यदलले काम गरिरहेको बताउँदै आएको थियो ।






